CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , , » पूर्वयुवराज पारस शाह बैंककमा फेरि पक्राऊ (दु:खदायी तस्वीरसहित)

पूर्वयुवराज पारस शाह बैंककमा फेरि पक्राऊ (दु:खदायी तस्वीरसहित)

paras-at-Thailand1२४ असोज काठमाडौं । अवैध लागूऔषध कारोबारमा पटक-पटक समातिँदै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।
हत्कडी लगाइएका पारसको अनुहार केही कालो र गँजडीकोजस्तै बिद्रूप देखिएको छ । पाङ्ग्रे टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक
गरेको छ । त्यसपछि उनलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको छ ।
शाह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।
paras-at-Thailand1
paras-at-thailand3
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
यसअघि लागू अाैषध काराेबार पटक पटक समाितने गरेका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामाे समय अचेत बनेर निकाे भएका थिए ।
पारस पक्राउ परेपछिका केही दृश्य
paras-at-thailadn2
paras-at-thailand
तस्वीर श्रोत थाइ समाचार

साभार : ओन्लाईन् खबर
http://www.onlinekhabar.com/2014/10/195309/
Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis