CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » धमला काण्ड र निरौला काण्ड : पर्दाफास

धमला काण्ड र निरौला काण्ड : पर्दाफास

काठमाडौं। नेपाल पर्यटन बोर्डका निर्देशकक सुवास निरौला र टे्रकिङ एजेन्सी एशोसिएशन अफ नेपाल(टान)का अध्यक्ष रमेश धमला दुवै एकैचोटी आर्थिक अनियमितताको काण्डमा फँस्ने भएका छन्। बोर्डमा आर्थिक अनियमितताको छानविनका क्रममा टानको टिम्स कार्ड शुल्क काण्ड पनि मुछिन आइपुगेको छ। आफूलाई कांग्रेस बताउने पर्यटन क्षेत्रका यी दुवै विवादास्पद र बद्नाम व्यक्ति हुन्। होटल काण्डदेखि बालबालिका काण्डसम्म जोडिएका अध्यक्ष धमला सार्वजनिक जग्गा अतिक्रमणको विवादमा समेत मुछिएका व्यक्ति हुन्।
टानको अध्यक्ष भएपछि एकै पटकमा आफ्नो निजी स्वार्थमा २ करोड भन्दा बढी रकम खर्च
गरेपछि सुरुमै विवादमा तानिएका धमलालाई नंग्याउने काममा भने बोर्डका भ्रष्ट निर्देशक निरौला लागेका छन्। बोर्डका निर्देशक सुवास निरौला मन्त्री भीम आचार्यलाई एमालेले मन्त्रीबाट घोक्र्याएपछि निरौला आफू कारबाहीमा पर्ने डरले वचावटका लागि दौडधुपमा लागेको समाचार छ। त्यही क्रममा उनी धमलाको कर्तुत पनि सार्वजनिक गर्दै हिंडेको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा करिब ४ करोड रुपैयाँ अनियमितता गरेको पुष्टि भएको समाचार प्रकाशन भएलगत्तै बोर्डको अनियमितता छानविन गर्न सहसचिव पूर्णचन्द्र भट्टराई नेतृत्वको छानविन समितिले निरौलालाई कारबाही गर्न सिफारिश गरेको थियो। त्यसपछि उनी वचावटका लागि शक्तिकेन्द्र धाउनेदेखि सञ्चारमाध्यम प्रयोग गर्नेसम्मको हर्कतमा उत्रिएका छन्। विभिन्न सञ्चारमाध्यममा समाचार पुर्यामउने जिम्मा बोर्डका एक कर्मचारीलाई दिएको कुरा कर्मचारी स्रोत बताउछ। निरौलाको अनियमितता छानविन गर्न माग गर्दै आन्दोलन गर्ने पर्यटन व्यवसायीविरुद्ध समाचार लेखाउन निरौलाले बोर्डका कर्मचारी नविन पोखरेललाई जिम्मा दिएका छन्। पर्यटन व्यवसायीहरूले गरेका बदमासीको ठेली बोकेर सञ्चार गृहमै पुगेर पोखरेलले दिने गरेका छन्।
एक सञ्चारकर्मीकर्मीका अनुसार, सुवास निरौलासंग सल्लाह गरी तयार पारेका विभिन्न कागजात बोकेर बोर्डका कर्मचारी पोखरेल सञ्चारगृह पुगेका थिए। यतिबेला निरौलाले विगतमा टानमा भएका भ्रष्टाचारको छानविन माग गर्दै तयार पारिएका कागजात सञ्चारगृहमा पुर्याकउने गरेका छन्। हुन त, टानका पदाधिकारीले टिम्स कार्डको मात्रै करिब ११ करोड रुपैयाँ अनियमितता गरेका छन्। त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धानले गरिरहेको छ। टिम्स कार्डको अनियमितता छानविन हुँदा भने टानसहित बोर्ड र पर्यटन मन्त्रालय पनि तानिने छन। र, आयोगले पत्र पनि तीनै निकायलाई पठाएको छ। त्यसैगरी, टानका अध्यक्ष रमेश धमलाले गणेश हिमाल जाने टे्रकको पहिचान र प्रचारप्रसारका लागि भन्दै २०७० माघ पहिलो हप्तामात्रै करिब २ करोड रुपैयाँ सिध्याएका थिए। निर्वाचित भएर आएलगत्तै अध्यक्ष धमलाले चुनावी खर्च उठाउन उक्त कार्यक्रम राखेको आरोप लाग्ने गरेको थियो।
यता, बोर्डका निरौलाविरुद्ध गरेको आन्दोलनको खर्च उठाउन आन्दोलन सकिए लगत्तै दैलेखको बडीमालिकाको कार्यक्रम गरेको आरोप पनि छ। बडीमालिका घुमेर काठमाडौं आएलत्तै विदेश हानिएका अध्यक्ष धमला भदौ २६ गते विदेश भ्रमण सकेर नेपाल आइपुगेको समाचार छ। पर्यटन व्यवसायी तथा अन्य व्यक्तिले गरेको फोन समेत रिसिभ नगर्ने र म्यासेजको जवाफसमेत नफर्काउने अध्यक्ष धमलाबाट स्वयम् पर्यटन व्यवसायीसमेत आजित हुन थालेको गुनासो छ। उनलाई अध्यक्ष बनाउन एमाओवादीका गणेश सिंखडाहरू खुबै लागेका थिए।
–साँघु संवाददाता
http://sanghu.weeklynepal.com/2014/09/16/article-item11410841187/
Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis