CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ठगलाई जताततै घेराबन्दी

ठगलाई जताततै घेराबन्दी


काठमाडौं। एक लाख रुपैया147को एक दिनको १ हजार रुपैया147 ब्याज लिएर छोटो समयमा अर्बपति बनेका महेशबहादुर सिंहका कर्तुतहरु एकपछि अर्को खुलासा हुने क्रम जारी छ। पेस्तोल देखाएर तर्साउने, धम्की देखाउने र प्रहरी प्रशासनलाई हातमा लिएर अपहरण गर्दै चेकमा रकम आफैं भरी सही गराउ147दै चेक बाउन्समा मुद्दा दिएर सयौंको घरबार उजाड पारेका महेश सिंहका कुकुत्यहरु मिडियामा आउन थालेपछि नेपाल प्रहरीले उनलाई संरक्षण गर्न छाडेको छ। प्रहरीले संरक्षण गर्न थालेपछि उनले ४० लाख रुपैया147 सापटी दिएकाहरुलाई ५ करोड रुपैया147को चेक काट्न लगाउन नसकेपछि अहिले अपहरण गर्दै सशस्त्र प्रहरीको हल्चोकमा लगी तर्साउने क्रम सुरु गरेका छन्। सशस्त्र प्रहरीको हेडक्वार्टर अहिले महेश सिंहको अपहरणपछि फिरौती असुल्ने अखडामा परिणत भएको छ। सशस्त्र प्रहरीको मुख्यालयमा महेशबहादुर सिंहले केही दिनअघि व्यापारी राजाराम बानिया147लाई सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा राखेर पेस्तोल देखाई चेकमा हस्ताक्षर गरेपछि यो रहस्य खुलेको हो। 
सशस्त्र प्रहरीका पूर्व डीआईजी माधव थापालाई प्रयोग गरी ठगका नाइके महेश सिंहले सशस्त्रको मुख्यालमा राखेर कन्चटमा पेस्तोल तेर्स्याई उनलाई चेकमा हस्ताक्षर गर्न लगाइएको पीडित पक्षले जनाएको छ। 
यसैबीच, महेश सिंहले जबर्जस्ती चेकमा सही गर्न लगाएर चेक बाउन्समा हालेको एक मुद्दामा उनी पराजित भएका छन्। प्रकाश बस्नेतविरुद्ध उनले ७ करोड रुपैया147को चेक बाउन्सको मुद्दा जिल्ला अदालत ललितपुरमा दिएका थिए। तर उनी सो मुद्दामा पराजीत भएपछि घाइते बाघ जस्तै भएका छन्। बस्नेतले मुद्दाजितेपछि अरु पीडितहरु पनि महेश सिंहको ज्यादतीबाट न्याय पाउने आशामा छन्। महेश सिंहले धेरै नागरिकलाई सापटी दिने र ऋण तिरे पनि चेक फिर्ता नदिने र त्यही चेकका आधारमा मुद्दा दिने गर्दा धेरैको घरबास उडिसकेको छ। सुधीर बस्नेतदेखि उद्धव केसी उनीबाट सडकमा पुगेका उदाहरण हुन्। 


रोड मेप २५ माघ 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis