CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यस्तो छ डन छोटा राजनको नेपालमा कनेक्सन

यस्तो छ डन छोटा राजनको नेपालमा कनेक्सन

यस्तो छ डन छोटा राजनको नेपालमा कनेक्सन
छोटा राजन
काठमाडौं । भारतका मोष्ट वान्टेड अन्र्डरवर्ड डन छोटा राजन आइतबार इन्डोनेशियामा पक्राउ परेका छन् । भारतीय प्रहरीको आग्रह र इन्टरपोलको सहकार्यमा अष्ट्रेलियाबाट इन्डोनेशिया पुगेलगत्तै उनी पक्राउ परेका हुन् ।


छोटा राजन भारतमा मात्र होइन नेपालमा पनि चर्चित नाम हो । किनकी नेपालको ठुलो हाइप्रोफाइल हत्यामा छोटा राजनको नाम जोडिएको छ । आरोप मात्र नभई उच्चस्तरीय छानबिन समितिले नै औल्याएका कुरा हुन् ती ।chhota rajan
यस्तो छोटा राजनको नेपाल कनेक्सन–
२६ माघ ०६६ मा लाजिम्पाटको सडकमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाहको दुई भारतीय सुटरले गोली हानी हत्या गरे । हत्याको केही समयमै भरत नेपाली नामका व्यक्तिले शाहद्वारा सञ्चालित च्यानल नेपालमा फोन गरी हत्याको जिम्मेवारी लिएका थिए ।
शाह दाउद इब्राहिमसँग निकट भएको भन्दै हत्या गरिएको भरत नेपालीको दाबी थियो । नेपाली तिनै व्यक्ति हुन् जो दाउदका दुस्मन डन छोटा राजन समूहका एक प्रमुख सदस्य हुन् । छोटा राजनकै समूहले शाहको हत्या गरेको थियो । पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको उल्लेख छ ।
जमिम शाह मात्र होइन, नेपालका अरू धेरै हत्याकाण्डमा भारतीय अन्डरवल्र्डका नाइके छोटा राजन समूहको संलग्नता रहेको छानबिन समितिले देखाएको छ । मुम्बई अन्डरवल्र्डमा सुरुमा दाउदको समूहमा बसेर काम गरेका राजन सन् १९९३ को मुम्बई ब्लास्टपछि छुट्टिएका हुन् । राजन र दाउदको ग्याङवारमा नेपालीहरूको समेत हत्या हुदै आएको छ ।
राप्रपाका पूर्वसांसद मिर्जा दिलसाद वेगको १५ असार ०५५ मा काठमाडौंको सिफलमा गोली हानी हत्या भएको थियो । सो घटनामा पनि छोटा राजन समूहको हात थियो । छानबिन समितिले पनि वेगले दाउदका लागि काम गरेको भन्दै छोटा राजन समूहले नै हत्या गरेको प्रतिवेदन बनाएको थियो ।
त्यस्तै, २६ फागुन ०६७ मा युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय नागरिक मनमित सिंहले गोली हाने । जमिमलाई हत्या गर्ने समूहले नै उनलाई गोली हानेको छानबिनमा खुलेको थियो । घन्टाघरमा इस्लामिक संघका महासचिव फैजान अहमदको हत्यामा पनि सोही समूहको संलग्नता देखियो ।
९ असोज ०६८ मा अहमदको गोली हानी हत्या गरिएको थियो । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी अध्यक्षताको न्यायिक छानबिन आयोगले मिर्जा तथा जमिमलाई हत्या गर्ने समूहले नै अहमदको हत्या गरेको खुलाएको थियो ।
प्रहरीका अनुसार एक नेपाली युवकले छोटा राजनकै समूहमा रहेर काम गरेका थिए । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका कमलसिंह नेपाली छोटा राजनकै समूहबाट काठमाडौंमा मारिएका थिए । सुरुमा छोटा राजनको समूहका लागि काम गरेका उनी पछि दाउद समूहमा आबद्ध भएका थिए ।
दाउद समूहको निर्देशनमा पछि राजन समूहका बाल ढाप्रेको हत्या गरेको प्रतिशोधमा उनी २४ भदौ ०६३ मा बानेश्वरमा मारिएका थिए । उनका हत्यारा पनि पक्राउ परेका छैनन् ।
मिर्जाको हत्या योजना छोटा राजन आफैँले बनाएको र अन्त्यमा राजनका दाहिने हात मानिने बब्लु श्रीवास्तवले नेतृत्व गरेका थिए । भारतीय जेलमा रहेका उनलाई भारतीय सरकारले नै सहयोग गर्दै आएको आरोप छ ।
श्रीवास्तवको निर्देशनमा बब्लु भन्ने त्रिलोक सिंह, भरत नेपाली, हैदरलगायतका व्यक्तिले योजना बनाएर नेपालमा हाइप्रोफाइलको हत्या गर्दै आएका थिए । बब्लु श्रीवास्तवद्वारा लिखित पुस्तक ‘अधुरा ख्वाब’मा पनि जमिम, युनुस, मिर्जालगायतका व्यक्ति दाउदको सहयोगी भएको र उनीहरूलाई शत्रुका रूपमा उल्लेख गरिएको   थियो ।
सुरुमा मुम्बईमा एउटै समूहमा काम गरेका दाउद र छोटा राजन सन् १९९३ बाट छुट्टिएका हुन् ।सन् १९९२ मा राजनका निकट केही व्यक्तिको दाउदका सहयोगीले हत्या गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो । पछि १९९३ मा दुई सय ५७ जनाको ज्यान जाने गरी मुम्बईमा भएको विस्फोटपछि दाउदसँग असहमत हुँदै राजन छुट्टिएका थिए ।त्यसपछि दुई समूहबीच ग्याङवार चल्दै आएको छ । मुम्बई विस्फोटपछि दाउद भारतमा मोस्ट वान्टेड रहँदै आए पनि पक्राउ परेका छैनन् । दाउदलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप भारतले लगाउँदै आएको छ ।
राजनका सहयोगी बब्लु श्रीवास्तवले भारतीय प्रहरीकै सहयोगमा दाउदनिकट व्यक्तिहरूको हत्या गरेको भन्ने आरोप लाग्दै आएको छ । दाउदसँग मिलेर नक्कली नोटको कारोबार गरेको आरोपमा केही नेपालीको पनि बब्लुकै निर्देशनमा हत्या भएको छानबिन समितिहरूले बाहिर ल्याइसकेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis