प्रविधिले मानव जीवनलाई सुविधासम्पन्न र सहज बनाएको छ। तर, केही जटिलता पनि उत्पन्न भएका छन्। प्रविधिका तरंगहरु फैलिरहँदा सम्बन्धका तारहरु चुँडिरहेका पनि छन्। भौतिक दूरी त घटेको छ तर मनको दूरी नि? सामाजिक सञ्जालले कतै मान्छेलाई असामाजिक त बनाइरहेको छैन? भात खाँदा पनि मोबाइलमा ‘क्यान्डी क्रस’ खेलिरहनु, साथीभाइ जमघट हुँदा पनि खेसबुकमा झुन्डिरहनु, खेलौनाको सट्टा अबोध बालकले मोबाइल माग्नु... कतै प्रविधि लत बन्दै गएको त होइन? यी र यस्ता प्रशनको जवाफ खोज्ने प्रयत्न गरेका छन्,डिबी खड्का र प्रकटकुमार शिशिरले।
भनिन्छ– ‘प्रविधिले सिंगो विश्वलाई एउटा सानो गाउँ बनाएको छ।' तर, त्यही प्रविधि त्यो गाउँका सदस्यमाझ सरसंगत र सक्रिय अन्तर्क्रियामा बाधा पुर्याउने बलियो पर्खाल पनि बनिरहेको छ।सामाजिक प्राणी भनिएको मानवलाई प्रविधिले असामाजिक व्यवहारतिर उन्मुख गराइरहेको त छैन? प्रविधिले जीवनलाई जति सुविधाजनक बनाएको छ, त्यति नै जटिल त बनाएको छैन? यी र यस्ता प्रश्नबारे बहस सुरु भइसकेका छन्।
नजिक्याउँदै कि टाढा बनाउँदै?
हामी भनिरहेका हुन्छौँ– प्रविधिले मान्छेहरूलाई धेरै नजिक्याएको छ। तर, के प्रविधिले भौतिक दूरी जति छोट्याउँदै लगेको छ, त्यति नै आत्मीयताको दूरी बढाउँदै गएको त छैन?
काठमाडौ, सिभिल मलस्थित हिमालयन जाभामा बसेर कफी पिइरहेका तीनजनाको ग्रुपलाई हामीले प्रश्न गर्यौँ , ‘प्रविधिले नजिक्याउँदै छ वा टाढा बनाउँदै छ मान्छेहरूलाई?' तीनजनाकै समान उत्तर थियो, ‘नजिक्याउँदै।' सबैजनाको स्थायी घर सोध्दै हामीले अर्काे प्रश्न गर्यौँ , ‘पछिल्लोपल्ट घर कहिले जानुभएको थियो?' सिन्धुपाल्चोक चौतारा घर बताउने सविन बानियाँले गमेर उत्तर दिए, ‘तिहारमा।' साढे १५ वर्षदेखि काठमाडौँ रहेका उनलाई मोबाइल फोन हात पर्नुअघि कति समयको अन्तरमा गइन्थ्यो? भनेर सोधियो। उनले एकछिन सम्झेर भने, ‘दुई दिनको सार्वजनिक छुट्टी हुनासाथ गइन्थ्यो।' अहिले आमाबुबासँग मोबाइलमा कुरा हुने भएकाले ठूलै काम नपरी घर जानेबारे नसोच्ने उनी बताउँछन्।
आधा घण्टाको त्यो कुराकानीमा त्यही समूहमा रहेका काभ्रे घर बताउने प्रनेश कार्कीले मोबाइलका कारण अन्तिमपल्ट आमाको मुख हेर्न नपाएको दुःखद् घटना सम्भि्कए, ‘आमालाई ज्वरो आएको रहेछ, सबैलाई ज्वरो त हो ठीक भइहाल्छ भन्ने लागेछ। ज्वरो मात्रै आएकाले फोनमा भन्दा पिर पर्ला भनेर भनेनन्। मेडिकलमा चेक गरेर औषधि चलाइएछ। दुई हप्तापछि उहाँ बित्नुभयो। मोबाइल नभएको समयमा म हप्तैपिच्छे घर गइरहेको हुन्थेँ।'
‘खाना खान आउनू,' चाबहिलको चुच्चेपाटी बस्ने जयराम तिमिल्सेनाको फेसबुकमा श्रीमती भावनाको म्यासेज आयो। उनलाई लाग्यो, ‘प्रविधिले कति सहज बनायो है, भान्साबाटै बोलाउन मिल्ने भयो।' उनले खुशी भएर रिप्लाई गरे, ‘खाना पस्किँदै गर।'
यो क्रम दोहोरिन थाल्यो। खान जान्छु भन्ने सोच्दै गर्दा अरूसँग च्याटमा भुलेपछि कहिलेकाहीँ त खान पूरै चिसो हुन थाल्यो। खाना चिसो भएको दिन श्रीमतीलाई झर्किन थाले, ‘बोलाउनुपर्दैन?' उनकी श्रीमती भावनाको गल्ती थिएन। च्याटमै धेरैपल्ट म्यासेज गरिसकेकी हुन्थिन्। खाना चिसो भएकै निहुँमा परेको झगडाले मनमुटाव बढाउँदै लग्यो। झगडा परे पनि तुरुन्तै बोलिहाल्ने यो जोडी इन्टरनेटको दुनियाँमा हराउन थालेपछि दुई दिन नबोल्दा फरक परेन। त्यसपछि बल्ल जयरामले महसुस गरे, ‘रिसाए पनि एक घण्टाभन्दा बढी समय नबोली नबस्ने बूढी दुई दिनसम्म किन बोलिन?' उनले कारण पत्ता लगाए, बूढो नबोले पनि भुल्ने माध्यम फेसबुक छँदै थियो। त्यसपछि उनले बुढाबुढी सँगै हुँदा अनिवार्य काममा बाहेक फेसबुकतिर नदौडिने शर्त राखेका छन्।

रमाइलो कि नरमाइलो?
प्रविधिको विकासले रमाइलो माहोल ल्याएको छ। एकछिन बोर हुनेबित्तिकै सामाजिक सञ्जाल, गेम, गीत वा भिडियोमा रमाउने सुविधा छ। तर, कहिलेकाहीँ यसले रमाइलो माहोलसमेत भड्काइदिने गरेको छ।
एउटा निजी बैंकमा शाखा अधिकृत पदमा कार्यरत रमेश ढुंगेलले केही दिनअघि एउटा पार्टी दिएका थिए। जागिरमा उन्नती भइरहेको अवसर पारेर कलेज जीवनका पाँचजना ‘जिग्री'लाई दरबारमार्गस्थित एक रेस्टुरेन्टमा बोलाएर रमाइलो गर्ने रहर थियो, उनको। कलेज लाइफका दिन सम्भि्कने, सुखदुःख बाँड्ने माहोलको परिकल्पना गरेका थिए। जब जमघट भयो, भइदियो उल्टो। ‘वाइफाई फ्री' भएको रेस्टुरेन्टमा सबैले पासवर्ड मागे, स्मार्ट फोन खोले र आफ्नै संसारमा हराए। मदिराको पेग थप्ने र सितन मगाउने समयमा बाहेक आपसमा कुनै कुरा हुन पाएन। उनले भने, ‘भेट भएपछि बिस्तारै कुरा अघि बढ्दै थियो, एकजनाले वाइफाई पासवर्ड मागे। फेसबुक खोलेर कसैले पोस्ट गरेको जोक पढेर सुनाए। पछि सबैे आ–आफ्नै स्मार्ट फोनमा भुले। उनीहरूलाई आज त्यता नभुलौँ भन्दा कसैले ‘धेरैपछि फलानी च्याटमा छे' भने। कसैले विदेश रहेको आफ्नो भाइ अनलाइन रहेको देखाए। यत्तिकैमा १० बज्यो। ५० हजार रुपैयाँ बिल बेकारमा तिरियो जस्तो लाग्यो।' उनले साथीहरू कलेज जीवनकै जस्तो निकट रहेको ठानिरहेका थिए। भन्छन्, ‘त्यो दिनदेखि साथीहरूलाई फोन गर्न पनि मन लाग्दैन।'
स्मार्ट कि स्टुपिड?
अचेल बसमा होस् या प्रतीक्षालयमा, चोर र बूढी औँला चारदेखि सात इन्चका स्त्रि्कनमा दगुराउने पुस्ता बढिरहेका छन्। तेलको लाइनमा बस्दा मात्र होइन, ट्राफिक जाममा पर्दा समेत मान्छे गोजीबाट स्मार्ट फोन निकाल्न थाल्छन्। अविरल पोखरेल अघिल्लो मंगलवार दिउँसो ‘स्मार्ट' फोनका कारण ‘स्टुपिड' बने। फुर्सद हुनासाथ ‘टेम्पल रन'का लागि मोबाइलको स्त्रि्कनमा औँला कुदाइहाल्नुपर्छ उनलाई। उनी माइतीघरबाट कुपन्डोल जाँदा थापाथलीमा जाममा परेछन्। जाम नखुलुञ्जेल ‘टेम्पल रन'मा कुद्ने योजनामा थिए। उनी मोबाइलको गेममा यति भुलेछन् कि जाम खुलेर अगाडि पूरै क्लियर भइसक्यो, पछाडि गाडीले हर्न चर्काे बजाइरहेका छन्। तर, उनलाई था'पत्तो भएन। ‘ट्राफिक आएर झ्यालमा हेरेपछि मात्रै म अत्तालिएँ, हतार हतार गाडी स्टार्ट गरेर कुदाएँ, सवारी साधन चलाउँदा मोबाइल प्रयोग गरेको भनेर जरिवाना तिर्नुपर्योो, केही मान्छे त नजिकै आएर रमिता हेरिरहेका रहेछन्। लाज पनि लाग्यो,' उनले भने।
क्यान्डी क्रस खुब खेल्छिन्, रोविन शाक्य। उनले २ सय १९ लेबलसम्म पुर्या्इसकिन्। माइक्रोबाट चाबहिल गइरहेकी उनी त्यो क्रस गर्न मरिहत्ते गरिरहेकी थिइन्। उनीसँगै रहेकी साथीले बेला–बेला केही बोल्न खोज्थिन् तर उनलाई मतलब थिएन। प्रश्न गरियो, मोबाइलले तपाईंलाई एक्लाउँदै त छैन? उनले भनिन्, ‘महसुस त हुन्छ तर पनि गेम र फेसबुक नखोली हुन्न।' उनले क्यान्डी क्रसको भूत दिमागमा सवार भएर आफैँले आफूलाई मूर्ख महसुस गरेको एउटा घटना सुनाइन्, ‘केही दिनअघि म बाटोमा गइरहेकी थिएँ। त्यही लाइनमा तीनजना केटा उस्तै ड्रेस लगाएर हिँडिरहेका थिएँ। तीनटैको टाउको ठोक्काइदिउँ जस्तो पो लाग्न थाल्यो। महसुस गरेँ, टाउको ठोकाउँदा यिनीहरू भष्म हुन्छन् होला। पछि सम्भि्कँदा पो हाँसो उठ्यो। कस्ती स्टुपिड म!'

सम्झायो कि बिर्सायो?
मान्छेले स्मरणशक्तिको सट्टा एप्स प्रयोग गर्न थालेका छन्। पानीदेखि औषधिसम्म खान सम्झाउने एप्स निर्माण भएका छन्। अचेल स्मरणशक्तिलाई एप्सले विस्थापन गर्दैछ। एप्सले काम नगरेर दुःख पाउनेको संख्या पनि कम छैन।
ब्लड प्रेसरका बिरामी बानेश्वर बस्ने श्यामशरण गौतम एकदिन मोबाइलकै कारण अभर परे। केही दिनदेखि नियमित औषधि सेवन गरिरहेका थिए उनले। त्यो औषधि सेवनका लागि सम्झाउने उनको मोबाइलमा अलार्म थियो। एकदिन एक्कासि मोबाइल बिग्रियो। उनले भने, ‘अलार्म बजेपछि औषधि खान बानी परेको थिएँ, त्यो दिन त औषधि खानै बिर्सिएछु।'
मोबाइलको अलार्मकै भर पर्दा बानेश्वर क्याम्पस पढ्ने सुमनलाल यादवले बीए दोस्रो वर्षको परीक्षामा एउटा विषयमा आलु खानुपर्योी। उनले सुनाए, ‘सधैँ अलार्मकै भरमा ५ बजे उठ्थेँ। तर, त्यसदिन बेलुका बत्ती आउन नपाई सुतेँ। मोबाइलको चार्ज राती नै सकिएर स्वीचअफ भइगएछ। बिहान ७ बजेदेखि परीक्षामा सामेल हुनुपर्ने, साढे ७ बजे उठेँ। हतार गरेर गएको परीक्षा दिनै पाइनँ।'

सहज कि जटिल?
सबैले जानेको कुरा हो, प्रविधिले हाम्रो समस्याको सहज समाधान निकाल्छ। यसको प्रयोगले हाम्रो दैनिक समस्याको जति समाधान पहिल्याएको छ, त्यति नै व्यावहारिक पक्ष जटिल बनाइदिएको छ।
सामाजिक सञ्जालमा आफन्त र साथीहरू छन्। कुनै कुराले तनावबाट गुजि्ररहेको अवस्थामा अनलाइन देखेर साथी वा परिवारले म्यासेज गर्छ, ‘हाई, के छ खबर?' तुरुन्तै रिप्लाइ गरिन्छ, ‘गुड (राम्रै छ )।' भलो चाहने आफन्त वा साथीहरू ढुक्क हुन्छन्, बेसै रहेछ! यदि भेटमा त्यसैगरी सोधेको भए जवाफमा ‘राम्रै छ' भन्दा पनि पत्याउने अवस्था हुन्थेन। किनभने, भट्नेबित्तिकै आफूभित्र रहेको पिरको प्रतिविम्ब अनुहारमा भल्किन्थ्यो। ‘ठीक छ' भन्दा पनि अर्काे प्रश्न आउँथ्यो, ‘अनुहार किन न्याउरो त?' बाध्य भइन्थ्यो, दुःख बाँड्न। के थाहा ती मान्छेसँग त्यसको समाधान पनि थियो कि वा खोज्थे कि? त्यो नभए ‘दुःख बाँड्दा घट्छ' भन्ने नेपाली उखानै छ। मन हल्का हुनसक्थ्यो।
नर्स सुनीता धिताल भन्छिन्, ‘म त बुझ्नै सकिरहेको छैन। प्रविधिले जीवनलाई सहज बनायो कि जटिल?'
निम्त्याउँदै मनोरोग
यी त प्रविधिले सामाजिक सन्तुलन बिगारेका घटना हुन्। मानसिक सन्तुलनमा प्रविधिले झन् धेरै असर पारिरहेको छ। मनोचिकित्सक डा. रवि शाक्यका अनुसार अहिले प्रविधिले निम्त्याएको मानसिक समस्यालाई ‘महामारी' नै भन्न थालिएको छ। नेपालमा पनि प्रविधिका कारण मानसिक समस्या लिएर डाक्टरकोमा पुग्नेको संख्या बढिरहेको छ। हाल डाक्टरको निगरानीमा रहेका केही घटनाले यसको पुष्टि गर्छन्।
घटना नं १
काठमाडौँकी १५ वर्षीया रश्मी शर्मा एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। पढाइमा अब्बल शर्मामा केही महिनायता देखिएको स्वभावका कारण उनका अभिभावक आत्तिए। पढ्न भनेपछि औधी मन गर्ने छोरीले पढाइमा ध्यानै नदिने र परीक्षामा पनि राम्रो नतिजा नल्याएपछि अभिभावकले छोरीमाथि निगरानी बढाए। रश्मीको पढाइतिर रुचि घट्नुको पछाडिका कारण खोज्दै जाँदा उनका अभिभावकले कारण पत्ता लगाए। उनी त यथार्थभन्दा धेरै परको समाजसँग रम्न थालेकी रहिछन्।
स्कुलबाट फर्किनेबित्तिकै उनी होमवर्क नगरी ल्यापटप खोज्थिन्। सामाजिक सञ्जालमा यति धेरै भुल्थिन् कि उनलाई खाना तथा खाजा खान पनि तीनचार पटक सम्झाउनुपर्थ्यो। रातभर फेसबुक चलाएर बस्ने तर किताब भने फिटिक्कै नपल्टाउने गरेका कारण उनका अभिभावकले उनलाई ल्यापटप चलाउन दिएनन्। घरको इन्टरनेट सेवा पनि बन्द गरिदिए। यसो गर्दा अर्को समस्या आइलाग्यो। रश्मीले ब्लेडले हातको नसा काटेर आत्महत्याको कोसिस गरिन्। बेलैमा अस्पताल पुर्या्उन सकिएका कारण उनको ज्यान जोगिएको छ। तर, उनलाई इन्टरनेट र फेसबुक चलाउने जुन स्तरको नशा लागेको छ, त्यसको उपचारका लागि भने अझै केही समय लाग्ने डा. शाक्य बताउँछन्।

घटना नं २
एक निजी पोलिक्लिनिकमा म्यानेजरको भूमिकामा रहेका ५० वर्षीय रमेश सापकोटाको तरिका देखेर सहकर्मी हैरान हुन्थे। उनको काम पोलिक्लिनिकको व्यवस्थापन सम्हाल्नु हो। तर, उनी अफिस पुग्नेबित्तिकै कम्प्युटर अन गरेर सीधै स्टक एक्सचेन्जको ‘अप एन्ड डाउन' हेर्न थाल्छन्। यो काम उनी दिनभर गर्छन्। आफूले गर्नुपर्ने नियमित काम पनि नगरी उनी एक्सचेन्जको अपडेटमात्र हेरेर बस्छन्। उनको कार्यकक्षमा कामकै सिलसिलामा कोही पस्यो भने झर्किने गर्छन्। उनी पनि हाल डा. शाक्यको निगरानीमा उपचार गराइरहेका छन्।
घटना नं ३
१४ वर्षीय एक किशोरको बानी पनि अचम्मको छ। मोबाइल फोन पाउनेबित्तिकै जो कोहीलाई अश्लील म्यासेज पठाउने गर्छन्। म्यासेज पठाएनन् भने मोबाइलमा आँखै झिमिक्क नगरी गेम खेलिरहेका हुन्छन्। कि गेम कि अश्लील म्यासेज! उनको यो बानी छुटाउन अभिभावकलाई निकै गाह्रो परिरहेको छ। ती किशोरको अहिले मनोचिकित्सको निगरानीमा उपचार सुरु गरिएको छ।
भर्चुअल सेक्स कुलत
प्रविधिले मान्छेको सामीप्य खोस्दै लगेको छ। यसको प्रभाव घर, कार्यालय, खेल मैदान, बस स्टप, सपिङ मल, सिनेमा घर, जन्ती, मलामी जहीँतहीँ परेको छ। हुँदा–हुँदा बेडरुमको रोमाञ्चसमेत बिगारिदिएको छ।
साउदी अरबमा पाँच वर्ष गाडी चलाउने काम गरेर फर्केका ३५ वर्षीय शैलेन्द्र बस्नेतलाई मोबाइल वा कम्प्युटरको स्त्रि्कनमा पोर्न भिडियो हेरेर यौनको मज्जा लिने लत लागेको छ। उनी हालसम्म अविवाहित छन्। बिहेका लागि उनका परिवारले धेरै ठाउँमा कुरा चलाए। तर, शैलेन्द्र मान्दैनन्। उपचारमा संलग्न डाक्टरका अनुसार उनलाई ‘भर्चुअल सेक्स भन्दा रियल सेक्स'मा कम इन्जोय हुने धारणाले ग्रस्त पारेको छ। त्यसकारण उनी परिवारसँग भन्छन्, ‘बिहे गर्न मन छैन।' बस्नेत इन्टरनेट सुविधा भएको ठाउँ भेट्नेबित्तिकै पोर्नोग्राफीमा लिप्त हुन्छन्। अत्यधिक पोर्नोग्राफी हेर्ने र त्यहीमार्फत आफ्नो यौन चाहना पनि पूरा गर्ने गरेका कारण उनलाई बिहेमा इच्छा नभएको उनको उपचारमा संलग्न मनोचिकित्सक बताउँछन्। पोर्नोग्राफी हेर्ने उनको बानी लतमा परिणत भएको छ।

बिग्रिँदैछन् बच्चा
बच्चालाई फकाउनुपर्यो वा सम्झाउनुपर्योउ भने खेलौना, चकलेट वा यस्तै केही दिने प्रचलन हट्दै गएको छ। लोरी गाएर सुताइने बच्चाको हातमा मोबाइल दिएर अलमलाउने प्रवृत्ति बढ्दो छ। एक अध्ययनका अनुसार ग्याजेटले बच्चाको दिमागमा नकारात्मक असर पुर्यााउने गर्छ। मोबाइल, ट्याब, ल्यापटप, क्यामेरा इत्यादिबाट निस्किने रेडियसनले बच्चाको दिमागलाई असर गर्ने गरेको उक्त अध्ययनले देखाएको छ। बच्चाको दिमाग अति नै संवेदनशील हुने भएकाले रेडियसन वयस्कभन्दा बच्चामा छिट्टै हाबी हुने गर्छ ।
जर्नल अफ माइक्रोस्कोपी एन्ड अल्ट्रास्ट्रक्चरमा प्रकाशित उक्त रिपोर्टले गर्भवती महिलाका लागि पनि ग्याजेट हानिकारक भएको बताएको छ। महिलालाई सचेत गराउँदै भनिएको छ, ‘खल्तीमा मोबाइल राख्नाले भ्रूण नष्ट हुन सक्ने भएकाले महिलाहरू यसतर्फ सचेत हुन जरुरी छ।'
प्रविधिले उपलब्ध गराएका खेलहरूसँग बालापन बित्ने भएकाले उनीहरूमा मोटोपन बढ्ने, भविष्यमा एकलकाँटे तथा हिंस्रक हुने सम्भावना बढ्दै जाने विभिन्न अनुसन्धानले निष्कर्ष निकालेका छन्।

दैनिक जीवनमा प्रविधि
निश्चल बस्नेत, निर्देशक
प्रायः काम मोबाइलबाटै गरिन्छ। फेसबुक मोबाइलबाटै चलाउँछु। कहिलेकाहीँ अल्छी लाग्दा क्यान्डी क्रस, कार रेसिङ, क्विज जस्ता गेम पनि खेल्छु।
सत्यराज आचार्य, गायक
दिनमा दुई घण्टा जति मोबाइल चलाउँछु। मोबाइलमा भाइबर, फेसबुक, स्काइप, ट्यांगो, युट्युब चलाउने गर्छु। फुर्सदमा टेम्पल रनलगायत गेम खेलिन्छ।
हेमराज बीसी, निर्देशक
फोनबाहेक भाइबर, फेसबुक, ट्वीटर र न्युज अपडेटका लागि मोबाइल चलाइन्छ। घरमा खाली भएका बेला क्यान्डी क्रस खेल्छु।
जितु नेपाल, हास्य कलाकार
बाहिर हुँदा र फुर्सदका बेला नेट चलाउँछु। मोबाइलमै भिडियो, फेसबुक, न्युज पनि हेर्छु। घरमा पुगेपछि भने मोबाइल र ल्यापटपदेखि टाढै हुने प्रयास गर्छु।
डीजे राजु
इमेल, समाचार र म्युजिक एप्लिकेसनका लागि बढी मोबाइलको प्रयोग गर्छु। दिनमा करिब आठनौ घण्टा ल्यापटपमा बिताउँछु। ग्राफिक्स डिजाइनिङ पनि गर्ने भएकाले ल्यापटप बढी चलाइन्छ।
रीमा विश्वाकर्मा, अभिनेत्री
लगभग सबै काम मोबाइलबाटै हुन्छ। इन्टरनेट चलाउन र कामको सेड्युलका लागि मोबाइलको प्रयोग गर्छु। प्रत्येक आधा–आधा घण्टामा नेटमा अपडेट भइरहन्छु। घरमा आएर महŒवपूर्ण फाइल डाउनलोड गर्न ल्यापटप प्रयोग गर्छु।
अशिष्मा नकर्मी, अभिनेत्री
फेसबुक र क्यालेन्डर हेर्न मोबाइल चलाउँछु। इन्स्टाग्राम र भाइबर बढी चलाइन्छ। टेम्पल रन र क्यान्डी क्रस पनि खेलिन्छ।
शिल्पा पोखरेल, अभिनेत्री
मोबाइलमा फेसबुक चलाउँछु। गेममा क्यान्डी क्रस र टेम्पल रन बढी खेल्छु।
अञ्जु पन्त, गायिका
मोबाइलमा भाइबर, ट्वीटर र फेसबुक चलाउँछु। फेसबुकमा धेरै कुरा आउने भएकाले दिनमा एक पटक हेर्छु। युट्युब बढी हेर्छु। पहिला क्यान्डी क्रस खूब खेल्थेँ। अहिले त वाक्क लागेर डिलिट गरिदिएँ।
प्रस्तुतिः विश्वास

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !