माओवादी हुन घरबाट हिँड्दा अनुपमको उमेर १२ वर्ष थियो। उनी सिधै सेनामा गइन्, जहाँ उनको सानो जिउलाई बन्दुक बोक्नै गाह्रो हुन्थ्यो। पार्टीका साथीहरूले पनि उनलाई केही वर्ष पर्खिने सल्लाह दिए। तर अनुपम यति दृढ थिइन्, उनले साथीहरूलाई बन्दुकको नाल काट्न लगाइन् ताकि छोटो बन्दुक आफूलाई सुहाउँदो होओस्।
छोरी जन्मिँदा अमृता थापा लडाकु थिइन्। हरेक आमाजस्तै उनमा पनि मातृत्व थियो, छोरीप्रति गहिरो प्रेम थियो। 'आइएनजिओमा काम गर्नेहरू त केटाकेटीलाई दिनभरि छाडेर काममा जान्छन्। तिमीहरू त झन् क्रान्तिकारी!' श्रीमानले यसो भनेपछि अमृताले दुई वर्षकी छोरीलाई आमाको जिम्मा लगाइन् र माओवादी सेनामा फर्किइन्।
...
माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रिया अघि बढेको धेरै वर्ष भइसकेको छ। जुन लडाइँका लागि उनीहरूले आफ्नो जिन्दगीको महत्वपूर्ण समयमात्रै होइन भावना र आदर्शको पनि लगानी गरेका थिए, अहिले उनीहरू त्यो लडाइँलाई फरक तरिकाले मूल्यांकन गर्छन्।
पारिवारिक जीवनबाट टाढा बिताएका ती वर्षले उनीहरूको व्यक्तित्वमा कस्तो प्रभाव पारेको छ र के परिवर्तन ल्याएको छ?
आफ्नो लगानीको उपलब्धिबारे जिज्ञासा राख्दा सबैले नेताप्रति तिक्तता नै पोख्छन्। चिनिएका नेता हुन् वा सामान्य कार्यकर्ता; नेताले धोका दिएका, क्रान्ति तुहाएका र उद्देश्यसम्म नपुर्याहएको उनीहरूको गुनासो छ। 'हामीले सपना देखेजस्तो सबैलाई समान व्यवहार हुने समाज नपाउनुमा नेताकै गल्ती छ,' उनीहरूको सामूहिक गुनासो हो यो।
पोखराकी २६ वर्षीया सीता खड्का नेताहरू निर्णय तहमा पुगेपछि आफूहरूको योगदान बिर्सिएको गुनासो गर्छिन्। 'हामीलाई नेताले देखाएको सपना आदर्श समाजको हो। हामीले पनि ज्यानको बाजी लगाएर लड्यौं,' उनी भन्छिन्, 'हामीले चाहेको समाजमा सबै व्यक्ति समान हुन्छन्। जहाँ लिंग, वर्ग र जातको आधारमा भेदभाव हुँदैन। सबैले समान अवसर पाउँछन्। तर आजसम्म तमाम भेदभाव कायमै छन्।'
राज्य स्तरमा भएका केही परिवर्तनलाई भने उनीहरू आफ्नो लगानीको प्रतिफल मान्छन्। आमाको नाममा नागरिकता बनाउन पाउने प्रावधान र सरकारी सेनामा महिलाको सहभागिताबारे उनीहरू गर्व गर्छन्। 'माओवादी लडाकुमा महिला लिनुअगाडि त सरकारी सेनामा कहाँ महिला थिए र?' अनुपम भन्छिन्। जाजरकोटकी ३२ वर्षीया उनीसँग १२ वर्षदेखि सेनामा काम गरेको र ४० भन्दा बढी भिडन्तमा लडेको अनुभव छ। 'हामीले लडेको देखेपछि मात्रै उनीहरूले पत्याए, केटीहरू पनि लड्न सक्छन् भनेर। त्यसपछि मात्रै महिलालाई मौका दिए,' उनी भन्छिन्।
सानैमा आफ्नो जिल्लाबाट चुनिएर सैनिक गतिविधिका लागि लगिनु अनुपमका लागि गौरवको कुरा थियो। आफूमा क्षमता देखेरै छानेको उनी ठान्छिन्। 'पहिला त कहाँ यसरी बोल्न सक्नु?' उनमा आत्मविश्वास बढेको छ, 'धेरै ठाउँ देखियो, मान्छे चिनियो, रहनसहन बुझियो। ठूलो कुरा त, क्षमता देखाउन पाइयो।' यति हुँदाहुँदै उनलाई फेरि लडाइँमा जान मन छैन।
कतिपय महिलाले भने जेलको अनुभवबाट आफ्नो व्यक्तित्वलाई फरक तरिकाले परिभाषित गरेका छन्। ३४ वर्षीया नवीना (पासाङ शेर्पा) ले द्वन्द्व क्रममा पक्राउ परेर दुई वर्ष जेलमा बिताइन्। हिरासतमा पुलिसको यातना धेरै खप्नुपर्योा। आफूलाई सिस्नुपानी लगाएर निर्वस्त्र बनाउन खोज्दा पनि कहिले आत्मसमर्पण नगरेकोमा गर्व महसुस गर्छिन् उनी। 'अरू केटीहरू त क्वाँ–क्वाँ रुन्छन्, आत्मसमर्पण गर्छन्,' पुलिसले उनलाई सुनाउँथे रे, 'यो त जति कुटे पनि चुइँक्क बोल्दिन।'
कठोर यातनामात्रै होइन, जेलमा अरू राजनीतिक बन्दीसँग बिताएका क्षण पनि नवीनाका लागि धेरै महत्वपूर्ण छन्। 'जेल त एउटा विश्वविद्यालय हो,' उनी भन्छिन्, 'आफूले जानेको कुरा अरूलाई सिकाउने, अरूबाट सिक्ने।' जेलमा नवीना र साथीहरूले अक्षर चिन्ने, लुगा सिलाउनेदेखि राजनीतिक प्रशिक्षण जेलमै एक–अर्कालाई सिकाउँथे।
जेलमा होस् या बाहिर, सगोलमा बसेको सम्झना नवीनाका लागि सबैभन्दा प्रिय छन्। 'हामी सँगै खान्थ्यौं, बस्थ्यौं, काम गर्थ्यौंं,' उनी भन्छिन्, 'पार्टी नै हाम्रो परिवार र अभिभावकजस्तो थियो। हामी सबै धेरै नजिक थियौ।'
अहिले नवीना एक्लै बस्छिन्। सामूहिक जिन्दगीको रमाइलो सम्झनाले बेलाबेला उनलाई झस्काउँछ।
नवीनाकी साथी ३२ वर्षीया उर्मिला आफूहरूको उद्देश्य नै समाज बदल्नु रहेको बताउँछिन्। उनलाई लाग्थ्यो, आफूले सोचेको आदर्श समाज धेरै टाढा छैन। 'सबै जना नियममा बस्नुपर्छ भन्ने थियो र नबस्नेलाई कारबाही हुन्थ्यो,' उनी भन्छिन्, 'आफू जे गर्दै छु, लक्ष्य प्राप्तिका लागि गर्दै छु भन्ने भावना थियो।' अहिले त न उनीसँग आदर्श समाज छ, न उद्देश्यको भावना। यो सब गुमाएपछि त्यति बेला पाएको राजनीतिक चेतनामात्रै छ उनीहरूसँग।
धेरै लडाइँ छाडेर पारिवारिक जीवनमा फर्किसके पनि कोही भने आफूलाई अझै 'क्रान्तिकारी' भन्न रुचाउँछन्।
पोखरामा पोल्ट्री फार्म सञ्चालन गर्दै बसेकी सीता खड्का तीमध्ये एक हुन्। क्रान्ति बीचमै छोड्ने नेताहरूबाट आफूलाई अलग्याउँदै उनी भन्छिन्, 'हामी जुन उद्देश्य लिएर अघि बढ्यौं, त्यो त पूरा भएको छैन।' विलासी जीवन रोजेका नेताहरूको दाँजोमा आफू सच्चा क्रान्तिकारी भएको उनको दाबी छ।
अहिले सम्झेर ल्याउँदा आफूले लिएको बाटो कत्तिको सहीजस्तो लाग्छ त?
अनुपम आफ्नो निर्णयमा सही र गलत छुट्याउनै सक्दिनन्। 'त्यो अवस्थामा हामीले जे गर्यौं , समयको माग थियो,' उनी भन्छिन्।
सोचेजस्तो उपलब्धि नपाएकोमा खिन्न बनेकी पोखराकी रन्जना पोखरेल भन्छिन्, 'नतिजा सही निस्केको भए मेरो कदम पनि सही हुन्थ्यो। निस्केन, अब के भन्ने खोइ?'

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !