CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हिन्दी टिभीले नेपालबाट के लान्छन्, के भित्र्याउँछन् ? कसरी बिगार्छन ? (नेपालीले पढ्नै पर्ने )

हिन्दी टिभीले नेपालबाट के लान्छन्, के भित्र्याउँछन् ? कसरी बिगार्छन ? (नेपालीले पढ्नै पर्ने )

indian-tv-channels

नेपालका गृहिणी र वालवालिका बिगार्दै पैसा ओसार्दै ... पढ्नुस कसरी 

काठमाडौं । भारतीय टीभी च्यानलहरु नेपालमा केही दिन रोकिँदा लैनचौरदेखि दिल्लीसम्म छटपटी पैदा भयो । सञ्चारमन्त्री मिनेन्द्र रिजालले तत्कालै भारतीय च्यानलहरु सुचारु गर्न मन्त्रालयमार्फत् निर्देशन दिए ।
किन भारतीयहरु नेपालमा हिन्दी च्यानल एक क्षण पनि रोकिएको हेर्न चाहँदैनन् ? यसमा धेरै कारण छन्, जुन मूलतः आर्थिक र सांस्कृतिक पक्षसित जोडिएका
छन् ।
पहिले आर्थिक पक्षको चर्चा गरौं
नेपालको विज्ञापन बजार सानो छ । भारतीय टीभी च्यानलहरुले गर्दा यो अझै संकुचित बनाइदिएका छन् । किनकि भारतीय च्यानलमा निर्वाधरुपमा प्रशारण हुन्छन् भारतमा निर्माण भएका बहुराष्ट्रिय कम्पनीका विज्ञापन ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार विदेशी च्यानललाई या त ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित बनाएर प्रशारण गरिन्छ, या विज्ञापन देखाएवापतको छुट्टै शुल्क लिइन्छ । तर, नेपालमा हिन्दी च्यानलहरुले प्रशारण वापत नेपालीबाट पैसा लैजान्छन् र निशुल्क विज्ञापन बजाएर भारतीय कम्पनीको व्यापारसमेत गर्छन् ।
केबुलहरुले डाइरेक्ट अपलिंक गर्ने भएकाले भारतीय च्यानलहरु नेपालमा ‘रियल टाइम’ मै प्रशारण हुन्छन् । यसको सोझो फाइदा भारतीय च्यानलहरुले उठाउँछन् ।
नेपाली दर्शकहरु उनीहरुको टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) भित्र गणना हुन्छन् । टीआरपीका आधारमा टेलिभिजन च्यानलहरुको दर निर्धारण हुने भएकाले ती च्यानलहरुले यसको जबरजस्त लाभ उठाउने नै भए ।
यसबाट नेपालको विज्ञापन व्यवसायलाई वाषिर्क अर्बौं नोक्सानी भइरहेको छ । बहुराष्ट्रिय कम्पनीका धेरै उत्पादनहरु छन्, जो भारत र नेपाल दुबैतर्फ बिक्री हुन्छन् । यस्ता उत्पादनका विज्ञापनहरु भारतीय च्यानलमार्फत सोझै नेपाली दर्शकमा पुगिसकेको हुनाले नेपालमा ती कम्पनीले विज्ञापनका लागि कुनै खर्च गर्नुपर्दैन ।
यही कारणले गर्दा बहुराष्ट्रिय कम्पनीहरुले नेपालका लागि विज्ञापनमा कमभन्दा कम खर्च गरे पुग्छ । उनीहरु नेपाली सञ्चारमाध्यममा गर्ने विज्ञापन भनेको त सामान्य चारो छरेजस्तो मात्रै हो ।
यदि भारतीय च्यानलहरु क्लिन फिडमा बजाउने हो भने नेपालको विज्ञापन बजार अहिलेको भन्दा कम्तिमा दोब्बर हुने व्यवसायीहरु बताउँछन् । यसबाट राज्यको आयस्रोत पनि बढ्छ ।
तर, अहिलेको व्यवस्था अनुसार क्लिन फिडमा च्यानल प्रशारण गर्ने अनुमतिका लागि २५ हजार र विज्ञापनसहित बजाउन ५० हजार रुपैयाँ केबुलहरुले सरकारलाई तिर्नुपर्छ । यो शुल्कमा केवल २५ हजार रुपैयाँ फरक भएको अवस्थामा केबुलहरुले सरक्क हिन्दी च्यानल हुक गर्नुको साटो भारतबाट क्लिन फिड मगाएर प्रशारण गर्ने लेठो किन गर्थे ?
यदि भारतीय च्यानलहरु क्लिन फिडमा प्रशारण भएको खण्डमा नेपालको विज्ञापन बजार, जुन हाल साढे तीन अर्बको हाराहारीमा छ, स्वतः फस्टाउँछ ।
नेपाल विज्ञापन संघले क्लिन फिड डिमान्डको लामो समयदेखि प्रयास गरिरहेको छ । तर, सञ्चारमन्त्रालयले यसमा ठोस पहल गर्न सकेको छैन । मिनेन्द्र रिजाल सञ्चारमन्त्री भएपछि उनीसमक्ष माग राख्दा पूरा हुने आश्वासन दिएका थिए । रिजालले यो विषय लिएर भारतीय राजदूतसित छलफल गरेपछि उनी पछि हटेको सूत्रहरु बताउँछन् । क्लीन फिडको प्रस्ताव भारतीय राजदूतले ठाडै अस्वीकार गरिदिएका थिए ।
यद्यपि यो भारतसित छलफल गर्ने विषय नभई स्वतन्त्र देशको सञ्चार मन्त्रालयले एकतर्फी रुपमा गर्न सक्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।
भारतीय च्यानलहरुलाई क्लीन फिड लागू गरियो र बहुराष्ट्रिय कम्पनीहरुले नेपालका लागि छुट्टै विज्ञापन दिने नीति बनाए भने देशलाई यस्तो फाइदा हुन सक्छ :
१. विज्ञापन बनाउनका लागि स्वदेशको साधन स्रोत प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ ।
२. स्वदेशी कलाकार र सेलिबि्रटीहरुको माग बढ्छ र विदेशी कलाकारले लैजाने पैसा हाम्रै कलाकारले पाउँछन् ।
३. बहुराष्ट्रिय कम्पनीहरुबीच विज्ञापनको प्रतिस्पर्धा हुन्छ र प्रविधिमा पनि विकास हुन्छ । यसबाट गुणस्तरीय विज्ञापनका लागि विदेश जानुपर्ने अवस्था अन्त्य हुन्छ र स्वदेशको पैसा स्वदेशमै रहन्छ ।
४. यी विज्ञापनबाट मिडिया हाउसहरु स्वतः लाभान्वित हुन्छन् र मिडिया उद्योग फस्टाउँछ ।
भारतीय टेलिभिजनको प्रशारणवापत् नेपाली केबुल व्यवसायीले तिर्ने शुल्क छुट्टै छ । यस्तो शुल्कवापत् वाषिर्क ३ अर्ब रुपैयाँभन्दा बढी भारत जान्छ । यदि भारतीय च्यानल बन्द भए भने नेपालको यो पैसा स्वतः वचत हुन्छ । तर, यो कल्पनाभन्दा परको कुरा हो ।
नेपाली सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापनको सन्दर्भ पनि यसमा जोड्नु उपयुक्त हुन्छ । बहुराष्ट्रिय उत्पादनका जति पनि उत्पादन नेपाली श्रव्यदृश्य सञ्चार माध्यममा आउँछन्, तिनीहरु प्रायः भारतमै निर्माण गरिएका हुन्छन् र खाली नेपालीमा डविङ गरेर बजाइन्छ । भारतको साधन-स्रोत र उतैका कलाकारहरु प्रयोग गरेर बनाइएको विज्ञापन नेपाली सञ्चार माध्यममा चारो झैं छरिन्छन् ।
नेपाली सञ्चार माध्यममा प्रकाशन-प्रशारण हुने विज्ञापन स्वदेशमै निर्माण हुनुपर्ने र स्वदेशी कलाकारकै प्रयोग हुनुपर्ने नीति बनाउनु अर्को ज्वलन्त आवश्यकता हो ।
टेलिभिजनदेखि अखबारसम्मका विज्ञापनमा भारतीय अनुहारहरु हेर्नुपर्ने अवस्थामा तब मात्र अन्त्य हुन सक्छ ।
सांस्कृतिक पक्ष
आर्थिकभन्दा सांस्कृतिक पक्ष नेपालका लागि झनै संवेदनशील छ । खुला सीमाका कारण नेपाल र भारत अभिन्नरुपमा नजिक रहेको अवस्थामा भारतीय टेलिभिजन र चलचित्रले नेपालमा गरिरहेको सांस्कृतिक अतिक्रमणको कुनै लेखाजोखा छैन ।
सांस्कृतिक अतिक्रमणलाई तीन बुँदामा यसरी संक्षेपीकरण गर्न सकिन्छ :
१. भारतीय च्यानलहरु नेपालमा ‘रियल टाइम’ मा प्रशारण हुने भएकाले यदि उनीहरुले नेपाललाई अहित हुनेखालका, सामाजिक सदभाव भड्काउने अफवाहजन्य सामग्रीहरु प्रशारण गर्दा पनि कुनै रोकटोक हुँदैन ।
२. भारतीय च्यानलको प्रभावले गर्दा तोते बोल्ने बच्चाले हिन्दी भाषा सिकिसकेको हुन्छ । उनीहरुमा स्वदेशी जीवनशैली र संस्कृतिभन्दा विदेशी जीवनशैली र संस्कृतितिर झुकाव बढ्ने अवस्था रहन्छ । यसबाट नेपाल भारतको सांस्कृतिक उपनिवेश जस्तो देखिन पुग्छ ।
३. भारतीय च्यानलको बजार ठूलो र अत्यधीक लगानीमा बन्ने भएकाले उनीहरुले प्रशारण गर्ने कार्यक्रमका तुलनामा हाम्रो टेलिभजनमा आउने कार्यक्रमहरु फितलो देखिन्छन् । दर्शकहरु विदेशी टेलिभिजनतर्फ आकषिर्त हुँदा स्वदेशी टेलिभिजन च्यानलहरुले दर्शक र विज्ञापन दुबै नपाएर धरासयी हुन्छन् ।
४. नेपाली कलाकारलाई नचिन्ने युवापुस्ता भारतीय कलाकार भनेपछि हुरुक्क हुने प्रवृत्ति भारतीय टेलिभिजन च्यानलहरुकै देन हो । भुवन केसी सडकमा हिँड्दा वास्ता नगर्ने दर्शकहरु भारतबाट बी ग्रेडको कलाकार नेपाल आउँदा भगवा नै आएजस्तो गरी हेर्नलाई तँछाड-मछाड गर्छन् ।
५. भारतीय टेलिभिजनबाट प्रशारण हुने टेलीसियरयले नेपालका गृहणीहरुलाई बिगारेको चर्चा नौलो होइन । भारतीय च्यानलले गृहिणी र विद्यार्थीहरुलाई समेत अनुत्पादक बनाएको छ ।
यसरी खोलियो भारतीय च्यानल
नाकाबन्दीपछि उत्पन्न परिवेशका कारण केबुल सञ्चालकहरुले भारतीय च्यानलको प्रशारण रोकिदिएका थिए । तर, उनीहरुको यो रोकावट लामो समय टिक्न सकेन ।
च्यानल रोकिएको भोलिपल्टै सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रशारण नियमावलीलाई उद्धृत गर्दै केबुल व्यवसायीलाई चिठी लेख्न लगाए । जबकि केबुल व्यवसायीहरु प्रसारक होइनन् र उनीहरुलाई प्रशारण नियमावली लाग्दैन भन्ने तथ्यलाई मन्त्रालयले बेवास्ता गर्‍यो ।
सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार केबुल सञ्चालकलाई पठाएको पत्रको एकप्रति लैनचौरस्थित भारतीय राजदूतावासमा पनि पठाइएको थियो ।
सञ्चार मन्त्रालयको पत्र सञ्चार माध्यममा छरिएपछि सञ्चारमन्त्री तीव्ररुपमा आलोचित भए । त्यसपछि उनले आफ्नो कदमको प्रतिरक्षा गर्ने क्रममा नेपाल टेलिभिजनमा आफ्नो अन्तरवार्ता लिन लगाए र अन्तरवार्तालाई यूट्यूवमा अपलोड समेत गर्न आदेश दिए ।
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis