यातनायुक्त शिक्षण संस्कृतिले बालबालिकाको पढाइ छुटाएको मात्र छैन, उनीहरूलाई गलत बाटोमा लाग्न सघाएको पनि छ।
बिक्रम राई
छिमेकी गाविस ओखलेको महेन्द्र निमाविका अंग्रेजी शिक्षक बलराज मगरले पढ्न नजानेको भन्दै सधैं पिट्ने गरेका सुरजलाई कक्षा–४ मा अनुत्तीर्ण भएपछि घरमा बुबा–आमाले पनि बेस्सरी पिटे। पिटाइबाट तंग्रिएपछि बलराज सरको अनुहार सम्झिएर स्कूल जान मन नलागेको बताउने सुरज त्यसपछि एउटै कक्षाको साथी कैलाश राई (१४) सँग काठमाडौंतिर भागे। कक्षाकोठामा शिक्षकको नियमित दुर्व्यवहार सहेका यी दुई साथी अहिले अनामनगरमा एउटै कोठामा बस्छन्।
कक्षा–२ मा दोस्रो भएका सुरजको पढाइ साथीहरूको लहैलहैमा लाग्दा बिग्रदै गएको थियो भने कैलाश स्कूल भर्ना भएदेखि नै शिक्षकको अत्यधिक पिटाइ खाने विद्यार्थीमा पर्थे। भागेर काठमाडौं आएपछि कपनको एउटा होटलमा मासिक रु.५०० मा काम गरेका दुवैलाई साहू पुष्प श्रेष्ठले ६ महीनामा एक सुको नदिई निकालिदिएको कैलाश बताउँछन्। त्यसपछि उनीहरू क्वालिटी क्याफे मा आएका थिए। उता उदयपुरका स्रोत शिक्षक यादवकुमार राईले जनजाति बहुल लेकगाउँमा शिक्षकबाट बालबालिका कुटिनु सामान्य भए पनि पिटाइकै कारण विद्यालय छाडेको जानकारी आफूलाई नभएको टेलिफोनमा बताए।
झापा, शनिश्चरे–५ का मिलन खतिवडा (१४) पनि गाउँकै आदर्श उच्च माविका अंग्रेजी शिक्षक राम अधिकारीको पिटाइ खप्न नसकेर पढाइ छाडेको बताउँछन्। एक वर्षअघि कक्षा–७ बाट बाहिरिएका उनी ललितपुरको पाटनढोकास्थित चियापसलमा काम गरिरहेका छन्। राम सरले हैरान पारेर आफूसँगै स्कूल छाडेका साथी अजय शेर्मा (१४) भने गाउँमै रहेको उनी बताउँछन्। “दिनैपिच्छे स्कूलमा पिटिनुभन्दा पैसा कमाएर बुबा–आमालाई खुशी पार्न सकिन्छ भनेर गाउँ नै छाडें”, मिलन भन्छन्।
बुधबारे–४ झ्ापाको आदर्श उच्च माविका गणित शिक्षक पर्शुराम श्रेष्ठलाई पिटेर भागेका मित्र ढकाल (१५) पनि अहिले ललितपुरकै एउटा चियापसलमा काम गरिरहेका छन्। सधैं कुटिरहने शिक्षकमाथि सामूहिक प्रतिशोध लिएका साथीहरू सुरज शंकर (१५), अजय लिम्बू (१९) र आकाश लिम्बू (१५) चाहिं भारततिर भागेको उनले बताए। उनीहरू कक्षा–७ मा हुँदा गत वर्ष शिक्षकलाई नै कुटेर भागेका थिए।
किशोरकालमै कुलततिर
सइन्द्र राई
शिक्षा विभागको तथ्याङ्कले २०६९ सालमा प्राथमिक तहका ४.७ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेको देखाउँछ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदन अनुसार, विद्यालय छाडेका अधिकांश बालबालिका मजदूरीमा लाग्छन्। आर्थिक वर्ष २०६९/७० मा नेपालका ५–१७ वर्ष उमेर समूहका ७७ लाख ७० हजार बालबालिकामध्ये ४०.४ प्रतिशत (३१ लाख ४० हजार) मजदूरीमा संलग्न भएको आईएलओको प्रतिवेदनमा उल्लेख छ। यसरी लेख्ने–पढ्ने उमेरमा मजदूरी गर्न बाध्य भएका अधिकांश बालबालिका कुलतमा फसेको पाइएको ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सदस्य भीम ज्वाला बताउँछन्।
हुन पनि, डिल्लीबजारको क्याफेमा काम गर्ने उदयपुरका सुरज र कैलाश जनही रु.३५०० तलब र अतिरिक्त कमाइसहित मासिक करीब रु.५००० कमाउँछन्, तर उनीहरूसँग कत्ति पनि बचत छैन। आफूलाई पिट्ने शिक्षकको छोरो भन्दा धेरै पढेर देखाउने सपना विस्तारै हराउँदै गएको बताउने सुरजले पैसा नहुँदा दशैं–तिहारमा घर पनि जान नपाएको बताए। कहाँ जान्छ त कमाइ? “चुरोट, रक्सी र तासले तान्छ”, सुरज भन्छन्, “होटल लाइनमा काम गर्ने हामी जस्ता सबैको समस्या यही हो।”
साभार : हिमाल
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete