CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » चकलेटीको चर्चा र पूर्वप्रेमिकासँग गुनासो

चकलेटीको चर्चा र पूर्वप्रेमिकासँग गुनासो

चकलेटीको चर्चा


भुलभुलैया रिलिज हुनुअघि फिल्मवृत्तमा जीवन लुइर्ंटेल र नीता ढुंगानाको मात्र चर्चा थियो, यही फिल्मका अर्का हिरो सोहित मानन्धरलाई कसैले वास्ता गरेका थिएनन् । यद्यपि, रिलिजका बेला जीवन अमेरिकामा भएकाले सोहितलाई अगाडि बढाउनु निर्माण पक्षको बाध्यता मात्र थियो । तैपनि, उनलाई जीवनले ओझेलमा  पार्ने अड्कल गरिएको थियो । यसअगाडि विकास आचार्य निर्देशित रिदममा पनि यस्तै भएको थियो । तर, रिलिजपश्चात् जीवनभन्दा सोहितको प्रशंसा गर्ने धेरै भेटिए । योगेश घिमिरे निर्देशित यो फिल्ममा सोहित नीताका जोडीका रूपमा देखिएका छन् । फिल्मबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनले आफू चकलेटी  भूमिकामा जम्ने विश्वास व्यक्त गरेका छन् । 






पूर्वप्रेमिकासँग गुनासो


सविन श्रेष्ठ अभिनीत फिल्म हबल्दार सुन्तली २७ चैतमा रिलिज हुँदै छ तर उनलाई फिल्मको प्रमोसनले भन्दा पूर्वप्रेमिकाको चिन्ताले बढी सताउन थालेको छ । पूर्वप्रेमिका नम्रता झाले आफ्ना बारेमा नानाथरी भन्दै हिँडेपछि यी चकलेटी हिरोको मन खिन्न भएको हो । त्यसैले त फेसबुकमा आफ्नो मनको बह पोखेका  छन् । नम्रतालाई सम्बोधन गर्दै सविनले लेखेका छन्, 'हाम्रो ब्रेकअप भएको दुई वर्ष बित्नै लाग्यो । मेरो जीवनमा हस्तक्षेप नगर ।' उनले आफूले मिहिनेत र संघर्षले सफलता पाएको भन्न पनि छुटाएका छैनन् । नम्रताले सविनलाई आफूले सफल बनाएको भन्दै हिँडेपछि सविन यस्तो गुनासो पोख्न बाध्य भएको बताइन्छ ।  भलै नम्रताको प्रतिक्रिया आइसकेको छैन तर स्ट्याटसमै सही, सविनले सहानुभूति पाएका छन् ।


साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis