CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यी भेडाबाख्रा होइनन्, हेर्नुस नियालेर नेपालीहरु हुन्

यी भेडाबाख्रा होइनन्, हेर्नुस नियालेर नेपालीहरु हुन्

अर्जुन काफ्ले
यी भेडाबाख्रा होइनन्, धन कमाउन विदेशिएका नेपाली दाजुभाई हुन्-  ***************************************
मलेसियामा २ सय भन्दा बढी नेपालीको बिचल्ली भएको छ ।‘खानाखाने पैसा पनि छैन ,छिमेकी नेपाली दाजु भाईको होस्टेलमा मागेर खादै दिन गुजार्दै बस्नु परेको छ ।’ काम गरेको ४ महिनाको तलब समेत नदिएको गुनासो गर्दै सुनसरीको इटहरी घर भई ११ महिना अघि मलेसिया आएका हरि कार्कीले भने ।
‘नेपाल फर्काई दिएपनि राम्रो हुने थियो । यहाँ कमाउन त त्यस्तै हो, खान नपाएर मर्ने अवस्था भयो, कसले सुनिदेला हाम्रो ब्यथा ?’
कार्कीको क्रन्द्रन थियो ।
मलेसियास्थित जोहोरभारु राज्यमा रहेका कार्कीको मात्र होइन, एलएलएच सप्लायर्स कम्पनीमा रोजगारीका लागि मलेसिया आएका २ सय बढी नेपाली युवाहरु मलेसियाको विभिन्न स्थानमाकाम गरेको पैसा नपाएपछि मंगलबारबाट काम बन्द गरी होस्टेलमा दिन बिताइरहेका छन् । मलेसियाको जोहोर, पेनाङ र सेलाङगर राज्यको केलाङका होस्टेलहरुमा गरी २ सय बढीले यस्तो अवस्था भोगिरहेको कार्कीले बताए । कार्की नेपालस्थित आदर्श मेनपावर प्रालिबाट १ लाख ४० हजार बुझाएर मलेसिया आएका हुन् ।
यस्तै सोही कम्पनीमा मलेसिया आएका झापा दमकका पृथ्वी सुब्बाको पनि उस्तै हालत छ । सुब्बा भन्छन्, ‘खाने पैसा पनि दिँदैन, काममा पनि लगाउँदैन । काम दिएपनि तलब दिँदैन । परिवारलाई सम्पर्क गरेर श्रम विभागमा मुद्दा समेत हालेको छ । तर, सुनुवाई नै भएन । सुब्बा हाल सेलाङगर राज्यको केलाङसहरबाट नजिकै रहेको श्रीसन्तोसा भन्ने ठाउँमा कम्पनीको होस्टेलमा बस्दै आएका छन् ।
लमजुङका दुर्गामान तामाङ, प्युठानका एमसी भट्ट, काठमाडौँका हरिबहादुर कार्की र आसामका दीपक सुनुवार लगायत २ सय बढी युवाको मलेसियामा धन कमाउने सपना तुहिएको छ । कम्पनीमा काम नभएपछि घर फर्काउन पहल गरिदिन उनीहरुले नेपाल सरकारसँग अपिल गरेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis