निखिल उप्रेतीले दर्जनौँ फिल्ममा काम गरे तर सम्झनलायक फिल्म छैनन् ।
अभिनयभन्दा एक्सनका कारण चलेका यी हिरो केही समय मुम्बई भासिए ।
तर, त्यहाँ जम्न नसकेपछि स्वदेश फर्किएर निर्देशक बनेका छन् । यतिबेला
निखिल निर्देशित पहिलो फिल्म भैरव पोस्ट प्रोडक्सनको क्रममा छ । फिल्म
मेकिङमा नयाँ पुस्ताले नेतृत्वदायी भूमिका खेलिरहेका बेला एक्सनको जादु
नचल्ने हल्लालाई उनी ठाडै अस्वीकार गर्छन् । "प्रस्तुति राम्रो भए पनि स्क्रिन
प्लेमा नयाँ पुस्ताको धेरै कमजोरी देखिन्छ," निखिल भन्छन्, "७८ दिन लगाएर त्यत्तिकै सुटिङ गरेको होइन ।" यो आत्मविश्वास हो
कि घमण्ड ? भैरव रिलिज भएपछि थाहा होला ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !