CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » बाघको अन्डा

बाघको अन्डा


अन्य देशमा सरकार कति प्रकारको बन्न सक्छ भन्ने जान्न संविधान हेर्नुपर्छ तर नेपालमा चाहिँ नेताको अनुहार हेर्नुपर्छ । ठूला नेताका जुँगा चल्दा जुन जुन सरकारको चर्चा हुन्छ, त्यति प्रकारको सरकार बन्न सक्छ भनेर ठम्याउनुपर्छ ।

पहलमानले के कसरत गर्छ, त्यसभन्दा चर्काे कसरत अहिले एकथरी नेताहरूले ‘राष्ट्रिय सरकार’ बनाउन गरिरहेका छन् । तर, अन्तरिम संविधानभित्र धुइँपत्ताल खोज्दा पनि ‘राष्ट्रिय सरकार’ नामक जिनिस फेला पर्दैन । संविधानमा नभएको ‘राष्ट्रिय सरकार’ कसरी बन्ला ?

कुनै गाउँमा दुई जना नामुद बदमासबीच विवाद भएछ– बाघले बच्चा पाउँछ कि अन्डा पार्छ भनेर । जवाफ खोज्न उनीहरू एक जना
शिक्षककहाँ गएछन् । बच्चा पाउँछ भनेमा एउटा बदमास रिसाउने, अन्डा पार्छ भनेमा अर्काे रिसाउने । शिक्षकले बीचको उपाय निकालेर भनेछन्, ‘बाघ भन्या जंगलका ठूलाबडा हुन्, इच्छा अनुसार कहिले बच्चा पाउँछन्, कहिले अन्डा पार्छन् ।’

हाम्रा नेता पनि ‘ठूलाबडा’ हुन्, यिनले इच्छा अनुसारको सरकार बनाउँछन्, बनेको सरकारलाई इच्छा अनुसारको नाम दिन्छन् । बदमासका अगाडि शिक्षक निरीह भएझैँ हाम्रा ठूलाबडाका अगाडि संविधान निरीह बन्छ ।

हाम्रा ठूलाबडाले बनाउने भनेको राष्ट्रिय सरकार साँच्चै बन्ला कि बाघको अन्डा साबित होला हँ ?

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis