CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गर्भवती भए-नभएको कुरा घरमै जाँच्न सकिँदैन ?

गर्भवती भए-नभएको कुरा घरमै जाँच्न सकिँदैन ?

म १९ वर्षीया अविवाहित युवती हुँ । केही अघिदेखि नै महिना-दुई महिनामा एक-दुई पटक मेरो एकजना केटा साथीसँग यौनसम्पर्क हुने गरेको थियो । हामीले परिवार नियोजनका कुनै साधन प्रयोग गरेका थिएनौं, तर वीर्य बाहिर फ्याँक्ने गरेका थियौं । गत महिना मैले महिनावारी रोक्ने औषधि प्रयोग गरेको थिएँ, त्यही बेला हामीबीच सम्पर्क भयो र भोलिपल्टै महिनावारी भयो । 

तै पनि मैले थप २ दिन औषधि प्रयोग गरें । यो महिना मेरो महिनावारी भएको छैन । कतै म गर्भवती त भइनँ ? गर्भवती भए-नभएको कुरा घरमै जाँच्न सकिँदैन ? महिनावारी भएका बेला यौनसम्पर्क गर्दा गर्भ रहन्छ कि रहँदैन ?

-क.

गर्भ नचाहिएको अवस्थामा यौनसम्पर्क गर्नुपर्ने भए परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । यौनसम्पर्क गर्दा वीर्य योनिमा नभै बाहिर फ्याँक्नु पनि परिवार नियोजनको प्राकृतिक विधि हो, तर यो विधिमा पूर्ण निर्भर हुन भने सकिँदैन । तपाईंले महिनावारी रोक्ने कुन औषधि खानुभयो ? तपाईंले कसको सल्लाहमा कति दिन औषधि खानुभयो ? प्रश्नमा स्पष्ट छैन । तपाईंको महिनावारी रोकिएको कारण त्यही औषधि पनि हुन सक्छ । यदि तपाईंले महिनावारी रोक्न प्रोजेस्ट्रोन भएको औषधि प्रयोग गरेको हो भने गर्भ रहने सम्भावना न्यून छ । तपाईं गर्भवती भए-नभएको प्रिग्नेन्सीकिटको मद्दतले घरमै परीक्षण गर्न सकिन्छ । सामान्यत: महिनावारी भैरहेको समयमा यौनसम्पर्क गर्दा गर्भ रहँदैन, तर यस्तो अवस्थामा यौनसम्पर्क गर्नु राम्रो होइन । यस्तो अवस्थामा सम्पर्क गर्दा पाठेघरको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
साभार : ई कान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis