CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कुराकानी नायक आर्यन सिग्देलसंग

कुराकानी नायक आर्यन सिग्देलसंग


खुट्टाको शल्यक्रिया गर्नुपरेछ, किन ?

एउटा चलचित्रको एक्सन दृश्य छायांकनका क्रममा चोट लागेको थियो । घुँडाको लिंगामेन्ट चुँडिएछ । त्यसैले शल्यक्रिया गर्नुपरेको हो ।

रिकभर हुन कति समय लाग्छ ?

डेढ महिना त घरमै आराम गर्नुपर्छ । सामान्य स्थितिमा आउन
अझै नौ-दस महिना लाग्छ । 

यसले गर्दा प्रदर्शनका क्रममा रहेका र छायांकन बाँकी रहेका चलचित्रलाई असर पर्दैन ?

असर त पर्छ नै । अरूभन्दा पनि यो साता रिलिज हुने 'नाइके'को प्रचारमा हिँड्न पाइएन । साह्रै छटपटी भैरहेको छ ।

'नाइके’मा कता-कता सलमान खानको 'दबंग लुक्स’ देखिएको छ नि ?

म सलमानको फ्यान हुँ । यो कुरा धेरैलाई थाहा छ । उनी जस्तो देखिन पाउनु त राम्रो हो नि, तर म सलमानबाट प्रभावित मात्र छु पूरै नक्कलचाहिँ गरेको छैन । 

'नाइके’ले सफलता पाउन सक्छ ?

केही व्यक्तिको मुखबाट सुनेको छु कि यो चलचित्र आशा गरेभन्दा धेरै राम्रो बनेको छ । ट्रेलर हेर्नेहरूले मलाई अगि्रम बधाई पनि दिइरहेका छन् । एउटा मनोरञ्जक एक्सन चलचित्र भएकाले दर्शकलाई मनपर्छ कि भन्ने लागेको छ ।

लभर ब्वाइको छविबाट बाहिर निस्कन अचेल एक्सन चलचित्रमा बढी देखिन थाल्नु भएको हो ?

एउटै छविमा टिक्न गाह्रो हुन्छ । छवि र भूमिका त परिर्वतन गरिरहनुपर्‍यो नि । यसपछि आउने 'अलबिदा'मा म इस्लाम धर्मावलम्बी युवक बनेको छु । 

तीन कुरा जसका कारण तपाईं असाध्यै माया गर्नुहुन्छ ?

आफै, मेरो घर-परिवार र चलचित्र क्षेत्र ।

जीवनमा गर्न चाहेर पनि नसकेको दुई काम ?

गायन र एट प्याक्स मसल्स । 

अनायसै सुपर पावर प्राप्त भयो भने के गर्नुहुन्छ ?

अहिले नै घुँडा सञ्चो पारेर एउटा दमदार एक्सन चलचित्रको छायांकन थाल्थंे । 

संसारका तीन सेक्सी सेलिब्रेटी ?

एन्जेलिना जोली, सुस्मिता सेन र झरना बज्राचार्य ।

अर्काकी राम्री श्रीमती देख्दा कस्तो महसुस हुन्छ ?

मेरो घरमा त्यसकी भन्दा राम्री छिन् भनेर मख्ख पर्छु ।  

पछिल्लो पटक कहिले सबैभन्दा बढी खुसी हुनुभएको थियो ?

पहिलो चलचित्र 'किस्मत' साइन गर्दा ।

विवाहपछि प्रेमका प्रस्ताव कति आउँछन् ?

त्योचाहिँ कम भएको छ । अब यसले हामीलाई बाल दिँदैन भन्ने थाहा पाए जस्तो छ । 

तपाईंले सबैभन्दा बढी प्रयोग गर्ने शब्द ?

चाहिँ । 

तपाईंका बारेमा एउटा गोप्य रहस्य ?

 खाना पकाउनेदेखि घर सफा गर्नेसम्म, म आफ्ना सबै कार्य आफैं गर्छु । विवाहपछि उनको साथ पाएको छु । 

कुन खानेकुरा सम्झँदा मुखै रसाएर आउँछ ?

छोयला ।

कुन महिला सेलिब्रेटीलाई देख्दा यौनचाहना बढेको अनुभूति हुन्छ ?

यौनचाहना बढाउन कसैलाई देख्नैपर्छ र ? 

चुम्बन मीठो कि सेक्स ?

तपाईंलाई जे मीठो लाग्छ, मलाई पनि त्यही ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis