CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रात्री शहरमा यसरी सुत्छन् भुस्याहा कुकुरसँग मानिस :चिसो छिँडीमै थरथरी मुटु कमाउँदै रात कटाउनेहरुको कथा

रात्री शहरमा यसरी सुत्छन् भुस्याहा कुकुरसँग मानिस :चिसो छिँडीमै थरथरी मुटु कमाउँदै रात कटाउनेहरुको कथा

street children (1)काठमाडौं, मंसीर २३ – काठमाडौं मस्त निन्द्रामा थियो । देशका शासक प्रशासक द्धारमा सुरक्षाकर्मी खडा राखेर मस्त निदाइरहेका थिए । ठिक त्यहिरात सहरको महंगा महल बाहिर छिँडीमा पनि केही मानिसहरु निदाइरहेका थिए,भुस्याहा कुकुरको साथमा । गएराती हामी त्यहि छिँडिका मानिसहरुको दरुण कथा उतार्न मध्यरातमा काठमाडौं उत्रेका थियौं । खबर तिनैको सम्प्रेषण गर्नु थियो, जो कैयौं रात यसरी शहरमा निदाउँदै आएका थिए । तर निमुखाहरुले सुत्ने यस्तो सुताई बारे काठमाडौं बेखबर जस्तै थियो ।
काठमाडौं कहिले देखि बेखबर छ, त्यसवारे हेक्का छैन । तर काठमाडौं छिँडीको सुताई र महल भित्रको सुताईको परिभाषा एकै रुपमा व्याख्या गर्ने कुचेष्ठा गर्दै थियो । निन्द्रा एकै हो तर ठाउँ फरक थियो र छ । कोही भुस्याहा कुकुरको अंगालोमा बेरियर त्यसकै तातोमा रात काट्न बाध्य छन्, त कतै महलका महंगा सयन कक्षमा मस्त निन्द्रा छन्, तिनै मानिस । नांगो आँखाले देखिने फरक शायद यत्तिनै होला । गएको रात अर्थात (२०७१,२२ मंसिर)को मध्यरातमा काठमाडौं शहरको व्यस्त बजार ‘ठमेल’ बाट, हामीले छिँडीका मानिसहरु नियाल्यौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहको घर नजिकै रहेको एक घरको बाहिर छिाडीमा एक बृद्ध मानिस निन्द्रामा थिए । उनको फुलेको कपाल ल्याम्पपोष्टले फालेको ज्योतिको सहायताले नियाल्न सकिन्थ्यो । वुवा तपाईको नाम केहो ? ‘कुमार ।’ चिउरा र दालमोड चपाउँदै उनले जवाफ फर्काए । परिस्थिति त्यस्तै थियो, हामीले उनीसँग थप कुराकानी गर्नै सकेनौं । केहि घण्टा अन्यत्रका सुताई चियाउँदै हामी पुन: कुमार भएको ठाउँमा पुग्दा उनी मस्त निन्द्रामा थिए । उनी लामो समयदेखि त्यहि छिडिमा आफ्नो बाँकी जिन्दगी गुजार्दै रहेछन् । जाडोले काठमाडौंलाई आतंकीत पार्न खोज्दैछ, तर उनलाई कुनै त्रास थिएन । उनी मस्त निन्द्रामा थिए । एक सरो ओड्ने थियो, सिमेन्टको चिसो जमीन उनको विछ्यौना । राजधानीलाई चिसो हावा र तुषारोले स्पर्ष गर्दै गरेको सजिलै अनुभुती गर्न सकिन्थ्यो । कुमारको साथमा एक कुकुर थियो,जो हामी देखेपछि चनाखो भयो । हामीले मध्यरातमा मस्त निदाईरहेका तिनै कुमारको फोटो कैद गर्‍यौं । त्यसपछि हामी त्यस्तै अर्का कुमारहरुको खोजीमा लाग्यौं । नर्सिङ चोक नजिकै एक घरबाहिर छिाडीमा अर्का एक मानिस थिए,जसको अवस्था तिनै कुमारको भन्दा फरक थिएन । उनी पनि एउटा बोरा आढेर खाली जमीनमा 

street children (4)निदाएका थिए । हामीले उनलाई नियाल्यौं मात्रै,उनको तस्बिर पनि हामीले आफ्नो क्यामरामा कैद गर्‍यौं । सार्क सचिवालय र केशर पुस्तकालयको नजिकै रहेको अर्को एक घरको आगनकै खोँचमा एक व्यक्ति भेटिए । उनी सिमेन्टेड खाली जमिनमा मस्त निदाइरहेका थिए । उनीसँग ओड्ने कपडा थिएन, थियो त केवल मध्येरातमा आएको चिसो हावाको स्पर्ष,र जमीनसंगको साथ । सहकर्मी गोकर्ण लामिछानेले तस्बिर लिंदै गर्दा क्यामराले फालेको चहकीले फ्ल्यासले उनी तर्सिए । उठ्न खोजे तर उठ्नै सकेनन् । सायद जाडोले कठ्याङ्ग्रीएकाले उनलाई हातगोडाले भर दिएन् । दरबारमार्ग र बागवजार तिर पनि चिसोसँग पौंठाजोरी खेल्दै घुँडा खुम्च्याएर सुत्नेहरुलाई हामीले नियाल्यौं । जो बिना चलमल निदाएका थिए,उनीहरुको निन्द्रा विथोलीने डरले हामीले उनलाई नजिकबाट नियाल्यौं मात्रै । तस्बिर लिएनौं । बसन्तपुर अर्को यस्तो ठाउँ रहेछ जहाँका मन्दिरमा रातमा भक्तजन होइन, छिँडीमा रात विताउनेहरुको लर्को लाग्दोरहेछ । बसन्तपुरको सबैभन्दा अग्लो मन्दिरको सवैभन्दा माथि हामी उक्लिएका मात्र के थियौं, त्यहाँ एक अवोध बालक भेटिए । पौराणीक मन्त्र कुँदीएको ढुँगोको फेदीमा उनको कलिलो टाउको अडिएको थियो । ओड्नको लागि उनीसँग रेडिमेड बोरा थियो,त्यहिपनि डबल हैन एकपाखा च्यातिएको थियो । त्यसले यो मंसिर अन्तिम साताको जाडो किन धान्थ्यो ? ओढ्नको लागी ओढेजस्तो मात्र । मध्यरातमा त्यहि बोरा उनको एकल सहारा बनेर शरीरमाथी थपक्क अडिएको थियो । उनी घुर्दै थिए । बोलाउने दुस्साहस गरेनौं । तस्वीर कैद गर्‍यौं । हाम्रो क्यामराको फ्ल्यासले धान्न नसकेपछि मोवाईलको मिनी लाईट अन गरेर बालको street children (2)अनुहार उज्यालो हुनेगरी धेरैपटक क्यामराले उनको अनुहारलाई हामीले खिचिरह्यौं । मन्दिर कत्ति तलाको थियो हामी गन्ती गर्नतिर लागेनौं । यो अन्तिम तलाको भुँइ भने काठको थियो । काठे भुँईको बिछ्यौंनामा त्यो बालकको शरिर निन्द्रामै कापीरहेको थियो । त्यो दृष्य हेर्दै गर्दा,कैयौं पटक हामी कापेका थियौं,त्यसको शब्दिक अनुबाद गर्न अलि कठिन हुन्छ । हामी कापेजस्तै राज्य काप्यो भने,हामीले यसरी मध्यरातमा छिंडी चियाउनु पर्ने थिएन। तर राज्य जनताले दु:ख पाएको हेर्नमै मजा मान्छ । सहरमा चिसो रातका छिंडीमा एक रात होइन कयौंले जीवन पार गरिसके तर राज्य उनीहरुको जीवनसँग साक्षात समेत नहुनु दुर्भाग्यपूर्ण छ street children (7)। राजधानीमा भेटिएका यी मानिसहरुको जीवन प्रतिनिधि अनुहार मात्रै हुन् । यो शहरका गल्लिहरुमा यस्ता कयौं जीवनहरु यसरी रात विताइरहेका छन् । यी सडक बालक देखाएर धन्दा गर्नेहरु राजधानीमा धेरै छन् । सडक बालबालिकाहरुको तस्बिरको ब्यापार गर्नेहरुका ल्याण्डरोभर त्यहि सड्कमा गुडीरहेको हुन्छ । तिनका गाडीका चक्काले उडाएको धुलो घुम्दै–घुम्दै यस्ता अवोधका मुखमा पर्छन । विडम्वना उनीहरु भने हरियो डलर डकारीरहन्छन् । यता सडक बालबालिकाको वकालत गर्ने सिवीन जस्तै संस्थाहरु राजधानीमा नभएका होईनन् । तर सडक बालबालीकाका दु:ख जस्ताको तस्तै छ ।  सिमेन्टेड जमीनको विछ्यौनामा खाली आकाश ओढेर निदाएका यी मानिसहरुसँगै आलिसान बंगालामा निदाइरहेको राज्य, सुँगुर भन्दा के फरक भयो र ? जो सुत्न पाएसम्म सुतिरहन्छ । तर सडकमा सुत्ने निमुखाहरु भने आँखाको विष मार्न मात्र सुत्छन्,थरथरी मुटु कमाएर । (फोटो:गोकर्ण लामिछाने) 

साभार : रातो पाटी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis