CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क्या ... अनौठो शौख

क्या ... अनौठो शौख

बहुराष्ट्रिय टिएलसी (ट्राभल एन्ड लिजर) च्यानलले हालै अमेरिकामा अनौठो सौख भएका विभिन्न व्यक्तिलाई प्रस्तुत गरेको थियो । तिनैमध्येका केही अनौठा व्यक्ति :



कायान आदिवासी बन्दै : लसएन्जलसकी २९ वर्षीया सिड्नीको सौख वर्माका कायान आदिवासीले घाँटीमा लगाउने पित्तलको रिङ लगाउने हो । उनले अहिलेसम्म १ लाख रुपैयाँ खर्च गरेर १६ वटा रिङ लगाई आफ्नो घाँटीको लम्बाइ ५ इन्च बढाइसकेकी छिन् । उनको लक्ष्य आफ्नो घाँटीलाई १२ इन्च लामो बनाउने छ




सधैं प्लास्टर : १२ वर्षको उमेरमा रोलर स्केटिङ खेल्दा हात भाँचिएर पहिलो पटक प्लास्टर लगाएका केभिन अहिले नभाँचिएको अंगमा पनि प्लास्टर लगाएर हिँड्छन् । २७ वर्षीय केभिनले आफ्नो शरीरमा प्लास्टर गर्न मात्र ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।



परामर्श लिने : टेनिसीकी ४३ वर्षीया मेलिसामा परामर्शका लागि फोन गर्ने लत छ । पछिल्ला ५ वर्षमा उनले परामर्शका लागि फोन गरेर ५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छिन् । परामर्शका लागि फोन गर्दा प्रतिमिनेट ५ सय रुपैयाँ पर्छ । मेेलिसा दैनिक ३ पटकभन्दा बढी फोन गरेर विभिन्न विषयमा परामर्श लिन्छिन् । 



स्प्रे चाख्ने : मिसोरीकी २७ वर्षीया इभ्लीनको वानी एयर फ्रेसनर मुखभित्र हालेर स्प्रे गर्नु हो । उनले सातामा २० वटाजति एयर फ्रेसनर मुखभित्र स्प्रे गरेरै सक्छिन् । इभ्लिनका अनुसार उनलाई त्यसको स्वाद निकै मीठो लाग्छ । चिकित्सकहरूले यसले हानि गर्ने बताए पनि उनले आफ्नो बानी परिवर्तन गर्न सकेकी छैनन् । 

साभार : ईकन्तिपुर् 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis