CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गुन्डालाई अढैया दशा

गुन्डालाई अढैया दशा

गुन्डालाई अढैया दशा
वर्ष २०७१ संगठित आपराधिक गतिविधिमा सक्रियहरूका लागि अफापसिद्ध भयो। रकम असुली, अपहरण र हत्याजस्ता आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरू कोही मारिए, कोही जेल पुगे भने कोही नेपालमा टिक्न नसकेर विदेशिए। नेपालमै बसेकाहरू निष्त्रि्कय भए, कोही वैकल्पिक पेशातिर लागे।

रकम असुलीको धन्दामा जमेका रामेछापका सुजन पौडेल उर्फ रमेश बाहुन भारतमा गएर विधायकको संरक्षणमा बस्दा समेत पक्राउ पर्नबाट जोगिन सकेनन्। नेपाली सेनाको रेञ्जन गणको जागिर छाडेर आपराधिक यात्रा सुरु गरेका उनी अवैध हातहतियार र जबर्जस्ती रकम असुलीका घटनामा प्रहरी खोजीको उच्च प्राथमिकतामा थिए।

उपत्यकामै रहँदा पनि छापामार शैलीको दैनिकीबाट प्रहरीबाट जोगिँदै आएका उनी ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेर मार्ने प्रयास असफल भएपछि पक्राउबाट जोगिन भारत पुगेका थिए। बाहुन लखनउमा रहेको सूचना आएपछि काठमाडौँबाट गएको प्रहरीको विशेष टोलीले जाल बुनेर उनलाई असारमा नेपाल भित्याएर पक्राउ गर्योा।

संगठित अपराधमा प्रहरीको पक्राउको सूचीमै रहेको बेला नेकपा एमालेमा प्रवेश गरी बलियो राजनीतिक छत्रछाया पाएका उनी पक्राउ परे पनि तत्काल जेल नपर्नसक्ने निष्कर्ष निकाल्दै प्रहरीले बाहुनको आतंकको अन्त्यका लागि गोप्य रूपमा सफाया रणनीति बनाउँदै पक्राउको एक सातासम्म लुकायो। एमालेको महाधिवेशन मुखैमा थियो। प्रहरी महाधिवेशन सकिने समय कुरेर बसेको थियो। बाहुन पक्राउ परे पनि उनीसँगै लखनउमा बस्ने अर्का सहयोगी फुत्किएका थिए। प्रहरीले जति गुपचुप राख्ने प्रयास गरे पनि बाहुन पक्राउको सूचना चुहियो। प्रहरीले पक्राउको जानकारी लुकाएर राख्न सकेन।

असार १२ गते महानगरीय प्रहरी परिसर काठमाडौँले विज्ञप्ति जारी गरेर उनी कलंकी खसीबजारमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ परेको विवरण सार्वजनिक गर्योँ। विज्ञप्तिमा 'बाहुनसँग हुलिया मिल्ने व्यक्ति देखेपछि शंका लागेर नियन्त्रणमा लिएर उनको नाम, थर, वतन सोधपुछ गर्दा उनले आफू दुरागाउँ गाविस वडा नं ७ बस्ने रमेश बाहुन भन्ने सुजनकुमार पौडेल हुँ भनेर परिचय दिएकोु दाबी गरियो। प्रहरीले बाहुनसँग २८ ग्राम खैरो हेरोइन र पेस्तोल फेला परेको दाबी गर्योद। बाहुन अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन्।

बाहुन पक्राउ परे पनि अर्का नामुद दिनेश अधिकारी चरी स्वतन्त्रै थिए। ललितपुरकै घटनामा जोडिएका चरी बाहुनझैँ कहिले नेपाल, कहिले भारतमा लुक्दै बसिरहेका थिए। एमालेको प्रत्यक्ष राजनीतिक संरक्षण प्राप्त उनलाई पक्राउ गर्न प्रहरीले अनेक जुक्ति निकाल्दासमेत चरी प्रहरीको पिँजडामा परेनन्।

बाहुनको सफायाका लागि बनेको योजना आखिर चरीमा आएर कार्यान्वयन भयो। २१ साउनमा धादिङ र काठमाडौँको सीमा भीमढुंगाको सामुदायिक वनको सडकमा चरी मारिए। प्रहरीले 'शंका लागी सीतापाइलादेखि प्रहरीले पिछा गरेको र सो सामुदायिक वनमा पुगेपछि उनले मोटरसाइकल रोकी प्रहरी टोलीलाई लक्ष्य गरेर गोली चलाएपछि प्रतिवादमा प्रहरीले चलाएको गोली लागेर मारिएकोु विवरण सार्वजनिक गर्योग।

चरी मारिएपछि एमालेका नेताहरू सार्वजनिक रूपमै प्रहरीको विरोधमा उत्रिए। प्रहरीले योजनाबद्ध रूपमा चरीलाई मारेर मुठभेडको नाटक गरेको भन्दै एमाले नेता राजेन्द्र पाण्डेलगायत नेता आन्दोलन चर्काउनतिर लागे। चरीकी प्रेमिका खुश्बु ओली चरी मारिएको विरोधमा सडकमै उत्रिन्। विषय अदालतसम्म पुगे पनि अहिले सामसुम छ। एमाले नेता पाण्डे चरीको मुद्दा छाडेर मनमोहन अस्पताललाई मेडिकल कलेजको दर्जा दिलाउनतिर सक्रिय भए। जसरी पनि न्याय दिलाउँछु भन्ने प्रेमिका खुश्बु बेलायततिर बरालिन पुगिन्।

बाहुनको पक्राउपछि ललितपुरलाई आधारक्षेत्र बनाएर आपराधको सञ्जाल फैलाउने योजना बुन्दाबुन्दै अर्का गुन्डा नाइके अभिषेक गिरी समूहसहित पक्राउ परे। आपराधिक गतिविधिबाट सम्पत्ति जोडेको केसमा तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनी साउन २२ गते ललितपुर प्रहरीले समूहसहित उनलाई अपहरणको अभियोगमा पक्राउ गर्यो । सरकारी कर्मचारी अच्युतप्रसाद रेग्मीको अपहरण गरी नांगो शरीरमा केटीसँग अँगालो मार्न लगाएर फोटो खिच्दै खुकुरी देखाएर फिरौती रकम मागेको केसमा गिरी पुर्पक्षका लागि थुनामा छन्।

चरीको अन्त्य भएपछि सामाखुसी क्षेत्रका कुमार श्रेष्ठ घैँटेको बसाइ स्वदेशमा भन्दा विदेशमै बढी हुन्छ। चक्रपथका चक्रे मिलन पाँच वर्ष जेल सजाय काटेर बाहिरिएपछि यी दुवैबीच द्वन्द्व बढ्यो। यही बीचमा कुनै समयका आफ्ना चेला चरी मारिएपछि घैँटे सुरक्षित हुन मलेसियातिर लागे। घैँटे विदेशिएपछि सामाखुसी क्षेत्रमा राज गर्दै आएका मनराज गुरुङको 'राजुको आयु लम्बिन सकेन। १२ वर्ष पुरानो रानीबारीमा मारिएका हेमन्त श्रेष्ठ र अञ्जलीको हत्याको अनुसन्धान निचोडमा पुग्दा उनी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परे। सहयोगी प्रमेश चौहानसहित उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।

दरबारमार्ग क्षेत्रका दावा लामा सात महिनादेखि डिल्लीबजार जेलमा छन्। चरी मारिएको एक महिनापछि उनी खैरो हेरोइनसहित पक्राउ परेका थिए। सञ्जिव लामा उर्फ स्याल, संजय डंगोल, दीपक तालुलगायत गुन्डाहरू पक्राउ पर्ने र छुट्ने क्रम जारी छ। क्यासिनोका जुवाडेलाई चर्को दरमा ब्याज लगाएर करोडपति बनेका बलराम सापकोटा बलेको ग्रहदशा बलियै देखियो। २०७१ मा उनले प्रहरीको हिरासत देख्नुपरेन।

अपराध जगतका पुराना खेलाडी दीपक मनाङे दरबारमार्ग क्षेत्रतिर बरालिइरहेका छन्। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको मुद्दा खेपिरहेका उनी धरौटीमा छुटेपछि प्रहरी कार्यालय धाउनुपरेको छैन। बीच फिल्म 'वान वेुको निर्माता बन्दै फिल्म क्षेत्रमा प्रवेश त गरे तर प्रवेश खासै सुखद भएन। अवैध हतियार र लागुऔषधमा पक्राउ परी पाँच वर्ष केन्द्रीय कारागारमा बिताएका चक्रे चक्रपथतिरै देखिन्छन्। बीचमा मकाउ पुगेर फर्किएका उनी चरी मारिनुअगाडि आफ्नो पुरानो समूहलाई एकीकृत गर्ने अभियानमा लागेका थिए। चरीको पतनसँगै उनी प्रत्यक्ष रूपमा आपराधिक गतिविधिमा देखिएका छैनन्।

गणेश लामा पहिचान बदल्ने प्रयास गर्दै वर्षको अन्त्यतिर दैनिक पत्रिकाको प्रकाशक भए। 'जनसवालु दैनिक किनेका उनी ठेक्कापट्टाको धन्दामा सक्रिय नै छन्। मनाङेझैँ अकुत सम्पत्तिको मुद्दा खेपिरहेका उनी धरौटीमा मुक्त भएपछि पक्राउ परेका छैनन्। ललितपुरका मीनकृष्ण महर्जन प्रतिस्पर्धीहरूको सफायापछि ढुक्कसाथ सक्रिय छन्। नेपाली कांग्रेसको दरिलो समर्थन पाएका उनलाई प्रहरीले डेढो नजरले समेत हेर्न सकेको छैन।

अनुसन्धानमा सफल, प्रशासनमा असफल

०७१ मा प्रहरीले अनुसन्धानमा पाएको सफलताले संगठनको साख बढायो। सधैँ प्रहरीको टाउको दुखाइ बनिरहेको रानीबारी हत्याकाण्डको गुत्थी सुल्झाउनेदेखि लिएर सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या रहस्यसम्म पर्दाफास गर्ने काम यही साल भयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बम हत्याको रहस्य सुल्झाउँदै 'मुद्दा हराएको झोकमा बाबु थापाले मारेकोु चुरो खुलायो। बाबुसहितको समूह पुर्पक्षका लागि जेल पुगे।

पाँचजनाको ज्यान जानेगरी दुई वर्षअगाडि जनकपुरमा भएको बम विष्फोटको मुख्य योजनाकार देखिएका सञ्जय साह उर्फ टकला पक्राउ परे। सभासद् र सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेका साहको पक्राउमा प्रहरीले स्याबासी नै पायो। आमाको हातैबाट थुतेर सामाखुसीमा एक बालिका अपहरणमा परिन्। लगत्तै प्रहरीले बालिकालाई अपहरणकारीसँगै स्वयम्भूमा पक्राउ गरेर बहादुरी देखायो।

बम हत्या रहस्य सुल्झाएर वाहवाही पाएको ब्युरोको प्रहरीले लगत्तै अर्को ठूलो सफलता पायो, रानीबारी हत्या घटना अनुसन्धानमा। रानीबारीमा १२ वर्षअगाडि मारिएका श्रेष्ठ दम्पतीको हत्याको रहस्य सुल्झाउन नसक्दा हैरानी पाइरहेको सीआईबीले वर्षको अन्त्यतिर अनुसन्धानलाई सफल बनाउँदै घटनामा संलग्न रहेको भन्दै मनराज र प्रमेशलाई पक्राउ गर्दै 'घरबेटी गीता खड्कालाई मार्ने योजनामा गएका यी दुईले श्रेष्ठ दम्पतीको हत्या गरेकोु विवरण सार्वजनिक भयो। थाइल्यान्डमा अपहरणमा परेका तीन नेपाली युवालाई अपहरणमुक्त गरी अपहरणकारी पक्राउमा सफल संयोजन गरेर प्रशंसित ब्युरोका डीआईजी हेमन्त मल्ल रानीबारी र बम हत्या अनुसन्धानमा सफलतापछि गम्भीर अपराध अनुसन्धानमा सफल नेतृत्वकर्ता बने।

काठमाडौँ, ललितपुर र भक्तपुरका गम्भीर प्रकृतिका अपराध अनुसन्धानको बागडोर सम्हालेको महानगरीय प्रहरी अपराध महाशाखाले पनि एकपछि अर्को घटनाको अनुसन्धान सफल बनायो। दिनेश अधिकारी चरीको इन्काउन्टरबाट काम सुरु गरेका एसएसपी पुष्कर कार्कीले १२ भन्दा बढी खुल्न नसकेका हत्याका रहस्य खुलाए। महाशाखाले सुन तस्करीको जालो तोड्दै तस्करीमा संलग्न हाई प्रोफाइलका व्यापारीलाई पक्राउ गर्योा। संगठित अपराधमा सक्रिय हुनसक्ने आशंकित व्यक्तिलाई निगरानीमा राख्दै निष्त्रि्कय बनायो।

ट्युसन पढ्न गएका दुई किशोरीमाथि भएको तेजाब आक्रमण र असफल अनुसन्धानले हायलकायल भएको महाशाखासहितको प्रहरी कार्यालयले २० दिनको मेहनतपछि तेजाब छ्याप्ने जीवन विकलाई पक्राउ गरेपछि राहत पायो। बारामा छ वर्षीया बालिका पूजा साहको बलात्कारपछि हत्यापश्चात् बालबालिकामाथिका क्रूर अपराधविरुद्ध समाज एकीकृत देखियो। तराईमा 'बेटी बचाऊु अभियानै सुरु भयो।

अनुसन्धानमा पाएको सफलताले बढ्दै गएको प्रहरी संगठनको साखलाई प्रशासनिक विवादले हल्का खिया लगायो। संगठनलाई वैज्ञानिक, पारदर्शी र व्यवस्थित गर्न भन्दै वर्षको प्रारम्भमै आएको नेपाल प्रहरी सम्बन्धी नियमावली, २०७१ अनुसार भएका प्रायः सबै बढुवा विवादित भयो। नियमावलीअनुसार भएको डीआईजीहरूको पहिलो बढुवाबाट सुरु भएको विवादको शृंखलाको अन्त्य भएन, उल्टो झाँगियो। विवादका कारण रिक्त ७ पदमा ९ जनाको बढुवा भयो। एसएसपी, एसपी, डीएसपी सबै तहका बढुवा प्रक्रिया विवादमा तानियो।

सार्वजनिक खरिद प्रक्रियालगायत आर्थिक विषयलाई संगठन प्रमुख उपेन्द्रकान्त अर्यालले सुधारको प्रयास गरे पनि तस्करीको सुनबापतको कमिसनमा भएको गडबडी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सार्वजनिक लेखा समितिसम्म पुग्दा संगठनको वित्तीय स्वास्थ्य पहेँलियो। प्रहरी नागरिकबीचको सम्बन्ध सुधार्न ल्याइएको मुस्कानसहितको सेवा, प्रहरी नागरिक हातेमालो कार्यक्रम प्रभावहीन बन्दा 'सस्तो प्रचारु मै खुम्चियो।

नाममै सीमित अर्धसैनिक बल

अर्धसैनिक बलका रूपमा स्थापित सशस्त्र प्रहरी झिनामसिना काममै समेटियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका संगठन प्रमुख कोषराज वन्तले प्रशंसनीय र उल्लेखनीय उपलब्धि दिलाउन सकेनन् यो वर्ष। सीमा र भन्सारको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र दुवैमा असफल देखियो। भन्सार छली भई स्थलमार्गबाट भइरहेको सुन तस्करी नियन्त्रणमा सशस्त्र जिम्मेवारीअनुसार सक्रिय हुन सकेन। भन्सार चोरी, छली नियन्त्रण, नेपाल–भारत सीमामार्फत हुने अन्तरदेशीय अपराध, लागुऔषध, साना हतियारको कारोबार र तस्करी नियन्त्रणमा सशस्त्र पूर्ण असफल देखियो। प्रहरीको कामको नक्कल गर्दै उपत्यकामा केही हतियार पक्राउ गरेको सशस्त्रको अधिकांश उपलब्धि संगठन प्रमुखको ब्यारेक घुमघाममै खुम्चियो। सुरक्षासँग प्रत्यक्ष जोडिने राष्ट्रिय अनुसन्धान विभागले अन्य वर्षझैँ यो वर्ष पनि आफ्नो निष्त्रि्कयतालाई निरन्तरता नै दियो।

गृहः माफियासँग परास्त

कानुन परिपालना गराउने नेतृत्वकर्ता गृह प्रशासन तस्कर र कालोबजारीमा सक्रिय समूहका अगाडि लाचार देखियो। तस्करी र कालोबजारी नियन्त्रणको जिम्मेवारी गृह प्रशासनकै हो। तर, ग्यासको कालोबजारी हुँदा निरीह बन्यो। कानुनअनुसारको कारबाही प्रक्रियालाई अगाडि बढाउन सकेन। कामअनुसारको समान वृत्ति विकासको अवसरमा चरम हस्तक्षेप गर्र्दै गृह प्रशासनले अन्य संगठन सञ्चालनमा सहयोगी र समन्वयकारी भन्दा स्वार्थप्रेरित भूमिका निर्वाह गरेरै रमायो।

संविधानसभा निर्वाचनका लागि हतियार किन्न भएको स्वीकृतिलाई टेकेर निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेपछि हतियार किन्ने प्रयास गरेर वामदेव गौतमले आफ्नो विवादित छविलाई निरन्तरता दिए। प्रहरी संगठनको एसएसपी तहका प्रहरी अधिकृत आफूलाई भेट्न आएन भन्दै सार्वजनिक मञ्चमा बोलेर उनी हास्यपात्र बने। अध्यागमन सुधारको बहानामा राहदानी जारी गर्ने र आपराधिक तथ्यांकमा पहुँचको अधिकार दिँदै अध्यागमन कार्यालय निजी क्षेत्रलाई दिने गोप्य तयारी छताछुल्ल भयो। प्रहरीले अनुसन्धानका लागि मागेको सामग्री खरिदको साटो पुनः हतियार खरिदका लागि मन्त्री परिषद्मा उनले लगेको दोस्रो प्रयास सफल हुन सकेन। जिल्ला प्रशासन कार्यालय, अध्यागमन, जेल प्रशासन सुधारमा गृहको निष्त्रि्कयता प्रस्टै देखियो। राष्ट्रिय परिचयपत्रको गृहकार्य आर्थिक चलखेलको जालोमा जेलिएको जेलियै भयो।

वर्ष प्रहरी

डीआईजी हेमन्त मल्ल ठकुरी
प्रमुख, सीआईबी

लागुऔषध अनुसन्धानमा लामो अनुभव भएका नेपाल प्रहरीका डीआईजी हेमन्त मल्ल ठकुरी केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा सरुवा भएपछि ब्युरो केही समय सुस्त देखियो। प्रायः प्रशासनिक पाराका ठकुरीको नेतृत्वमा ब्युरो सुस्त देखिनुको कारण केही महिनामै प्रस्टियो। झिनामसिना अपराधका अनुसन्धानको साटो ब्युरो गठनको उद्देश्यबमोजिम उनी गम्भीर प्रकृतिको अपराध अनुसन्धानमा जुटेका रहेछन्। जसको नतिजा भटाभट आउन थालेपछि मल्ल प्रशंसाको केन्द्र बन्न पुगे।

सबैले असम्भव मानेको रानीबारी हत्याको सफल अनुसन्धान, रहस्यमा जेलिएको न्यायाधीश रणबहादुर बमको हत्या योजनाकार पक्राउ, बैंककमा पाकिस्तानी गिरोहको अपहरणमा परेका तीन नेपाली युवाको उद्धार र घटनामा संलग्न नेपालमा रहेका सहयोगी पक्राउ, विवाहको आवरणमा चीनमा नेपाली युवती बिक्री गर्ने गिरोहको पर्दाफास, डान्सरको आवरणमा अफ्रिकी मुलुकमा नेपाली युवती पुर्या एर बिक्री गर्ने गिरोहको पक्राउ आदिले उनलाई वाहवाहीको पात्र बनायो। मल्लको नेतृत्वमा रहेको ब्युरोले एकपछि अर्को अनुसन्धान सफल बनाउँदै लग्यो। मल्ल अहिले उस्तै रहस्यमा जेलिएको परिवारका सबै सदस्य मारिएको बडिखेल हत्याकाण्ड, फादर ग्याफ्ने हत्यामा संलग्नलाई खुलाउन कस्सिएका छन्।

एसएसपी पुष्कर कार्की
प्रमुख, अपराध महाशाखा

जताजता एसएसपी रमेश खरेल, त्यतात्यतै पुग्थे एसएसपी पुष्कर कार्की। खरेल कास्की प्रहरी प्रमुखबाट काठमाडौँ सरुवा भए, खरेलको स्थानमा कार्की पुगे। खरेल काठमाडौँ परिसरबाट सरुवा भए, फेरि कार्की काठमाडौँमै आए। खरेलको सरुवा भए पनि उनको कामको राप नसेलाउँदै आउने कार्कीका लागि तुलनात्मक रूपमा कास्कीको बसाइ सुखद भयो। तर, काठमाडौँको बसाइ सुखद हुन सकेन। कानुन परिपालना र शान्ति सुरक्षा स्थापनामा उल्लेखनीय उपलब्धि पाउनुअगाडि नै करिब पाँच महिनामै उनी काठमाडौँबाट सरुवामा परे।

लामो कसरतपछि उनै कार्की महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखका रूपमा हनुमानढोकाको तेस्रो तलामा आएर नेतृत्व गरेपछि सार्वजनिक चर्चामा आए। महाशाखा प्रमुख भएलगत्तै उनको पहिलो कामले नै उनलाई सामान्य विवादसँगै सार्वजनिक चर्चामा ल्यायो। त्यो थियो– दिनेश अधिकारी चरीको सफाया। पटक–पटक खोज्दासमेत नभेटिएका चरीको भीमढुंगामा भएको इन्काउन्टर उनकै नेतृत्वमा भएको थियो। जानाजान मारेको भन्दै विरोध सुरु भएपछि एमालेको एक वृत्त उनलाई महाशाखाबाट हटाउने ठूलै कसरतमा लागेको थियो। तर, सफल भएन।

अनुसन्धानमा त्यति प्राथमिकतामा नपरेको हत्या घटनाका पुराना मिसिलहरू पल्टाए कार्कीले। रानीबारी, रणबहादुर बमझैँ हाई प्रोफाइल नभई सामान्य नागरिक मारिँदा समेत सफल नभएका यस्तै १२ भन्दा बढी घटनाको रहस्य सुल्झाए। बजारभरि छ्यापछ्यापी तस्करीको सुन हुँदा समेत कसैले चासो नदेखाएपछि कार्कीले सुन तस्करी नियन्त्रणलाई प्राथमिकता दिँदै संगठित रूपमा तस्करीमा संलग्न १३ जनाको टोली नै पक्राउ गरे। दुई महिनामा ५० किलोभन्दा बढी तस्करीका सुन फेला परे। कार्कीले गुन्डा नाइके दावा लामालाई लागुऔषधसहित पक्राउ गरे।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis