CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यी अस्पताल र यी डाक्टर बदमास छन् - मेडिकल काउन्सिल

यी अस्पताल र यी डाक्टर बदमास छन् - मेडिकल काउन्सिल

NMC
काठमाडौं – स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अस्पताल र डाक्टर पेसाप्रति इमान्दार नभएको गुनासो सर्वसाधारणबाट व्यक्त भइरहेका बेला नेपाल मेडिकल काउन्सिलले त्यस्ता अस्पताल र डाक्टरको किटानी गरेर उनीहरु विरुद्द कारबाही प्रक्रिया अघि बढाएको छ । जालझेल गर्दै संचालन
भइरहेका देशभरका विभिन्न मेडिकल अस्पताल र त्यसमा काम गर्ने डाक्टरलाई कारबाही गर्न काउन्सिलले एक दैनिक पत्रिकामा विज्ञापन निकालेर प्रक्रिया अघि बढाएको हो ।

काउन्सिलले देशभरका १६ मेडिकल कलेज र त्यसमा काम गर्ने २१२ चिकित्सकहरुले मेडिकल काउन्सिलले पटक–पटक सचेत गराउँदा पनि बद्मासी गरिरहेको भन्दै सम्बन्धित विश्वविद्यालयमार्फत स्पष्टीकरण पेस गर्न सात दिनको समय दिएको छ । काउन्सिलले निकालेको सूचनामा विभिन्न कलेजमा नक्कली फ्याकल्टीहरु काम गर्ने गरेको, काउन्सिलबाट निरीक्षणको बेलामा मात्रै उपस्थित गराउने गरेको, बेड पूर्ण रुपमा खचाखच देखाउन अनावश्यक रुपमा भर्ना गर्नु नपर्ने बिरामीलाई समेत भर्ना गरेको तथा वृद्धा आश्रम लगायतका स्थानबाट नक्कली बिरामी भर्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले यस विषयमा पटक–पटक अनुरोध तथा निर्देशन गर्दासमेत सम्बन्धित कलेजले बेवास्ता गर्ने गरेको र सम्बन्धित विश्वविद्यालयले पनि विषयको गम्भीरतालाई नबुझेको बताएको छ ।
यी हुन् काउन्सिलको सूचीका बद्मास अस्पताल र डाक्टर
काउन्सिलले मंगलबार जारी गरेको सूचनामा देशभरका १६ मेडिकल कलेज र त्यसमा काम गर्ने २१२ चिकित्सकले प्रचलित नियम कुल्चँदै बदमासी गरेको ठहर गरिएको छ । बदमासी गर्ने चिकित्सकहरुमा केही विदेशीसमेत रहेका छन् । उनीहरुले दुई स्थानमा पूर्णकालीन भएर काम गरेको काउन्सिलको अध्ययनबाट खुलेको छ । काउन्सिलको नियमअनुसार एउटा चिकित्सकले दुई अस्पतालमा पूर्णकालीन भएर काम गर्न मिल्दैन । पूर्णकालीन भएर काम गर्ने अधिकांश डाक्टर भारतका रहेका छन् । स्रोतका अनुसार उनीहरुले शिक्षक आवद्दता नेपालमा देखाए पनि काम भारतमै गर्दै आइरहेका छन् ।
काउन्सिलले निकालेको सूचनाअनुसार दुईतिर पूर्णकालीन भएर काम गर्ने धेरै चिकित्सक सिओएमसी मेडिकल कलेज, भरतपुरका छन् । सिओएमसीका ७१ डाक्टरले दुईतिर पूर्णकालीन भएर काम गर्ने गरेको काउन्सिलको अध्ययनमा भेटिएको छ । सिओएमसी कलेजका सञ्चालक डा. भि नटराज हुन् ।
बदमासी गर्ने सूचीको दोस्रो नम्बरमा नोवेल मेडिकल कलेज रहेको छ । नोवेलका ४६ चिकित्सक दुईतिर पूर्णकालीन भएर काम गर्दै आइरहेका छन् । नोवेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा हुन् । यो कलेज बेलाबेला अनेकौ विवादमा पर्ने गरेको छ ।
भैरहवाको युएसओओएस पनि अनियमितता गर्ने मेडिकल कलेजहरुको सूचीमा अग्र स्थानमा देखिएको छ । यो कलेजका ३६ चिकित्सकले दुईतिर पूर्णकालीन भएर काम गरेको भेटिएको छ । खुमा अर्याल सञ्चालक रहेको यो मेडिकल कलेज बदमासी गर्ने काउन्सिलको सूचनाको तेस्रो नम्बरमा छ ।
त्यसैगरी, बिराट मेडिकल, चितवन मेडिकल कलेज, जिएमसी मेडिकल कलेज, पोखरा, कान्तिपुर डेन्टल अस्पताल, काठमाडौं, लुम्विनी मेडिकल, मणिपाल अस्पताल पोखराले पनि दुईतिर पूर्णकालीन भएर काम गरेका चिकित्सक राखेको छ ।
नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, पिपल्स डेन्टल अस्पताल, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र धरानको बिपीकेआइएचएस मेडिकल कलेज पनि बदमासीको सूचीमा छन् ।
यस्तो छ दुईतिर पूर्णकालीन हुनुको कारण
मेडिकल क्षेत्रमा दुईतिर पूर्णकालीन भएर काम गरेको देखाइने रोग पुरानै हो । मेडिकल क्षेत्रका जानकारहरुका अनुसार मेडिकल कलेज र अस्पतालमा प्रोफेसर र डाक्टरको संख्या धेरै देखाउनका लागि नेपालका मेडिकल कलेजहरुले लामो समयदेखि यस्तो अभ्यास गर्दै आइरहेका छन् ।
आफ्नो मेडिकल कलेजको प्रोफेसर र डाक्टर भनेर उल्लेख गरिने अधिकांश चिकित्सक भारतबाट शुल्क तिरेर ल्याइने चलन नेपालको मेडिकल शिक्षाको साझा चलन भएको मेडिकल शिक्षा क्षेत्र बुझेकाहरु बताउँछन् ।
123456








































































































































































































































































साभार : रातो पाटी 
http://www.ratopati.com/photo-news/5248/


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis