यस्तो लाग्छ, आर्यन सिग्देल आफ्नो चकलेटी छवि परिवर्तन गर्न निकै आतुर छन् । नाइकेमा उनी एक्सन भूमिकामा देखिए तर फेल खाए । फिल्म सुपर फ्लप भयो । जसका कारण चुनौती अझ बढेको छ । यही चुनौती चिर्ने प्रयास गर्दै छन्, फिल्म होमवर्कमा । हाल सुटिङ भइरहेको निरक पौडेल निर्देशित यस फिल्ममा उनी दोहोरो भूमिकामा छन् । निर्माण स्रोतका अनुसार आर्यन बाबु र छोरा दुवै भूमिकामा आफैँलाई उतार्दर्ै छन् । तर, अहिलेसम्म उनको बुढ्यौली भूमिका मात्र सार्वजनिक गरिएको छ । फिल्म निर्माणको घोषणा कार्यक्रममा पनि बूढो
भेषमा उपस्थित भएर उनले मिडियाको ध्यान तान्ने प्रयास गरेका थिए । तर, जवान भूमिकालाई भने अहिलेसम्म लुकाइएको छ । र, बूढा आर्यन यतिबेला गौरी मल्लसँग रोमान्स गर्दै छन् । जवान भूमिकामा भने उनलाई नम्रता श्रे ष्ठले साथ दिनेछिन् ।
साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !