भैरहवा, १३ असोज - नेकपा–माओवादीको आह्वानमा भारतीय नम्बरप्लेटका सवारी
साधनलाई नेपाल प्रवेशमा रोक लगाउँदा यसको प्रत्यक्ष असर उद्योग व्यवसायका
साथै पर्यटन क्षेत्रमा समेत देखिन थालेको छ । स्थलमार्ग भएर सबै भन्दा बढी
पर्यटक भित्रने भैरहवाको बेलहिया नाकाबाट पर्यटक आगमनमा ७५ प्रतिशतले कमि
आएको छ ।
स्थलनाका हुदै समुहमा आउने प्राय विदेशीहरू भारतीय सवारी साधनमा आउने गरेकोमा माओवादी अवरोधले नेपाल आउन नपाए पछी उनिहरू सिमाक्षेत्रबाटै फिर्ता गएका छन् भने भारतीय पर्यटकहरू समेत आउन छाडेका छन् ।
सिमाक्षेत्र बेलहिया र भैरहवाका होटलहरुमा पर्यटक न्युन छन् । स्थानीय नान्स होटलमा पर्यटक न्युन रुपमा आउने गरेको र केहीले बुकिङ रद्ध गरेको सञ्चालक तथा सिद्धार्थ होटल एसोसियसन (सान)का कार्यबाहक अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी)ले बताए । नान्समा हेप्पी आवरले सञ्चालनमा ल्याएको ईलोक्ट्रोनिक गेमिङ (मिनी क्यासिनो) पूर्णरुपमा प्रभावित बनेको छ । शतप्रतिशत भारतीय पर्यटक लक्षित उक्त मिनी क्यासिनोमा शुक्रबारबाट ग्राहक संख्या ९५ प्रतिशतले घटेको श्रेष्ठले जनाए । पवन ईन्टरनेशनल होटलका सञ्चालक अजय हलवाइले शनिबार आउने भनेको २० जनाको गु्रप रद्द भएको बताए ।
सिमानाका अध्यागमन कार्यालयका प्रमुख यादबराज पाण्डेले विदेशी पर्यटकको चाँप ७५ प्रतिशतले कमि आएको जनाए । केही समुहे नेपाल आई सार्बजनिक यातायातका साधन रिजर्भ गरी लुम्बिनी तर्फ गए पनि अधिकांश भारततर्पैm फर्केको पाण्डेले बताए । शनिबार बेलुका ६२ जनाको बर्मेली पर्यटकहरूले पहिला नेपाल आई यातायातको व्यवस्था भैसकेपछी मात्र भिसा लिएको यादबले जानकारी दिए ।
अध्यागमन कार्यालयका अनुसार शुक्रबार २ सय ८ र शनिबार २ सय ८९ पर्यटकले मात्र भिसा लिएका छन् । यो संख्या अघिल्ला दिनको तुलनामा अत्यन्तै न्युन हो । पर्यटनको सिजन सुरु हुन लागेको समयमा भारतीय सवारी साधन प्रवेशमा रोकले पर्यटन क्षेत्र निकै अप्ठेरोमा परेको सिद्धार्थ एसोसिएसन अफ ट्राभल एजेन्ट साटा लुम्बिनीका अध्यक्ष सन्जय बजिमयले बताए । उनले बार्ताको माध्यमबाट समस्या हल गरी समाधान खोज्न आग्रह गरे ।
भन्सार प्रभावित
भैरहवा भन्सार कार्यालयबाट हुने आयात निर्यात पनि शुक्रबारबाट प्रभावित बनेको छ । बिहीबार ४ करोड २२ लाख राजश्व संकलन गरेको कार्यालयले शुक्रबार जम्मा ८० लाख मात्र संकलन गरेको भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले जनाए । ढकालका अनुसार शुक्रबार कुनै पनि सामान आयात भएनन् । भन्सार तिरेका सबै सामान बिहीबार ट्रकबाट ल्याइएका हुन् । भन्सार भएका सामान सहितका ट्रक पनि डरले चल्न सकेनन् । स्थानीय प्रशासनले भने भैरहवा सम्मका लागी सामान लिएर आएका प्याज,आलु र फलफुलका केही ट्रकहरुलाई स्र्कटिंग गरी अनलोडसम्म गराएको छ ।
भारतीय पक्षले पनि शुक्रबार बाट नेपाली नम्बर प्लेटका सवारी साधनलाई त्यस तर्फ प्रबेशमा रोक लगाएको छ । स्थानीय व्यवसायी लगायत नागरिक समाजले भारतीय सवारी साधन नेपालमा प्रवेश गर्न रोक नहटाउदा सम्म नेपाली गाडी रोक्ने बताएका छन् ।
नेपाल–भारत व्यवसायमा बाधा पार्ने खेल : परिसंघ
काठमाडौं, १३ असोज - नेकपा–माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । परिसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबाट एकातिर सयौं गाडीहरू भन्सारमा रोकिएको र हजारौं गाडी भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रममा बाटोबाट नै फर्कन थालेको जनाएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ एवम् आम उपभोक्ताको दैनिक जिवनमा आवस्यक उपभोग्य वस्तुहरू दशै तिहार जस्ता चाडपर्वको पूर्वसन्ध्यामा रोकिंदा उद्योगहरूलाई करोडौं नोक्सान हुने र त्यसको जिम्मेवारी कसले लिने भन्ने सवाल खडा भएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वैद्यपक्षीय माओवादीको यस्तो कदमबाट आर्थिक विकासको आधार र खुला बजार अर्थतन्त्रको हिमायती निजीक्षेत्र सशंकित मात्र नभई विचलितनै हुने अवस्था आएको परिसंघको ठहर छ । “दशै तिहार जस्ता चाडपर्वको मुखैमा आपूर्ति प्रणाली नै प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको हाहाकार हुने र मूल्य आकासिने सम्भावनालाई पनि नकार्न सकिदैन” विज्ञप्तिमा भनिएको छ ।
नेपालको कुल बैदेशिक व्यापारको दुई तिहाईभन्दा बढी हिस्सा भारतमै निर्भर छ भने अन्य देशसँगको व्यापार गर्ने बाटो पनि भारत नै हो । परिसंघले भनेको छ, “कथित क्रान्तीकारीको नाममा मुलुकमा व्याप्त तरल राजनीतिको फाइदा उठाउँदै नेकपा–माओवादीले चालेको यो कदम गलत मात्र नभै अनावश्यक राजनीति, खोक्रो राष्ट्रवाद र राष्ट्रको आर्थिक विकास तथा जनताको मौलिक हक विरोधी पनि हो ।”
वैद्यपक्षीय माओवादीलाई जिम्मेवार बन्न आग्रह गर्दै परिसंघले जनताको लागि लामो संघर्ष र सशस्त्र द्वन्द्वसमेत गरेर शान्तिपूर्ण राजनीतिमा आएको र आपूmलाई जनताको समृद्धिको पक्षपाती बताउँदै आएको पार्टिको यस्तो काम गर्नु गैरजिम्मेवारपूर्ण भन्दै कदमप्रति खेद प्रकट गरेको छ । यस्तो निर्णय तत्काल फिर्ता गर्न पनि माओवादी संग माग गरिएको छ ।
कारोबार संवाददाता

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !