CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मलाई मन पर्छ दीपाश्री निरौला, हास्यअभिनेत्री

मलाई मन पर्छ दीपाश्री निरौला, हास्यअभिनेत्री

पुस्तक : चिना हराएको मान्छे 

मैले पछिल्लो समयमा पढेको वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको यो पुस्तक यथार्थपरक मात्र छैन, जीवनोपयोगीसमेत छ। 

स्थान : पोखरा र विराटनगर 


बोटिङ मन पर्ने भएकाले पोखरा मनपर्छ अनि म जन्मिएर हुर्किएको सहर भएकाले विराटनगर पनि उत्तिकै मनपर्छ। 

मन्दिर : पशुपतिनाथ

देवहरूका देव महादेवको यो पवित्र तीर्थस्थलमा एक प्रकारको आकर्षण छ। सुख होस् अथवा दु:ख, महादेवको सम्झना आउँछ। 

पहिरन : क्याजुअल 

मलाई त्यस्ता पहिरन मन पर्छन् जसमा फिट र सेक्सी देखिन्छु। त्यसैले क्याजुअल वेयर नै मेरो रोजाइमा पर्छन्। 

मौसम : गर्मी 

म अलि मोटी छु, त्यसैले जाडोमा धेरै लुगा लगाउनुपर्छ, अनि अनुहारमा चमक पनि हुँदैन। त्यसैले कम लुगा लगाउन पाइने गर्मी नै मनपर्छ। 

चलचित्र : छ एकान छ 

आफ्नै चलचित्र भएकाले मात्र होइन यसको पटकथा र संवाद वास्तवमै उत्कृष्ट लाग्छ। 

गीत : गोली सिसाको मेरो माया किन रिसा’को 

चलचित्र 'गाउँले' को यो गीतमा म आफैंले अभिनय गरेकी छु। यो गीत सुन्दा पनि उत्तिकै कर्णपि्रय छ। 

गायक : रामकृष्ण ढकाल र हेमन्त शर्मा 

सुगम संगीतका यी दुई गायकको स्वरमा जादु छ। भावनामा डुबेर गाउने यी दुई गायकको शैली उत्कृष्ट लाग्छ। 

गायिका : स्व. अरुणा लामा र मिलन अमात्य 

कालजयी गीत गाउने अरुणा लामाको गीत जति सुने पनि पुग्दैन। युवापुस्ताकी मिलन अमात्यको स्वरमा मिठास छ।

अभिनेता : हरिवंश आचार्य र दीपकराज गिरी 

यी दुई अभिनता अभिनयकै लागि जन्मिएका हुन् जस्तो लाग्छ। उनीहरूको अभिनय यथार्थसँग असाध्यै नजिक हुन्छ। 

अभिनेत्री : करिश्मा मानन्धर र रेखा थापा 

करिश्मा मानन्धरमा एउटी अभिनेत्रीमा हुनुपर्ने सबै कुरा छन्। रेखा त्यस्ती नायिका हुन् जसले अभिनय गर्ने चलचित्र उनी एक्लैले हाँकिरहेकी हुन्छिन्। 

रंग : पहेंलो र कालो

कालो रंगका पहिरनमा म स्लिम देखिन्छु। पहेंलो रंगको चमकले व्यक्तित्वलाई नै चम्किलो बनाइदिन्छ। 

खाना : पास्ता र म:म 

खाना पेट भर्न खाने कि स्वादका लागि खाने भन्ने कुरा आउँछ। यी दुई परिकार स्वादिष्ट त हुन्छन् नै साथै एक प्लेटले नै पेट भरिन्छ। 

सवारी साधन : कार 

सुरक्षित सवारी साधन भनेकै कार हो जस्तो लाग्छ। मलाई मेरो आफ्नै स्यान्ट्रो कार प्यारो लाग्छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis