CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » के पुबुदु नेपाल आउनेछन् ?

के पुबुदु नेपाल आउनेछन् ?

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकलाई लिएर  सिर्जित 'सस्पेन्स' अझै सकिएको छैन। सुरुमा श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दसानायके प्रतीक्षामा थिए, नेपालले उनको अनुबन्ध कति दिनका लागि थप्छ भनेर ? त्यति एक वर्ष करार थप्ने भनेर उनलाई धोका दिइएको थियो, तीन महिनाको अनुबन्ध मात्र दिएर। अन्तिम पटक
काठमाडौं छाड्दा उनी निराश थिए। 

दसानायकेको स्पष्ट संकेत थियो, 'सम्भवत: अब म प्रशिक्षकका रूपमा नेपाल र्फकनेछैन।' उनी घर फर्किएको केही समयपछि नेपाल सरकार आफै अगाडि आएर भन्यो, हामी नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा पुबुदुलाई नै चाहन्छौं। नेपाल क्रिकेट संघ (क्यान) सँग पुबुदुलाई लिएर निर्णय गर्ने क्षमता र आर्थिक हैसियत दुवै नभएपछि सरकार अगाडि आएको हो। यो विषयमा क्यानले हात नै उठाइ सकेको छ। 

मन्त्रिपरिषद्को बैठकले नै उनको करार लम्ब्याउने निर्णय गरेको हो। तीनमहिने करार थपिनुअघि पुबुदुले मासिक ५ हजार डलर तलब बुझ्दै आएका थिए भने उक्त रकम पनि एसीसीले दिने गरेको थियो। वल्र्ड टी-२० पछि उनको तलब बढाएर करिब ८ हजार डलर बनाइएको थियो। अब हुने सम्झौताका सम्बन्धमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल भन्छन्, 'जे जति लाग्छ सरकारले बेहोर्नेछ।'

'खेलाडी, प्रशिक्षक, सरकार कसैसँग पनि क्यानको सम्पर्क छैन,' मन्त्री पौडेलले भने, 'उसले केही काम गरेको छैन। त्यसैले प्रशिक्षकलाई निरन्तरता दिएर सरकारले क्रिकेटको संरक्षण गर्ने प्रयास गरेको हो।' अब प्रश्न छ, के पुबुदु नेपाल र्फकनेछन् त ? एक प्रकारले बल अब दसानायकेकै कोर्टमा छ, अन्तिम निर्णय उनकै हातमा छ। उनी निर्णय लिन भने सकिरहेका छैनन्। सम्भवत: दसानायके दोधारमा छन्। 

सन् २०११ को वान-डे क्रिकेटको वल्र्डकपमा क्यानाडाको टिम सम्हालेपश्चात् पुबुदु नेपाल आएका थिए। त्यसयता नेपाल वल्र्ड क्रिकेट लिग डिभिजन-४, डिभिजन-३ र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टि-ट्वान्टी उपविजेता हुँदै आईसीसी छनोट पार गरेर विश्वकप खेलेको थियो भने डेब्युमै धहङकङ र अफगानिस्तानलाई हराउन सफल भयो। 

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis