CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » वर्ष २०१४ : सर्वाधिक खोजिएका व्यक्तिहरू

वर्ष २०१४ : सर्वाधिक खोजिएका व्यक्तिहरू

सर्च इन्जिन गुगलले वर्ष २०१४ मा सबैभन्दा बढी खोजिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । गत १५ डिसेम्बरमा सार्वजनिक सूचीअनुसार यस वर्ष गुगलमा सर्वाधिक खोजिएका व्यक्तिहरूमा कलाकारहरूको बाहुल्यता छ ।


१. जेनिफर लरेन्स

अमेरिकी कलाकार जेनिफर लरेन्स वर्ष २०१४ मा गुगलमा सर्वाधिक खोजिने व्यक्तिको पहिलो नम्बरमा छिन् । १५ अगष्ट १९९० मा जन्मिएकी लरेन्स द बिल इङभल शो, द वर्निङ प्लेन, विन्टर्स बोन आदि चलचित्रमा अभिनय गरेर कलाकारीतामा प्रवेश गरेकी थिइन् । लरेन्सले गोल्डेन ग्लोब एवार्ड फर बेस्ट एक्टर्सको एवार्डसमेत पाएकी छिन् । उनले यो वर्ष एक्स मेन डेज अफ फ्युचर पास्टमा अभिनय गरेकी छिन् । 



२. किम कार्दशिन

टेलिभजन प्रस्तोता अमेरिकी नागरिक किम किम कार्दशिन गुगलमा सर्वाधिक खोजिने व्यक्तिहरूको सूचीको दोस्रो नम्बरमा छिन् । २१ अक्टोबर १९८० मा जन्मिएकी किम फेसन डिजाइनर, व्यवसायी, मोडल तथा कलाकार हुन् । उनी सर्वाधिक कमाइ गर्ने प्रस्तोताका रूपमा चिनिन्छिन् । किपिङ अप विथ द किम कार्दशिन, कर्टनी एन्ड किम टेक न्युर्योक, टेक माइयामी आदि कार्यक्रम चलाएकी थिइन् । किमले अगस्ट २०११ मा बास्केटबल खेलाडी क्रिस हम्फेरिजसँग विवाह गरेकी थिइन् । यद्यपि विवाह भएको ७२ दिनमै उनीहरूको डिभोर्स भयो  । मे २०१४ मा किमले र्‍यापर केन्ये वेस्टसँग दोस्रो विवाह गरेकी थिइन् ।  



३. जुलिए गाइएट

गुगलमा सर्वाधिक खोजिने व्यक्तिहरूको सूचीको तेस्रो स्थानमा छन् जुलिए गाइएट । ३ जूनमा १९७२ मा जन्मिएका जुलिए फ्रेन्च कलाकार तथा चलचित्र निर्माता हुन् । सन् २००३ मा विवाह गरेका जुलिएले २००६ मै डिभोर्स गरेका थिए । उनले विभिन्न एवार्डहरूसमेत हात पारेका छन् । 



४. ट्रासी मोर्गान

१० नोभेम्वर १९६८ मा जन्मिएका मोर्गान अमेरिकी कलाकार हुन् । चर्चित कमेडियन मोर्गान गत जुन महिनामा कार दुर्घटनामा परेका थिए । गत महिनादेखि हि्वलचियर प्रयोग गर्दै आएका मोर्गान अहिले पनि उपचाररत छन् । मोर्गान म्युजिकल कमेडी, क्राइन्ज कमेडी, क्यारेक्टर कमेडी आदिका लागि प्रख्यात मानिन्छन् ।



५. रेनी जेलवेगर

कलाकार तथा कार्यक्रम निर्माता रेनी पनि अमेरिकी नागरिक हुन् । २५ अप्रिल १९६९ मा जन्मिएका रेनीले चलचित्र जेर्री मेगाइएर चलचित्रबाट करियर गरेका थिए । रेनी एकेडेमिक एवार्ड जितेका हुन् । यसका साथै उनले तीनवटा गोल्डेन ग्लोव एवार्ड, तीनवटा स्क्रिन एक्टर्स गिल्ड एवार्डसमेत जितेका छन् । सन् २००७ मा उनी सर्वाधिक महँगा कलाकारसमेत मानिएका थिए । 



६. जारेड लेटो


२६ डिसेम्बर १९७१ मा जन्मिएका जारेड लेटो अमेरिकी कलाकार हुन् । उनी गायक, लेखक, चलचित्र निर्माता तथा निर्देशकसमेत हुन् । जारेडले फाइट क्लब, द थिन रेड लाइन, अमेरिकन साइको, अर्वान लिजेन्ड आदि चलचित्रमा अभिनय गरेका थिए । उनले सन् २०१२ देखि निर्देशन थालेका हुन् । जारेडले एकेडेमिक एवार्ड अफ बेस्ट सपोर्टिङ एवार्ड पनि पाएका छन् ।  



७. लोर्डे

७ नोभेम्बर १९९६ मा जन्मिएका लोर्डे न्युजिल्यान्डका नागरिक हुन् । गीति लेखन तथा गायनमा चर्चित लोर्डेको पहिलो एल्बम द लभ क्लब इपी हो । उनका इलेक्टोनिका, पप तथा रक गीतहरू विशेषत: न्युजिल्यान्ड तथा अस्टेलियामा लोकप्रिय छन् ।



८. म्याथेव

अमेरिकी कलाकार म्याथेवको जन्म ४ नोभेम्बर १९६९ मा भएको हो । उनले डेज्ड एन्ड कन्फ्युज, टेक्सस चेन्स म्यासकेयर द नेक्स्ट जेनेरेसन, अ टाइम टु किल, एमिस्टेड, कन्ट्याक्ट, इडीटिभी आदि चलचित्रमा अभिनय गरेका छन् । हास्य कलाकारका रूपमा परिचित म्यथेवले यसै वर्ष इन्टर्सटेलरमा अभिनय गरेका छन् ।  टाइम म्यागेजिनको टाइम १०० मा समेत परेका म्यथेव लोकप्रिय कलाकार हुन् । 



९. एमल अलमुडिन

अधिकारकर्मी तथा वकिल एमलको जन्म ३ फेब्रुअरी १९७८ मा भएको थियो । एमललाई मानवअधिकार, अपराध कानुन, अन्तर्राष्ट्रिय कानुन आदिको विश्लेषक तथा विज्ञ मानिन्छ । उनले गत सेप्टेम्बरमा अमेरिकी कलाकार जर्ज क्लुनीसँग विवाह गरेका छन् ।



१०. डोनाल्ड स्टेर्लिङ 

अमेरिकी व्यवसायी स्टेर्लिङ गुगलमा सर्वधिक खोजीको सूचीमा दसौँ स्थानमा छन् । २६ अप्रिलमा जन्मिएका डोनाल्ड लस एन्जलस क्लिपर्सका मालिक हुन् । प्रोफेसनल बास्केटबल खेलाडी डोनाल्ड रियल स्टेटको विकासमा कार्यरत छन् । उनी तीन सन्तानका अभिभावक हुन् ।
साभार : साप्ताहिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis