CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » १५ शैया मुनिका निजी अस्पतालमा हेर्नुस यस्तो छ विकृती

१५ शैया मुनिका निजी अस्पतालमा हेर्नुस यस्तो छ विकृती

world-health-day-1 copy copy२४ कात्तिक, काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवा दिने नाममा देशभरमा खुलेका १५ शैया-वेड) भन्दा कम क्षमताका निजी अस्पतालमा विकृती नै विकृती पाइएको छ । सेवाका नाममा खुलेका यस्ता अस्पतालहरुले उपचारका बहानामा बिरामीलाई केही दिन अड्काएर रकम मात्र असुल्ने काम हुने गरेको फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अनुगमनले १५ शैयासम्मका निजी अस्पतालहरुमध्ये सबैजसो अस्पतालले
बिरामीलाई सेवाका नाममा लुट्ने गरेको फेला परेको हो । अनुगमनका क्रममा ९५ प्रतिशत भन्दा बढी यस्ता अस्पतालहरु मापदण्ड पुरा नगरेको र अस्पतालको सेवा सुविधा गुणस्तरीय नभएको फेला परेको थियो । उपचारका नाममा यस्ता संस्थाले बिरामीहरुमा स्वास्थ्य संस्थाप्रति नै वितृष्णा समेत फैलाउने गरेको मन्त्रालयले ठहर गरेको छ । बिकृति नै बिकृति मन्त्रालयको निरीक्षणका क्रममा १५ शैयासम्मका निजी अस्पतालमध्ये धेरैजसाको सेवा भाडाको घरमा संचालन भएकोे, आफ्नै जग्गा र भवन बनाउनेतर्फ पहल नभएको, प्राय सवै गुणस्तर नभएका भवनमा संचालन गरेको पाइएको छ । धेरैजसोले सरकारी सेवामा रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीवाट काम लिई सरकारी स्वास्थ्य संस्थाको कार्यप्रति वितृष्णा फैलाएको, पूर्णकालिन स्वास्थ्यकर्मी नराखी करारमा काम गराइरहेको, आम्दानि खर्च नदेखाउने र कर समेत छली गर्ने गरेको पाइएको छ । सहरका गल्ली-गल्ली र सदरमुकाम आसपासमा केन्दि्रत भएका यस्ता संस्थाले चिकित्सकहरुको नामको बोर्ड झुन्डाएर बिरामी झुक्याउँदै बिरामीको स्वास्थ्यमा समेत खेलबाड गरीरहेको फेला परेको छ । ‘अस्पतालका भित्तामा बरिष्ठ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको नाम झुण्डाइएको हुन्छ,’ अनुगमन पछिको प्रतिवेदनमा भनिएको छ, ‘तर अस्पतालमा भने उपचार गर्ने क्षमताका चिकित्सक र नर्स कोही हुँदैनन् ।’ १५ शैयाको अनुमित रोक्ने तयारी मन्त्रालयले १५ शैयासम्मका अस्पतालहरुमा सेवा भन्दा विकृती बढी पाउन थालेपछि सञ्चालन अनुमती नै रोक्ने तयारी गरेको छ । अध्ययन समितिको प्रतिबेदनको सुझावका आधारमा १५ शैयासम्मका अस्पताललाई स्वीकृति दिन बन्द गरी कमसेकम ३० शैयाको बनाई संचालन गर्ने योजना बनाइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार सञ्चालनमा रहेका १५ शैयाका अस्पताललाई समेत शैया विस्तार गरी सबै मापदण्ड पुरा गर्न भनिएको छ । उनका अनुसार त्यस्ता अस्पतालहरुलाई मापदण्ड पुरा गर्न निश्चित समयसिमा दिइएको छ । तोकिएको समयसिमा भित्र मापदण्ड पुरा नगर्ने र शैया क्षमता अनुसारको चिकित्सक लगागतका जनशक्ति पुरा नगर्ने संस्थालाई बन्द गरिने छ । मन्त्रालयले देशभरका अस्पतालको अवस्था निरीक्षणका लागि १४ वटै अञ्चलमा एक-एक जना सहसचिवको टोली पठाएर निरीक्षण गरेको थियो । तीन महिनाको अवधिमा स्थलगत भ्रमण गरी स्वास्थ्य संस्थाहरुको निरिक्षण गरी समितिले मन्त्रालयमा प्रतिबेदन बुझाएको थियो । कति अस्पताल छन् ? मन्त्रालयलाई नै थाहा छैन देशभरका स्वास्थ्य संस्थाको नियमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय हो । तर, मन्त्रालय स्वयमलाई देशभरमा १५ शैयाभन्दा कम क्षमताका अस्पतालहरु कति छन् भन्ने जानकारी नै छैन । देशभरमा अहिले करीब तीन सय निजी अस्पताल रहेको मन्त्रालय बताउँछ । तीमध्ये १५ शैया क्षमताको अस्पताल कति छन भन्ने तथ्याङ्क मन्त्रालयसँग छैन । मन्त्रालयले ति अस्पतालको तथ्याङ्क समेत सङ्कलन गरी शैया विस्तार गर्न पत्राचार समेत गर्ने तयारी गरेको छ । डा. लोहनीका अनुसार साना अस्पतालहरुको बोर्ड झुण्ड्याउँदै बिना दर्ता बिरामीको उपचार गरेको समेत पाइएको छ । उनले स्वीकृति नलिएका यस्ता अस्पताल तत्काल बन्द गर्न लागिएको समेत जानकारी दिए । उनका अनुसार हाल कति नर्सिङहोम कुन रूपमा सञ्चालन भइरहेका छन् यसको कुनै विवरण तथा अनुगमनसमेत नभएकाले पनि नियमनमा समस्या परेको हो । नियमअनुसार ५० शैयासम्मका अस्पताल सञ्चालनका लागि क्षेत्रीय निर्देशनालय, १०० शैयासम्मका लागि स्वास्थ्य सेवा विभाग र १०० शैयाभन्दा माथिको निजी अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयसँग स्वीकृती लिनुपर्छ । यो नियम ६ महिना अगाडी मात्र ल्याइएको हो । यसअघि १५ शैयासम्मको अस्पताल सञ्चालन स्विकृती क्षेत्रिय निर्देशनालयले दिने नियम थियो । क्षेत्रबाट स्विकृती दिने र अनुगमन नहुने हुँदा पनि अस्पतालहरुमा विकृती बढेको डा. लोहनी बताउँछन् ।
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis