CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » विदेशी क्यासिनोमा करोड हार्दै नेपाली

विदेशी क्यासिनोमा करोड हार्दै नेपाली

काठमाडौं : नेपालमा क्यासिनो खेल्न नेपाली नागरिकलाई अनुमति नहुँदा वार्षिक करोडौं रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ। एक क्यासिनो व्यवसायीका अनुसार सन् २०१० मा सिंगापुरमा १४ हजार नेपाली क्यासिनो खेल्न गएका थिए।
 
यो तथ्यांकले नेपालीलाई असहज भएको भन्दै त्यसयता तथ्यांक निकाल्न छाडिए पनि वार्षिक हजारौं नेपाली क्यासिनो खेल्न सिंगापुर, भारत, श्रीलंका, मकाउसहितका देशमा पुग्ने गरेको क्यासिनो व्यवसायी बताउँछन्। 
 
क्यासिनो व्यवसायीका अनुसार हाल भारतको गोवामा दैनिक १५/२० जना नेपाली क्यासिनो खेल्न पुग्ने गरेका छन्। गोवामा रहेका एक नेपालीसँग टेलिफोन सम्पर्क गरी अन्नपूर्णकर्मीलाई सुनाइएको प्रत्यक्ष कुराकानीमा आइतबार चारपाँचजना नेपाली क्यासिनो खेलिरहेका थिए। 
 
गोवामा शनिबार काठमाडौंको बौद्ध बस्ने एक नेपालीले एक करोड रुपैयाँ क्यासिनोमा हारेको ती नेपालीले व्यवसायीसँगको कुराकानीका क्रममा बताए। 
 
नेपालका क्यासिनोमा नेपालीलाई प्रवेश नदिएपछि बाहिर गएर खेल्ने नेपालीको संख्या हरेक वर्ष बढिरहेको व्यवसायीको दाबी छ। 
 
सरकारले क्यासिनो खेललाई व्यवस्थित गर्न नसक्दा वार्षिक करोडौं रुपैयाँ बिदेसिने गरेको छ। 
साभार : अन्नपुर्ण पोस्ट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis