CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » किन राजीनामा दिए दुई सय कर्मचारीले ?

किन राजीनामा दिए दुई सय कर्मचारीले ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरुद्धको छानबिन तीव्र बनाएपछि वन मन्त्रालयमातहत रहेका दुई सय कर्मचारीले राजीनामा दिएका छन् ।
विभिन्न जिल्लामा कार्यरत दुई सय वनरक्षक (जमदार)ले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुको राजीनामापछि वन संरक्षण र संवद्र्धन कार्य नै प्रभावित भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर सुरु गरेका र त्यसैका आधारमा बढुवा पाई जमदार बनेका उनीहरुले अख्तियारको कारबाहीमा परिने डरले राजीनामा दिएको वन विभाग श्रोतको दाबी छ । विभागका अनुसार वन संरक्षणको दृष्टिले संवेदनशील
मानिएका उदयपुर, बारा, चितवन, कैलाली, रौतहटलगायतका जिल्लामा कार्यरत अधिकांश सशस्त्र वनरक्षकले राजीनामा दिइसकेका छन् ।
अहिले दिनहुँ १० देखि १५ जनासम्मले राजीनामा दिइरहेको विभागले जनाएको छ । वन तथा भू–संरक्षण मन्त्रालयका सचिव शरदचन्द्र पौडेलले विभिन्न जिल्लाबाट दुई सय सशस्त्र वनरक्षकले राजीनामा दिएको विवरण प्राप्त भएको जानकारी दिए । मन्त्रालयका अनुसार ६ सय दरबन्दीमध्ये हाल झन्डै चार सय पदमा मात्रै सशस्त्र वनरक्षक कार्यरत छन् ।
मन्त्रालयका सचिव पौडेलले सशस्त्र वनरक्षकले धमाधम राजीनामा दिन थालेपछि वन संरक्षणका लागि दीर्घकालीन उपायको खोजी थालिएको बताए । वन विभागले पनि राजीनामाले वन संरक्षण प्रभावित हुन थालेकाले तत्काल वैकल्पिक व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिएको छ । विभागका महानिर्देशक डा. राजन पोखरेलले आफूहरुले सशस्त्र वनरक्षकको राजीनामाबारे लिखित रुपमा नै मन्त्रालयमा जानकारी गराएको र मन्त्रालयले छिटै वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

तत्कालका लागि जिल्लास्थित सुरक्षा निकायसँग सुरक्षाकर्मी मागेर वन क्षेत्रको सुरक्षामा खटाउने तयारी गरिएको महानिर्देशक पोखरेलको भनाइ छ । वनसचिव पौडेलले पनि संरक्षण कार्य प्रभावित नहोस् भनेर छिटै पूर्वप्रहरी र सैनिकलाई करारमा लिएर संरक्षणमा लगाउनेबारेमा छलफल थालिएको बताए । हाललाई सेवानिवृत्त सुरक्षाकर्मीलाई करारमा लिइने भए पनि पछि लोकसेवा आयोगद्वारा नै पूति र्गर्ने गरी नियमावली बनाइने पौडेलको भनाइ छ ।मन्त्रालय श्रोतका अनुसार हाल कार्यरतमध्ये झन्डै ७५ प्रतिशत वनरक्षकहरुले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पाइएको छ ।
छानबिन रोकिँदैन  : अख्तियार
अख्तियारले भने नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेकाहरुले अहिले बच्नका लागि राजीनामा दिए पनि उनीहरुमाथिको छानबिन नरोकिने जनाएको छ । ‘राजीनामा दिँदैमा अख्तियारको छानबिन रोकिँदैन,’ प्रवक्ता श्रीधर सापकोटाले भने । सरकारी सेवामा रहँदा गरेका गल्ती र पदीय दुरुपयोगका सम्बन्धमा अख्तियारले जो–सुकैमाथि जुनसुकै समयमा पनि छानबिन गर्न सक्ने प्रवक्ता सापकोटाले बताए । ‘वनका धेरै कर्मचारीले राजीनामा दिएको भन्ने हामीले पनि थाहा पाएका छौँ, तर हाम्रो अनुसन्धान रोकिँदैन,’ सापकोटाले भने । अख्तियारका अनुसार स्वास्थ्य, स्थानीय निकाय, नेपाल प्रहरी तथा विभिन्न सार्वजनिक संघसंस्थामा पनि नक्कली शैक्षिक प्रमाणापत्र पेस गरी जागिर खाने कर्मचारी छन् ।
‘हचुवामा नियुक्ति गर्दा समस्या’
विगतमा अपारदर्शी र हचुवाका आधारमा सशस्त्र वनरक्षक भर्ना गरिएकाले नै यस्तो समस्या आएको वन मन्त्रालयका अधिकारीको भनाइ छ । सशस्त्र वनरक्षकको नियुक्ति जिल्ला वन कार्यालयले गर्दै आएका थिए । सशस्त्र वनरक्षकको न्यूनतम योग्यता आठ कक्षा उत्तीर्ण कायम गरिएको थियो ।

मन्त्रालयका एक उपसचिवले भने, ‘आठ कक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा पनि नियुक्ति दिने र जाँच गर्ने निकायले पनि राम्ररी हेर्दै नहेरी सोर्सफोर्सका आधारमा नियुक्ति दिएकाले अहिले यस्तो समस्या आएको हो ।’ आठ कक्षाको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सशस्त्र वनरक्षक बनेका उनीहरुले पछि बढुवा हुने क्रममा पनि टेस्ट पासको नक्कली प्रमाणपत्र पेस गरी जमदार बन्ने गरेकाले अहिले राजीनामा आएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।यो समाचार नयाँ पत्रिकाले छापको छ ।
साभार : http://nepalpati.com/news/2181/Akhtiyar
Share this article :

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. Resignation alone is not sufficient. If they are really culprit of using fake certificates, they must be brought under justice.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis