प्रेम जहिल्यै पनि उत्सवमय हुन्छ। प्रेमीहरूका लागि प्रेम गर्न हरेक दिन नै स्वर्णिम अवसर हो। तर पनि प्रणय दिवसले प्रेम जीवनमा अनेकन राग र झंकार बजाइदिन्छ। प्रेमको चमकले नै जिन्दगी चम्काइदिन्छ। विपना, सपना र कल्पनाभरि राताम्य गुलाबहरूको बर्सात गरिदिन्छ। दिवसकै प्रभावले सहर–बजारतिर राखेका महँगा फूल किनेर प्रेमी–प्रेमिकाले एक–अर्कालाई उपहार दिने गर्छन्।प्रेमको निम्ति बलि चढेका भ्यालेन्टाइनको नाममा मनाइने प्रेम दिवसले युगल जोडीलाई अझ नजिक पुर्यािउँछ। प्रेमको महŒव बु‰नेलाई यो दिन विशेष हर्षको दिन बन्छ।
अन्धो भएर पनि धेरै परसम्म देख्न सक्ने 'प्रेमको आ"खालाई गुलाबको का"डाले घोचेर फुटाइदिएपछि यसको दृष्टि गुमेको हो' भन्ने मान्यता छ। त्यसैले संसारमा आ"खा नभई पनि देख्न सक्ने चिजको रूपमा प्रेमलाई लिइन्छ। हामीलाई थाहा नै छ, प्रेमले हाम्रो उजाड जिन्दगीमा रङ भरिदिन्छ। खुसीको इन्दे्रणी अन्तस्करणभरि छरिदिन्छ। प्रेममा परेपछि जिउँदै स्वर्गको द्वार खुलिदिन्छ र त्यसको अद्भूत झलक हेर्न पाइन्छ। यसकै शक्तिको प्रभावले सायद प्रेमी–प्रेमिका गीत, कविता, सायरी या अन्य माध्यममार्फत स्वर्गमै पुगेको बयान गरिरहेका हुन्छन्।
मुटुलाई प्रेमस"ग तुलना गरेर परिभाषित गरिन्छ भन्ने हामी सबैलाई थाहा छ। त्यसैले यसलाई प्रेमको निवासस्थान भनिन्छ। प्रेमी–प्रेमिकाले प्रेमपत्र लेख्दा कागजका कुनै भागमा मुटुमा वाण हानेको चित्र बनाउने गर्छन्। कसैले जानेर बनाउ"छन् तर धेरैले नजानी। प्रेमका देवता क्युपिडले साइकीको मुटुमा वाण हानेर आफूतिर ध्यानाकर्षित गरेपछि सुरु भएको उनको प्रेमयात्रा अनेकन मोड पार गरेपछि सफल भयो। आफू पनि प्रेम गर्न माहिर रहेका क्युपिडले दुई अपरिचित महिला र पुरुषको मुटुमा वाण हानेर एक–अर्कास"ग नजिक बनाएपछि प्रेमको जालमा फसाइदिन्थे रे। धेरै समयअघिको क्युपिड र साइकीको कथा अहिलेको सन्दर्भमा पनि जीवन्त रुपमा लागू भइरहेझैं लाग्छ।
प्रेमले जात, धर्म, उमेर सम्पति आदि हेर्दैन भन्ने आदर्शको पंक्ति त सर्वविदितै छ। किनकि चोखो प्रेम नियमको चौघेराभित्र थुनिएर पूर्ण बन्न सक्दैन। प्रेमको मामिलामा क्युपिडको धनुषवाणको प्रसंग बिल्कुल सान्दर्भिक साबित हुन्छ। पहिला–पहिला मागीबिहे गर्ने चलन हु"दा पनि प्रेम विवाह गर्नेहरूको कमी थिएन। आजकाल त अझ सञ्चार सुविधाको समय छ। मागी बिहेभन्दा प्रेम विवाहले नै ज्यादा प्रश्रय पाउन थालेको छ। प्रेमले दिन प्रतिदिन आधुनिक रूप लिइरहेको छ। आफ्नै मिल्दो जात, कुलका पुरुष या युवतीस"ग मात्रै विवाह गर्नुपर्ने परम्परा क्रमशः तोडिँदै आएको छ।
'प्रेमको स्पर्शले हरेक कवि बन्न पुग्दछन्' भन्ने अरस्तुको भनाइझैं प्रेमले मानिसलाई कल्पनाशीलको साथसाथै सिर्जनशील बनाउ"छ। यसले जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ। शरीरको भोक खानेकुराले मेटेझैं, दिमागको भोक शिक्षाले मेटेझंै मनको भोक केवल प्रेमले मात्र मेट्न सक्छ। आमाबाबुको प्रेम, दाजुभाइ र दिदीबहिनीको प्रेम, साथीभाइको प्रेम, श्रीमान्–श्रीमतीको प्रेम जिन्दगी जिउनका लागि अत्यावश्यक छन्। प्रेमको भोकमा तड्पिएको मान्छे निराशाले भरिपूर्ण हुन्छ र शून्यताको महसुस गर्छ। जसको अभाव उसको पूरै जिन्दगीमा खड्किरहन्छ।
रहस्य र रामरमितामय प्रेमलाई जति नै अर्थ्याउन र परिभाषित गर्न खोजे पनि अधुरो नै रहन्छ। सन्दर्भपिच्छे प्रेमलाई फरक–फरक तरिकाले परिभाषित गर्छन् मानिसहरू। प्रेम सफल हुनेहरूले यसलाई आनन्दको सागर भनी व्याख्या गर्छन्। असफल हुनेहरूले पीडाको सागर भन्ने गर्छन्। कसैको जिन्दगीमा यो बहार बनेर आउ"छ भने कसैको जिन्दगीमा भुइ"चालो। जेसुकै भए तापनि प्रेमले किसिम–किसिमले मानिसको मनमुटुलाई छोएको हुन्छ।
कसैको मुटुमा वाण हानेर क्युपिडले कतै गुलाब फुलाउ"छन् त कतै का"डाको भागीदार बनाइदिन्छन्। यो क्युपिडको कमालको कलालाई हामीले सहनबाहेक केही गर्न सक्दैनौं। अल्पायुमै प्रेमी या प्रेमिका बितेर जिन्दगीभर एक्लै जिउनेहरू पनि छन्। उनीहरू सम्झनाको सहारामा एक्लो जिन्दगी बा"च्न सम्झौता गरिरहेका हुन्छन् ताकि अर्को व्यक्तिको आगमनले त्यो सम्झनामा खलल नपुर्याएओस्। एकस"ग विपत्तिमा छुट्नुपरेपछि एक्लै बा"च्न नसकेर अर्को साथीहरूको खोजी गर्नेहरू पनि छन्। यो दुनिया"मा रङरङका मायालु छन्।
'प्रेम' नाम एउटै भए पनि यसको रूप विविधताले भरिपूर्ण हुन्छ। यसका अनेक आयाम हुन्छन्। यसले कतै आनन्दको मधुमास छर्छ त कतै वेदनाको आभास भर्छ। यो अदृश्य छ तर सारा संसार यसमै टिकेको छ। दुखद र सुखद अनुभूतिमा लुकामारी खेल्ने यो जादुको पुञ्ज हो भन्दा अतिशयोक्ति नहोला। सृष्टि रहुन्जेलसम्म यसको अन्त्य छैन। प्रेमलाई कसैले ईश्वर मानेर पूजा गर्छन् कसैले आफ्नो राक्षसी कार्यमा यसको दुरूपयोग गर्छन्। असफलतालाई सहन नसकेर प्रेमी–प्रेमिकाले एक–अर्काको हत्या गरेको घटना पनि हामीले देखेका, सुनेका र पढेका छौं। प्रेममा प्राप्तिमात्र नभएर त्यागको पनि अहम् भूमिका हुन्छ भन्ने कुरा नबुझ्नेहरूले यस्तो गल्ती गर्छन्। जुन समाजको शान्ति र सौम्यतामा खलल पुर्या्उने कार्य हो।
क्षणमै ह"साउने र क्षणमै रुवाउने चमत्कारले भरिपूर्ण प्रेमलाई गम्भीर अर्थमा बुझ्नेहरूले विश्व इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखेका छन्। वर्षौंवर्षसम्म पनि उनीहरूको नाम उदाहरणको रूपमा लिइन्छ। रोमियो–जुलियट, लैला–मजनू, शिरी–फरहाद आदि।
कुनै पनि नियम र सूत्रलाई परिपालन नगर्ने प्रेम हाम्रो लागि भगवान्झैं सम्माननीय छ। अरू चिज बाँड्दा सकिन्छ तर प्रेम जति बाँड्यो त्यति बढछ। प्रेम मृगतृष्णा हो जुन जहिल्यै तिर्खाको रूपमा उपस्थित हुन्छ तृप्तिको रूप लिन सक्दैन। प्रेम हाम्रो निम्ति अमृतझै मिठो र दुर्लभ छ। प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण तत्व भएकाले सायद कवि, चित्रकार, कलाकारले यसको आफ्नै किसिमले गुनगान गरेका छन्। उनीहरूले आफ्नो कलाकृतिमा यसलाई विशेष स्थान दिएका छन्।
जसरी जूनविना ताराको अस्तित्व छैन, जसरी धर्तीविना आकाशको अस्तित्व छैन, जसरी फूलविना भमराको अस्तित्व छैन त्यसरी नै प्रेमविना जीवनको अस्तित्व छैन। नदेख्नेगरी सर्वत्र छाएको यो कदम–कदममा हामीलाई पछ्याइरहेको हुन्छ। हामी यसबाट भागेर कतै पनि लुक्न सक्दैनौ।
यसपालिको प्रणय दिवसलाई खुल्ला दिलले हा"सीखुसी मनाऔं। अरूलाई प्रेम गर्न सिकौं जसको फलस्वरूप हामीले पनि प्रेम नै पाउ"छौ। सबैलाई प्रेममय दृष्टिकोणले हेरौं र प्रेम बाँडौ अनि यो दिवसलाई भव्यताका साथ सफल पारौं।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !