CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » "नमस्ते" यो कारणले एक दम फाईदा जनक छ

"नमस्ते" यो कारणले एक दम फाईदा जनक छ

हात मिलाउँदा धेरै रोग सर्न सक्ने औंल्याउँदै विशेषज्ञहरूले स्वस्थ रहन नमस्ते नै राम्रो हुने सुझाएका छन् । चितवन मेडिकल कलेज, स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका प्रिन्सपल प्रा.डा. मुनिराज छेत्रीले भने, 'हात मिलाउँदा एक जनाबाट अर्कोमा थुप्रै प्रकारका रोग सर्ने सम्भावना हुन्छ ।'
विज्ञहरूका अनुसार सामान्य व्यक्तिले साबुन पानीले आफ्नो हात नधोएसम्म मुखसमेत छुनु हुँदैन । एउटा सामान्य व्यक्तिको हातमा दिनहुँ थुप्रै प्रकारको रोग उत्पन्न गर्न सक्ने भाइरस ब्याक्टेरिया जम्मा हुन्छ । 'हाम्रो संस्कृतिमा अभिवादनका लागि नमस्कार गर्ने परम्परा धेरै वैज्ञानिक रहेकाले सम्भावित रोग संक्रमणबाट जोगिन यसलाई पुनः चल्तीमा ल्याउनुपर्छ,' उनले भने ।
हात मिलाउँदा स्वाइनफ्लु, रुघाखोकी, हैजा, झाडापखाला, यौनरोग, इबोला, हेपाटाइटिस ए, ई, बी, सी, लेप्टो इरोसिसलगायत थुप्रै रोग सर्ने प्रा.डा. छेत्रीले बताए । 'आजकल हामी पश्चिमा संस्कृतितिर गइरहेका छौं,' उनले भने, 'तर उनीहरू हाम्रो संस्कृतिमा भएको नमस्कारजस्ता पूर्ण वैज्ञानिक र स्वस्थ प्रक्रिया अपनाउन थालेका छन् ।'
केही वर्षयता अभिवादनका लागि हात मिलाउनेलगायत अँगालो हाल्ने, म्वाइँ खाने चलनसमेत बढ्दै गएको उल्लेख गर्दै बायोमेडिकल रिसर्च साइन्टिस्ट डा. समीरमणि दीक्षितले भने, 'यो अभिवादनको स्वस्थ प्रक्रिया होइन ।'
'अझ एक मिटर नजिकबाट अभिवादन गर्दा मुखबाट नमस्ते भन्नु भएन, हात जोडे नै पुग्छ,' उनले बोल्दा मुखबाट निस्किने पानीका स-साना थोपाले रोगका किटानु बोक्न सक्ने भएकाले धेरै नजिकबाट अभिवादन गर्दा नमस्कार नभनेर हात मात्र जोड्नु स्वस्थ तरिका रहेको बताए ।
'महिलासँगको सम्पर्कले मात्र यौनरोग पुरुषमा सर्ने स्थितिभन्दा पुरुषबाट पुरुषमा हात मिलाएर यौनरोग सर्ने सम्भावनासमेत छ,' डा. दीक्षितले भने, 'पिसाब फेरेर आएका यौनरोगीले अर्को व्यक्तिसँग हात मिलाएपछि ती व्यक्ति तुरुन्त पिसाब फेर्न जान्छन् भने यौनरोग सर्ने सम्भावनालाई नकार्न सकिँदैन ।'
'हात मिलाउँदा एक व्यक्तिको हातमा भएको विभिन्न संक्रामक रोगका किटाणु अर्को व्यक्तिको हातमा सर्न सक्छ,' नेपाल मेडिकल कलेज, सूक्ष्म जीव विज्ञान विभागका प्रा.डा.शिवकुमार राईले भने, 'नमस्ते गर्ने प्रक्रिया अपनाउँदा प्रत्यक्ष सम्पर्कले सर्ने रोगबाट बाँच्न सकिन्छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis