पनि थाहा भएन । त्यति हुँदाहुँदै पनि वर्ष-२०१५ मा त्यति नै संख्यामा चलचित्र प्रदर्शन हुँदैछन् । मुभिज अफ हलिउड डटकमले वर्ष-२०१५ मा व्यवसायिक रूपमा सफल हुन सक्ने केही चलचित्रको सूची सार्वजनिक गरेको छ ।
किलर क्रो
प्रदर्शन महिना : डिसेम्बर
कलाकार : सेमुल एल. ज्याक्सन, जेमी फोक्स तथा वेर्सले स्निप ।
निर्देशक : क्वेन्टिन टर्यान्टिनो
रहस्य एवं कौतुहलता बोकेको यो चलचित्रमा दोस्रो विश्वयुद्धताकाको स्थिति चित्रण गरिएको छ । यो चलचित्रले युद्धमा होमिएका दुई दाजुभाइको कथा भन्छ ।
द एड्भेन्चर्स अफ टिनटिन : प्रिजनर्स अफ द सन
प्रदर्शन महिना : टुंगो नलागेको
कलाकार : जेमी बेल तथा एन्डी सर्किस ।
निर्देशक : स्टेवन स्पिलबर्ग
वषार्ंैदेखि लोकप्रिय जासुसी चित्रकथाका पात्र टिनटिनलाई एनिमेसनका माध्यमबाट पर्दामा ल्याउने पहिलो प्रयास निर्देशक स्पिलवर्गले नै गरेका थिए भने यसपटक त्यसको सिक्वेलका रूपमा यो चलचित्र आउने भएको छ ।
एलिस इन बन्डरल्यान्ड
प्रदर्शन महिना : टुंगो नलागेको
कलाकार : जोनी डिप
निर्देशक : जेम्स बबलिन
अंग्रेजी लोककथामा आधारित यो चलचित्रको पहिलो भाग २०१३ मा प्रदर्शनमा आएको थियो र त्यसलाई मन पनि पराइएको थियो । यसपटक भने निर्देशक बबलिनले त्यसको सिक्वेल बनाउने प्रयास गरेका छन्, त्यो पनि हलिउडका महँगा कलाकार जोनी डिपलाई लिएर । यो चलचित्र वर्ष २०१५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।
एन्टम्यान
प्रदर्शन महिना : जुलाई
कलाकार : सिमोन पेग
निर्देशक : एडगर राइट
मार्वल्स कमिक्सका सुपरहिरो कमिला मानव अर्थात 'एन्टम्यान'मा यसपटक चलचित्र नै बनेको छ । माकुरा मानव अर्थात् स्पाइडर म्यानलाई जसरी नै सुपरहिरो एन्टम्यानलाई पनि दर्शकले मनपराउने विश्वास लिइएको छ ।
द एभेञ्जर्स : एज अफ अल्ट्रोन
प्रदर्शन महिना : मे
कलाकार : स्कारलेट जोहान्सन, क्रिस हेम्सवर्थ, जेम्स स्पाडर तथा रोवर्ट डाउने जुनियर ।
निर्देशक : जोस ह्वेडन
वर्ष २०१४ को ब्लकबस्टर चलचित्र 'द एभेञ्जर'को सिक्वेलका रूपमा प्रदर्शन हुने यो चलचित्रमा एभेञ्जर समूहका सुपरहिरोहरूको भिडन्त पृथ्वीलाई सखाप पार्ने अभियानमा लागेका खतरनाक खलपात्रहरूसँग हुनेछ ।
ब्याटम्यान भर्सेज सुपरम्यान
प्रदर्शन महिना : जुलाई
कलाकार : बेन एफलेक, हेनरी काभिल तथा एमी एडम्स ।
निर्देशक : ज्याक स्निडर
दुई प्राइम सुपरहिरोहरूबीचको द्वन्द्व एउटै चलचित्रमा हेर्न पाइने यो अवसरलाई हलिउड समीक्षकहरूले सु-अवसर मानेका छन् । ब्याटम्यान र सुपरम्यान मध्ये को बढी शक्तिशाली भन्ने तथ्य यो चलचित्रमा देखाइएको बताइन्छ ।
बोन्ड २४
प्रदर्शन महिना : अक्टोबर
कलाकार : डेनियल क्रेग, राल्फ फिनर्स तथा बेन विस्सो ।
निर्देशक : साम मेन्डेस
जेम्स बोन्डका शृंखलाहरूको अर्को कडीका रूपमा प्रदर्शनमा आउने यो चलचित्रमा जेम्स बोन्डका रूपमा अभिनय गरिरहेका अभिनेता डेनियल क्रेगलाई नै देख्न पाइनेछ । डेनियलले जेम्स बोन्डका रूपमा अभिनय गरेको चलचित्र 'स्काइफल'ले अपत्यारिलो व्यवसाय गरेको थियो ।
सिन्ड्रेला
प्रदर्शन महिना : मार्च
कलाकार : केट ब्लानसेट, हेलेना बोनहाम कार्टर तथा हेले एटवेल ।
निर्देशक : केनेथ ब्रनाघ
चर्चित फेन्टासी बालकथा 'सिन्ड्रेला'मा आधारित यो चलचित्रमा सिन्ड्रेला र प्रिन्स चार्मबीचको प्रेमकथा चित्रण गरिएको छ । साहसिक दृश्यहरूले भरिएको यो चलचित्र सबै वर्गका दर्शकले रुचाउने विश्वास यसका निर्माताहरूको छ ।
द फेन्टास्टिक फोर
प्रदर्शन महिना : मार्च
कलाकार : जेसिका अल्बा तथा क्रिस इभान्स ।
निर्देशक : जोस ट्रयाङ्स
चार भिन्न शक्ति भएका सुपरहिरोको कारनामाले भरिएको विषयमा योभन्दा अघि नै चलचित्र बनिसकेको भए पनि यसपटक त्यही कथामा केही परिवर्तन गरेर त्यसलाई रिमेक गरिएको छ ।
फाइन्डिङ डोरे
प्रदर्शन महिना : जुन
कलाकार : एलन डेजेनर, अल्बर्ट ब्रुक्स तथा डियाने केटोन ।
निर्देशक : एन्ड्रो स्ट्याटन
समुद्रका रंगीन तर साना माछाहरूलाई पात्र बनाइएको एनिमेटेड चलचित्र 'फाइन्डिङ नेमो' कै अर्को भर्सनका रूपमा प्रदर्शन हुने यो चलचित्रमा 'फाइन्डिङ नेमो'की सबैले रुचाएकी माछा डोरेलाई मुख्य पात्र बनाइएको छ । यो चलचित्र रहस्य एवं रोमाञ्चले भरिपूर्ण छ ।
जुरासिक वल्र्ड
प्रदर्शन महिना : जुन
कलाकार : ब्रेस डालाज होवार्ड
निर्देशक : कोलिन ट्रेभोरो
लुप्त भैसकेका डाइनोसरलाई भिज्युअल इफेक्ट तथा एनिमेसनका माध्यमबाट पर्दामा जीवित पारिएको चर्चित चलचित्र 'जुरासिक पार्क'मा देखिएका यी डरलाग्दा जनावरले अब यो चलचित्रमा संसार ढाक्ने काम गर्ने छन् ।
साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !