CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » श्रीकृष्ण सम्झिँदै भावविह्वल श्वेता पहिलो पल्ट स्टेजमा (भिडियाेसहित)

श्रीकृष्ण सम्झिँदै भावविह्वल श्वेता पहिलो पल्ट स्टेजमा (भिडियाेसहित)


sweeta Khadra, Actressनायिका श्वेता खड्काले फेरि चलचित्र उद्योगमा फर्किने चाहना व्यक्त गरेकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्रबाट टाढा रहेकी उनले आफूलाई हिम्मत दिन सबैसित आग्रह गरिन् ।
‘म उहाँले जस्तै यो इन्डस्ट्रीमा योगदान दिन चाहन्छु,’ उनले भनिन्, ‘उहाँले मलाई सबै काम तिमीले सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो, सायद चाडै छाडेर जान रहेछ ।’
श्रीकृष्णको वार्षिकीका अवसरमा सोमबार आयोजित कार्यक्रममा श्वेताले भावुक मन्तव्य दिएकी थिइन् । मन्तव्यका क्रममा उनले सबैको मायाले गर्दा आफू एक वर्षपछि हिँड्न र बोल्न सकेको बताइन् ।
‘यो एक वर्षमा मैले एक क्षण पनि उहाँलाई भुलेकी छैन,’ श्वेताले भनिन्, ‘म धेरैभन्दा धेरै काम गरेर उहाँलाई सम्मान दिन चाहन्छु ।’ उनले अगाडि भनिन्, ‘एउटा सामान्य केटीलाई उहाँले धेरै कुरा दिएर जानुभो । म अभागी भएर पनि आज धेरै कुरा पाएकी छु ।’ स्वेताले भनिन्-‘म खड्का थिएा, उहाँले नै मलाई श्रेष्ठको परिचय दिनु भएको छ । सुश्री थिएँ, श्रीमतीको परिचय बनाइदिनु भएको छ । मैले यो क्षेत्रका लागि केही गर्न सकेभने उहााको आत्माले पनि शान्ती पाउनेछ ।’
उनले आफूलाई दुःखमा साथ दिने सबैप्रति पटक-पटक आभार प्रकट गरिन् ।
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis