CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सन् २०१४ का ग्याजेट

सन् २०१४ का ग्याजेट

सन् २०१४ मा मोबाइल प्रविधिले संसारमै हलचल ल्यायो । यो वर्ष सेल्फीबाहेक पातला स्मार्टफोनको क्रेज पनि देखियो । यद्यपि सर्वाधिक बढी चर्चा आईफोन-६ कै भयो । यो वर्ष ग्याजेटका क्षेत्रमा स्मार्टफोन, एप्स, ट्याब्लेट वा अन्य इलेक्ट्रोनिक्स डिभाइसले निकै चर्चा पाए ।

स्मार्टफोन


गत वर्ष स्मार्टफोनका क्षेत्रमा सर्वाधिक बढी चर्चा एप्पलको आइफोन-६ को भयो । धेरैले यसलाई 'वर्षको स्मार्टफोन' को उपमा दिए । ४ दशमलव ७ इन्चको यो स्मार्टफोनलाई सुन्दर डिजाइन, ठूलो क्यामेरा र सजिलै चलाउन मिल्ने फिचरका कारण धेरैले रुचाए । पहिलो पटक मोबाइल पेमेन्टका रूपमा एप्पल पेको नाममा नयाँ फिचर ल्याएका कारण पनि यसको चर्चा चुलियो । यसको मूल्य पनि उपयुक्त भएकाले आइफोन-६ धेरैको रोजाइमा पर्न सफल भयो । त्यसैगरी चाइनिज स्मार्टफोन निर्माता कम्पनी जियोमिका विभिन्न स्मार्टफोन पनि चर्चामा रहे । छोटो समयमै धेरै बिक्री हुने उत्पादनका रूपमा कम्पनीले चर्चा पायो । बजारमा पहिलेदेखि नै चर्चामा रहेका एप्पल र सामसुङलाई भविष्यमा यसले पछि पार्ने आँकलन धेरैको छ । त्यसबाहेक सोनी एक्सपेरिया जेड-३, एलजीको जी-३, एचटिसी-१ एम-८, वान प्लस वान, सामसुङ ग्यालेक्सी एस-५, मोटो एक्स, मोटो जी, सामसुङ ग्यालेक्सी नोट-४, गुगल नेक्सस-६ आदि स्मार्टफोन चर्चित रहे ।

अनौठा डिजाइन

यो वर्ष अनौठो खालको डिजाइन भएका डिभाइस पनि बजारमा आए । ब्ल्याकबेरी पासपोर्ट स्क्वायर डिजाइनमा उपलब्ध भयो, जुन रिडिङका लागि समेत उपयुक्त देखियो । सामसुङ ग्यालेक्सी नोट एजमा स्क्रिनलाई किनाराबाट मोडएको छ, जसका कारण स्क्रिन लक हुँदा पनि नोटिफिकेसन हेर्न सकिन्छ । एचटिसी-१ -एम-८) पहिलो स्मार्टफोन हो, जसको अघिल्लो भागमा दुईवटा क्यामेरा छन् । अमेजनको फायरफोनमा पाँचवटा फ्रन्ट क्यामेरा छन् । त्यसैगरी ड्युअल स्क्रिन भएको योटाफोन पनि चर्चामा छ । लेनोभो वाइब एक्स-२ आफ्नो लेयरका कारण चर्चामा रह्यो भने आसुस फोन प्याड मिनीमा एउटा स्मार्टफोन र ट्याब्लेट डक छ, जसलाई स्मार्टफोन र ट्याब्लेट दुवै रूपमा प्रयोग गर्न सकिन्छ । 

क्यामेराका साथ सेल्फी क्रेज

युवाहरूमा सेल्फी स्मार्टफोनको क्रेज बढिरहेको छ । कम्पनीहरूले पनि त्यस्तै स्मार्टफोन उत्पादन गर्न उत्सुकता देखाए । तीमध्ये सोनी एक्सपेरिया सी-३ सर्वाधिक राम्रो मानिएको छ । यसको फ्रन्टमा अटो फोकस वाइड एंगलसहितको ५ मेगापिक्सेलको क्यामेरा छ । त्यसैगरी एचटिसी डिजायर, ओपो एन-३, लुमिया-७३५, लुमिया-७३०, जोलो ओपस-३, माइक्रोम्याक्स क्यानभास नाइट ए-३५०, लाभा आइरिस आदि सेल्फी स्मार्टफोनका रूपमा चर्चित छन् । 

वेरेबल ग्याजेट

यो वर्ष हेडसेट, स्मार्टब्यान्ड आदि पनि चर्चित रहे । विभिन्न कम्पनीले स्मार्टवाचलाई पनि बजारमा उतारे । पेब्बलको स्मार्टवाचले आइओएस तथा एन्ड्रोइड दुवै सपोर्ट गर्छ । त्यसैगरी मोटोरोला मोटो-३६०, एलजी जी वाच आदि पनि चर्चित भए । तीमध्ये पनि सर्वाधिक चर्चा एप्पलको आइवाचले बटुल्यो । यसमा भएको एस-१ चिपको सहयोगले पल्स रेट नाप्न सकिन्छ । त्यसगरी सामसुङ गियर एस तथा सोनीको स्मार्टवाच-३ पनि बजारमा उपलब्ध भए । धेरै कम्पनीले फिटनेस ट्रयाकरलाई पनि बजारमा ल्याए । तीमध्ये सोनी स्मार्टब्यान्ड टक, माइक्रोसफ्ट ब्यान्ड आदि लोकप्रिय भए । 

अद्वितीय डिभाइस

प्रत्येक वर्ष बजारमा आउने कुनै न कुनै उत्पादन अद्वितीय नै हुन्छन् । रेजर प्रोजेक्ट क्रिस्टाइन त्यस्तै एउटा डिभाइस हो । यसलाई हेर्दा भविष्यमा गेमिङ पिसी कस्तो हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ । त्यसबाहेक सामसुङ गियर भीआर, क्लियर भ्यू क्लिओ, ओम वान, पनोनो क्यामेरा बल, एचटिसी रि क्यामेरा, मायो आर्मब्यान्ड, इ-स्किन टाटु, सामसुङ कभ्र्ड टिभी, सोनी एफइएस वाच विद स्मार्टवाच, ५ के मोनिटर, माइक्रोसफ्ट एचटी-१० आदि डिभाइसले यो वर्ष आकार र प्रविधि दुबै क्षेत्रमा नयाँपन ल्याएका छन् । 

लोकप्रिय बने एप्स

सन् २०१४ मा धेरै एप्स उपलब्ध भए । अब एप्स जिन्दगीको हिस्सा नै बन्नेछ भन्ने प्रमाणित भएको छ । गुगलले सन् २०१४ का राम्रा एप्सलाई गुगल प्ले स्टोरमा छुट्टै उपलब्ध गराएको छ । 'बेस्ट एप्स अफ-२०१४' नाम दिएर गुगलले ६४ वटा एप्सलाई स्थान दिएको छ । तिनमा शाजेम, ट्युनइन रेडियो, स्काइप क्विक ग्रुप भिडियो च्याट, सिक्रेटजस्ता प्रसिद्ध एप्सहरू राखिएको छ । एप्पलले पनि 'बेस्ट अफ-२०१४' नाम दिएर एप्स र गेमको सूची तयार गरेको छ ।

ट्याब्लेट र ल्यापटप

ट्याब्लेट र ल्यापटपले पनि यो वर्ष चर्चा पाए । आइप्याड एयर-२, आइप्याड मिनी-३, नेक्सस-९, सोनी एक्सपेरिया जेड-२, नोकिया एन-१ आदि चर्चा पाएका ट्याब्लेट हुन् । त्यसैगरी माइक्रोसफ्ट सर्फ]{ प्रो-३, लोनोभो योगा ३ प्रो, एसर स्वीच-१०, लेनोभो थिंकप्याड योगा आदि हाइबि्रड ल्यापटप रहे । त्यसैगरी विभिन्न कम्पनीका बजेट ल्यापटप पनि बजारमा उपलब्ध भए । 

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis