नियमविपरीत उठाइन्छ शुल्क
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको टर्मिनल पार्किङमा नियमविपरीत पार्किङ शुल्क उठाउने गरिन्छ । नियमअनुसार मोटरसाइकल पार्किङ गरेबापत पाँच रुपैयाँ तिर्नुपर्छ । झट्ट हेर्दा उक्त सूचना मोटरसाइकल पार्किङ गर्ने ठाउँबाट नदेखिनेगरी राखिएको छ । तर, विमानस्थलका कर्मचारीले २० देखि ५० रुपैयाँसम्म पार्किङ शुल्क लिने गरेका छन् । नियम भए पनि कति घन्टाको कति शुल्क लिने भन्ने कुरा त्यहाँकै कर्मचारीको मुडमा भर पर्छ । उनीहरूले कहिले एक घन्टा मोटरसाइकल पार्किङ गरेको २० रुपैयाँ लिने गरेका छन् भने कहिले आधा घन्टामात्र पार्किङ गरेकोसमेत ५० रुपैयाँ लिने गर्छन् । गत आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका काभ्रेपलान्चोकका समीर घिमिरे भन्छन्, ‘आफन्तलाई पुर्याउन आएको थिएँ, एक घन्टाको २० रुपैयाँ लियो । एयरपोर्टको पार्किङ निकै महँगो छ ।’ ‘यहाँ खुलेआम लुट भइरहेको छ तर कसैले पनि ध्यान दिएका छैनन्,’ आफन्तलाई लिन एयरपोर्ट पुगेका काठमाडौँका गोकुल बास्कोटा भन्छन्, ‘यहाँबाट देशका ठूला नेतादेखि अख्तियारका कर्मचारीसमेत हिँडडुल गर्छन् तर खुलेआम ब्रह्मलुट भइरहँदा पनि कसैले केही बोल्दैनन् ।’

मोटरसाइकल पार्किङ गरेको ठाउँबाट शुल्क कति तिर्नुपर्छ भनेर लेखिएको देखिँदैन । विमानस्थलमा पार्किङ शुल्क उठाउने कर्मचारी शुल्क उठाउँदा सकेसम्म पार्किङ शुल्क लेखिएको ठाउँ नदेखिनेगरी उभिएर शुल्क उठाउने गरेको गुनासो सुनिन्छ । भक्तपुरका शिवनारायण श्रेष्ठ भन्छन्, ‘साथीलाई पुर्याउन आएको थिएँ । झन्डै आधा घन्टा भएको थियो होला पार्किङ शुल्क २० रुपैयाँ असुले । पछि फर्कंदा बोर्ड देखें । शुल्क उठाउने मान्छेले मसँग कुरा गर्दा र शुल्क उठाउँदा त्यहाँको लेखिएको विवरण छेकेको रहेछ । अब २० रुपैयाँका लागि के फर्किरहनु भनेर फर्किनँ ।’ यस्तो लुट एकजनाले वा उक्त काम पाएको संस्थाले मात्र आँटेर हुने कुरा होइन । यसमा ठूलै जालो हुनुपर्छ । यो गलत छ भन्ने कुरा त यहाँ आइरहने कतिपय देशका ठूलै मान्छेले पनि देखेका छन् । तर, आजसम्म कसैले पनि यो कामलाई गलत भन्न नसकेको उनको भनाइ छ ।
कसले गरिरहेको छ यस्तो लुट ?
एयरपोर्टमा यस्तो गलत धन्दा गर्ने कम्पनी देशप्रेम इन्टरनेसनल प्रालि हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको विवरणअनुसार ललितपुर, चापागाउँ ठेगाना भएको यो कम्पनी भ्याटमा समेत दर्ता भएको छ । आन्तरिक राजस्व विभाग ललितपुरमा दर्ता भएको उक्त कम्पनीको कर दर्ता नम्बर ३०२९७५५०३ हो । ललितपुरको टाखेल, वडा नम्बर ६ मा रहेको उक्त कम्पनी २०६५ असार १८ गते भ्याटमा दर्ता भएको छ । यो कम्पनीले विमानस्थलमा आफ्ना कर्मचारी खटाएर पार्किङ शुल्क उठाउने गरेको छ भने उक्त कम्पनीको यो कामलाई आजसम्म कसैले नियमन गरेको छैन । कम्पनीले गरेको यस्तो कार्यबारे बुझ्न कर कार्यालयमा दर्ता भएको उक्त कम्पनी सञ्चालकका दुई नम्बरमध्ये कुनैमा पनि सम्पर्क हुन सकेन ।

यसरी भइरहेको छ कर छली
आन्तरिक राजस्व विभागमा भएको कम्पनीको विवरणअनुसार उक्त कम्पनीले मासिक रूपमा भ्याटको विवरण बुझाउनुपर्छ । तर, उसले बिजक दिँदा मिति उल्लेख गरेको छैन । यसरी मिति उल्लेख नगरिएको बिलको विवरण उक्त कम्पनीले कुनै पनि महिना बुझाउन सक्ने हुनाले खुलेआम कर छली भइरहेको छ । नियमअनुसार जुन महिनामा कारोबार भएको छ, कारोबार महिना सकिएको २५ दिनभित्र उक्त महिनामा भएको कारोबारको भ्याट रकम र विवरण कर कार्यालयमा बुझाउनुपर्छ । उक्त कम्पनी आन्तरिक राजस्व विभागको विवरण अनुसार ‘मासिक भ्याट विवरण’ बुझाउने कम्पनीमध्येमा पर्छ । तर, देशप्रेम इन्टरनेसनलले बिलमा नम्बर नराख्नुले उक्त कम्पनीले विवरणलाई आफ्नो समयानुकूल विवरण बुझाएर कर छली गर्न खोजेको देखिएको छ । नियमअनुसार संक्षिप्त कर बिजकमा बिजक जारी भएको मिति खुलाउनुपर्छ । तर, उसले जारी गर्ने उक्त बिजकमा मिति खुलाइएको छैन । बिजकमा कति रुपैयाँको बिजक भन्ने पनि उल्लेख छैन । बिजकमा २०, ३० र ५० रुपैयाँ का विकल्प दिइएको छ तर कति रुपैयाँ प्राप्त भयो भन्ने उल्लेख छैन । यसले पनि बढी रकम उठाएर कम रकमको कर तिर्ने उक्त कम्पनीको नियत प्रस्ट देखिएको छ ।

यसरी लाखौँको कर छली
रातोपाटीकर्मीलाई प्राप्त बिजक २०७२ चैत ६ गते शनिवारको हो । उक्त बिजकको नम्बर २२२४५१ छ । बिजक नम्बर आर्थिक वर्ष सुरु भएको दिनदेखि क्रमअनुसार राखिएको हुन्छ । बिजक हेर्ने हो भने हालसम्म २२२४५१ जनासँग पार्किङ शुल्क उठाइसकिएको छ । २० देखि ५० रुपैयाँको औसत ३५ रुपैयाँ उठाइएको भए पनि नियमअनुसार पाँच रुपैयाँको विवरण बुझाएर उक्त कम्पनीले लाखौँको भ्याट छली गरिसकेको छ । औसत ३५ रुपैयाँ नै उठाएको खण्डमा र न्यूनतम २० रुपैयाँको विवरण नै बुझाएको खण्डमा पनि उसले मोटो रकमको भ्याट छली गरिसकेको छ । भ्याटसम्बन्धी कानुन हेर्ने हो भने जनताबाट उठाएर भ्याट नतिर्नु अपराध मानिन्छ । विमानस्थलमा झट्ट हेर्दा नदेखिनेगरी मोटरसाइकल पार्किङ शुल्कसम्बन्धी सूचना राखिए पनि उक्त बिजकमा ५ रुपैयाँ कतै लेखिएकै छैन । यसले पनि कर छली भएको प्रस्ट पारेको छ ।

बोल्नेलाई पाँच रुपैयाँ
गत शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकल पार्किङ गरेको शुल्क बुझाउने बेलामा कौशलाटारनिवासी लक्ष्मण दाहालले २० रुपैयाँ तिर्नुपर्ने नियमको प्रतिवाद गरे । दाहालले नियमअनुसार पाँच रुपैयाँमात्र तिर्नुपर्ने बताएपछि उनलाई पाँच रुपैयाँमात्र लिइयो । रातोपाटीसँग कुराकानी गर्दै दाहाल भन्छन्, ‘पहिला त मैले पनि २० रुपैयाँ नै तिरेको थिएँ । तर, यहाँको शुल्क पाँच रुपैयाँमात्र हो भन्ने थाहा पाएपछि मैले पार्किङ शुल्क त्यतिमात्रै भएको भनेर दाबी गरें । उसले तपार्इं यहाँकै कर्मचारी हो भन्नुपर्छ नि त भनेर हाँस्यो । मैले दिएको २० मा १५ रुपैयाँ फिर्ता गर्यो ।’ यसरी बोल्नेले पाँच रुपैयाँमात्र दिए पनि हुने अनि नबोल्ने वा बोल्न नसक्नेलाई यसरी ठग्ने अचम्मको लुट भइरहेको छ । उनी अगाडि भन्छन्, ‘देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यस्तो लुटले देशकै बेइज्जत गरेको छ ।’

के भन्छन् करविज्ञ ?
एयरपोर्टमा भएको लुटबारे राटोपाटीले सोधेको प्रश्नको उत्तर दिँदै करविज्ञ सीए शेषमणि दाहाल भन्छन्, ‘बिलमा संक्षिप्त कर बिजक लेखिएको छ । तर, कति रुपैयाँको बिजक हो भन्ने खुलाइएको छैन । नियमअनुसार रकम नै नतोकी बिजक जारी गर्न मिल्दैन । बिजकमा बिजक जारी गरेको मिति पनि उल्लेख हुनुपर्छ । नत्र उक्त कम्पनीले एक महिनामा गरेको कारोबार विवरण र भ्याटबापत तिर्नुपर्ने रकमको छली हुने प्रस्ट छ ।’ यसरी भ्याट छल्ने कम्पनीलाई कानुनतः कारबाही व्यवस्था छ ।
देशप्रेम इन्टरनेसनल प्रालिले जारी गरेको बिजक हेर्ने हो भने उक्त कम्पनीले एयरपोर्टमा पार्किङ शुल्क उठाएर करछली गरेको शंका गर्न सकिन्छ । यसबारे आन्तरिक राजस्व विभागले ध्यान दिन जरुरी छ ।
साभार : रातो पाटी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !