CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » ‘भैपरी’ को नाममा यस्तो भयो रे मनपरी ??

‘भैपरी’ को नाममा यस्तो भयो रे मनपरी ??

SAARC Expenses_on topi१ पुस, काठमाडौं । मंसिरको दोस्रो साता सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ अाैं शिखर सम्मेलनमा नेपाल सरकारले केही अनौठा विषय खर्च गरेको पाइएको छ ।
सरकारले सार्कका नाममा २ अर्ब रुपैयाँ सिध्याए पनि त्यसको वास्तविक विवरण बाहिर आइसकेको छैन । अर्थ मन्त्रालयले भदौ, असोज र कात्तिक महिनामा गरिएको रकमान्तरको
विवरण सार्जजनिक गरेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा विभिन्न मन्त्रालयमार्फत ७५ करोड ७५ लाख ८१ हजार ४ सय ५६ रुपैयाँ रकमान्तर गरी ‘भैपरी आउने’ शीर्षकका नाममा मनपरी खर्च गरेको देखिएको छ ।
सार्क सम्मेलनमा सरकारले २ अर्ब रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये अर्थ मन्त्रालयले ७५ करोड ७५ लाख ८१ हजार रुपैयाँ रकमान्तर (अन्य शीर्षकको बजेटलाई सार्कका लागि निकासा) गरेको जनाएको छ ।
SAARC Expenses_on topiझन्डामा मात्रै झण्डै ६ लाख
सार्क राष्ट्रका झण्डा किन्न मात्रै ५ लाख ८६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका भर र सम्मेलनस्थल राष्ट्रिय सभागृहमा सार्कका झण्डा राखिएका थिए ।
तर, झण्डा खरीदमा त्यति ठूलो रकम खरीद भएको पत्याउन मुस्किल पर्छ । सरकारले समरजंग कम्पनी मार्फत ५ लाख ८६ हजार झण्डा किनेको हो ।
गोरखापत्रमा समाचार छाप्न ४० लाख
सरकारी स्वामित्वको छापामाध्यम गोरखापत्र, मुना र मधुपर्कमा समाचार छाप्न सूचना तथा सञ्चार मन्त्रालयले ४० लाख रुपैयाँ दिएको जनाएको छ ।
नेपाल टेलिभिजनलाई एक करोड र राससका नाममा १० लाख खर्च देखाइएको छ ।
त्यस्तै उद्योग बाणिज्य संघको ‘टक शो’ प्रोग्रामका लागि १० लाख राज्य कोषबाट खर्च गरिएको छ ।
SAARC Expenses_on topics
भाडाका गाडीमा करोडौं स्वाहा
परराष्ट्र मन्त्रालयले भारतबाट ५५ वटा गाडी भाडामा झिकाउँदा ३ करोड ९८ लाख ५२ हजार सकिएको छ । सार्कका बेला यति ठूलो रकम भारतले पुगेको छ ।
सभागृहमा २३ करोड स्वाहा
सार्क सम्मेलनस्थलको मर्मतका लागि कात्तिकमा १५ करोड, ७७ लाख ७७ हजार ८ सय २५ रुपैयाँ सिध्याइयो । भदौ र असोजमा ग्यालरी बैठक मर्मत र फर्निसिङका नाममा ७ करोड ५४ लाख निकासा गरिएको थियो ।
पटक-पटक गरेर सभागृहका लागि २३ करोड भन्दा बढी खर्च देखाइएको छ । जबकि २३ करोडमा त्यस्तै नयाँ भवन ठडिन सक्ने विज्ञहरु बताउँछन् ।
सुराकीलाई एक करोड
राष्ट्रिय अनुसन्धानका कर्मचारीको काम अपराध हुन सक्ने सम्भावनाको सुराकी गर्ने हो । यसवापत कर्मचारहिरुले राज्यबाट तलब नियमित पाउँछन् । तर, सार्कका नाममा राष्ट्रिय अनुसन्धान विभागले १ करोड स्वाहा बनाएको अर्थ मन्त्रालयको तथ्यांकमा देखाइएको छ । त्यति ठूलो धनराशी केमा खर्च भयो होला ? श्रका उब्जने ठाउँ छ ।
अढाइ करोडको अतिथि सत्कार
सार्क सम्मेलनमा आएका अतिथिको सत्कारका लागि प्रत्येक नेपालीको एक रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार अतिथिको सत्कारका लागि परराष्ट्र मन्त्रालयले २ करोड ४३ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ ।
भीआइपीको सुरक्षामा १० करोड
सार्क सम्मेलनका लागि आएका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि नेपाली सेनाले १० करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
त्यस्तै भीभीआइपीको सुरक्षाका लागि नेपाली सेनालाई गाडी किन्न ८ करोड ६७ लाख २६ हजार रुपैयाँ र सुरक्षाका लागि १ करोड ७७ लाख ५० हजार रुपैयाँ दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गाडी किन्न र मर्मत गर्न भन्दै करोडौं
सार्क सम्मेलन सुरक्षा निकायका लागि निकै सुखद रहृयो । थोत्रा गाडी चढ्नुपर्ने समस्याबाट धेरै प्रहरी मुक्त भएका छन् । सरकारले सशस्त्रलाई गाडी खरिदका लागि मात्रै रकमान्तर गरेर २ करोड ४९ लाख १२ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाली सेनाले सार्कका नाममा गाडी किन्न साढे ८ करोडभन्दा बढी निकासा पाएको छ । परराष्ट्रले पुराना गाडी मर्मतका नाममा १५ लाख सिध्याएको छ ।
त्यस्तै मेसिनरी सामान खरिद इत्यादि मोटो शीर्षकमा अपत्यारिलो किसिमले लाखौं रुपैयाँ बिना टेण्डर सिध्याइएको छ ।
साना कर्मचारीलाई १४ लाखको खाजा
सरकारले सार्क सम्मेलनमा सुराकीका लागि एक करोड स्वाहा बनाए पनि सम्मेलन अवधिभर सुरक्षा र अन्य काममा खटिने तल्लो तहका प्रहरी, सेना र सरकारी कर्मचारीको खाजा खर्च र खाना (खुराकी) मा भने १४ लाख हाराहारीमात्रै खर्च गरेको छ ।
सरकारले आफूसँग भएको स्रोत र साधनको उपयोग गर्ने ढंग नपुर्‍याउँदा सार्कमा खटिएका प्रहरी र कर्मचारीहरुले खाजासमेत खान नपाई भोकै खट्नुपरेको गुनासो गरेका थिए । सार्कमा खटिएका हजारौं सुरक्षाकर्मी र कर्मचारीका लागि सरकारले १४ लाख २८ हजार ७ सय ५० रुपैयाँ खाजा र खानावापत खर्च गरेको छ ।
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis