CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » श्री कृष्णकी श्वेताको पहिलो बोली

श्री कृष्णकी श्वेताको पहिलो बोली

नायिका श्वेता खड्काले आफ्नो पीडाजन्य अनुभूति फेसबुकमार्फत व्यक्त गरेकी छिन्। विवाह भएको ३१ औं दिनमा नायक पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी श्वेताले आफ्नो पीडामा सबैभन्दा पहिले ईश्वरलाई सम्झिएकी छिन्। 'अब त भगवान् पनि पछुतायो होला, मैले गल्ती गरें भनेर।' श्वेताले लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पीडामा भनेकी छिन्, 'कम्तीमा ईश्वर छन् भन्ने ठाउँ त राखिदिनुपथ्र्यो, त्यो ठाउँ पनि रहेन।'

श्वेताको यस्तो स्टाटस आउनेबित्तिकै हजारौं पाठकले उनलाई धैर्य
गर्न सुझाव दिँदै भनेका छन्, 'श्वेता, तिमी पीडाको सागरमा डुबेकी छयौ, तैपनि सामना गर्नुबाहेक अर्को विकल्प छैन।' रामसागर चापागाईं लेख्छन्, 'म बुद्ध त होइन, तर बुद्धले यस्तै अप्ठेरोमा परेकी एउटी महिलालाई भनेको सम्झिरहेको छु। बुद्धले भनेका थिए, म तिम्रा मृत्यु भएको सन्तान जीवित गर्न सक्छु तर यस्तो घरबाट तोरी लिएर आऊ, जुन घरमा कुनै मानिसको मृत्यु भएको छैन। 

ती महिलाले दिनभरि मृत्यु नभएको घरबाट तोरीको दाना ल्याउने प्रयास गरिन्, तर उनले मृत्यु नभएको घर फेला पार्न सकिनन्।'

त्यसो त श्वेताले फेसबुक स्टाटसमा आफ्नो पीडा मात्र व्यक्त गरेकी छैनन्, आफूलाई जस्तो पीडा अरूलाई नदिन ईश्वरलाई सुझाव पनि दिएकी छन्। 'अझै पनि अलिकति विश्वास छ, मलाई जस्तो पीडा अरूलाई दिनेछैनौ।' श्वेताले लेखेकी छिन्, 'मलाई जे भयो-भयो अरूलाई यस्तो दुःख नदेऊ।'

आफू पीडामा भैकन पनि अरूमाथि यस्तो बज्रपात नपरोस् भन्ने श्वेताको भावनाको पनि धेरैले कदर गरेका छन्। श्वेतामा यस्तो मानवीय भावना हुनु नै उनको योग्यता हो भन्ने भनाइ धेरैको प्रतिक्रिया छ। 'त्यही मानिस महान् हो, जसले आफूलाई पीडा भए पनि अरूलाई यस्तो नहोस् भन्ने चाहन्छ।' रेनु गिरीले श्वेताको स्टाटसमा कमेन्ट लेखेकी छन्, 'श्रीकृष्ण महान् थिए, श्वेताले कृष्णको बिँडो थामेकी छिन्।'

श्वेताको स्टाटस जस्ताको तस्तै

भगवान् पनि पछुतायो होला अब त गल्ती गरेछु भनेर.......।  कोसँग दुःख सेयर गरौं भगवान् जब तिमीले। यति दुःख दिएपछि.....। कमसे कम भगवान् छन् भन्ने ठाउँ त राखिदिनुपर्छ, पर्दैन र ??? अब त त्यो ठाउँ पनि रहेन, रह्यो  र ?? अझै पनि अलिकति विश्वास छ,  हामीलाई जे गर्‍यौ, मलाई जे गर्‍यौं, मलाई जति दुःख दियौ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेऊ भगवान्। प्लिज साह्रो भयो मलाई...।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis