भनेर फुईँ हाँक्छन् । बलिउडमा सय करोड वाला फेसन सुरु भएसँगै नेपाली फिल्मकर्मीलाई सय लाख अर्थात एक करोड कलेक्सनको भूत सवार भएको छ । अनि त व्यापार जति लाजमर्दो होस्, करोडको डंका पिटिहाल्छन् । ल्मको व्यापारको रिपोर्ट बुझ्न होइन्, फेसबुकमा करोडको फुईँ लाउन भ्याइ–नभ्याइ हुन्छ निर्मातालाई । फिल्मको असली व्यापार सार्वजनिक गर्ने निर्माता औँलामा गन्न सकिन्छ । चंखे शंखे पंखे हेर्न कुमारी हल पुगेको थिएँ, फस्ट डे फस्ट शो । आक्रामक प्रचारप्रसार गरिएको यो फिल्म हेर्न मबाहेक जम्मा दुई जना दर्शक हल पुगेछन् । निकै बिन्ति बिसाएपछि मात्र हलवालाले फिल्म चलाए । सोही दिन क्युजको शो त बन्दै भएछ । अन्य हलको ताल पनि फरक थिएन । तर, केही दिन बित्न नपाउँदै यही फिल्म करोड क्लबमा प्रवेश गरेको ‘सुखद समाचार’ पढ्न पाइयो । वडा नम्बर ६ का निर्माता दीपकराज गिरीले त व्यापारभन्दा धेरै हल्ला भएको स्वीकारेकै थिए । बुझ्दै जाँदा थाहा भयो, हिटको हल्ला चलाउनुको पछाडि दुई–तीन कारण रहेछन् । एक त नेपालमा हिट भयो भनेर हल्लाखल्ला गर्दा विदेशमा फिल्मको माग र भाउ बढ्दो रहेछ । अर्कोतिर, नेपालमै पनि नयाँ मुर्गा फसाउन पाइने । अनि जति कमाएको फुर्ति लगाए पनि सुको कर तिर्नु नपर्ने । क्या काइदा † भाग्य त लिएरै आएका रहेछन्, नेपाली निर्माताले ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !