CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित

आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित

आफ्नै कार्यकर्ताहरुबाट आक्रमण हुने नेपालका शीर्ष नेताहरुको सूचिमा नेपाली कङ्ग्रेस सभापति सुशील कोइराला पनि थपिएका छन्। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ताले दुई वर्षअघि माघमा झापड हानेका थिए। गएको साउनमा माओवादी विस्तारित बैठकमा प्रचण्ड र बाबुराम भट्टराईमाथि कुर्सी प्रहार गरिएको थियो। शनिबार चाहिँ काठमाडौँको कपनमा आयोजित क्षेत्रीय
कार्यक्रममा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले आक्रमण गरेका हुन्। कङ्ग्रेस क्षेत्र नम्बर चारद्वारा आयोजित कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका हुन्। कोइरालालाई बचाउन खोज्दा दुई जना घाइते भए। आक्रमण गर्नेलाई पनि कार्यकर्ताले रामधुलाई गर्न बाँकी राखेनन्। मञ्चबाटै तानेर कार्यकर्ताको भिडले उनलाई भकुर्नु भकुरे। आक्रोशित कार्यकर्ताहरुले पिटेरै मार्ने थिए उनलाई यदि प्रहरी र नेताले हस्तक्षेप नगरेका भए। आक्रमणको कारण पार्टीभित्रको आन्तरिक विवाद भएको अनुमान गरिएको छ। आफूलाई मञ्चमा नराखेकोमा बस्नेत आक्रोशित भएको भनिएको छ। नेपाली कङ्ग्रेस पार्टी एकीकरण भएको वर्षौँ भइसक्दा पनि देउवा गुट र संस्थापन गुटबीच मतभेद केन्द्रीयदेखि क्षेत्रीय स्तरसम्म बाँकी नै छ।
सभापतिलाई आक्रमण गर्ने बस्नेतलाई नेविसंघले दुई वर्षका लागि साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत कोइराला परिवारकै नजिकम मानिने कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा रहेछन्।
यो आक्रमणले नेपालका सबैजसो पार्टीका शीर्ष नेताहरु आफ्नै कार्यकर्ताबीच पनि कति अलोकप्रिय छन् भन्ने देखिएको छ। सारा देशको नेता भएर नेतृत्व लिनु पर्नेमा आफ्नै पार्टीका कार्यकर्ताहरुको समेत नेता बन्न नसकेको यस्ता घटनाहरुले देखाउँछ।
नेतै खराब भन्ने भिड बोलीभन्दा पर रहेर एकचोटी विचार गरौँ त कार्यकर्ता कस्ता? के बुद्धि होला ती बस्नेतको ? आफ्नै सभापतिलाई त्यसरी फ्रेमले हानेर के साबित गर्न खोज्या हो ? मञ्चमा कुर्सी दिएन भनेर पो रिसाएको रे। ल हेर पारा, नेताहरु पनि कुर्सीको लागि झगडा गर्ने, कार्यकर्ता पनि कुर्सीमोह मै।
घटनाबारे अरु नेताले षड्यन्त्रदेखि असुरक्षा जस्ता ठूल्ठूला कुरा खोके पनि सुशील कोइराला स्वयंले भने संक्रमण कालमा भएको सामान्य घटना भनेका रहेछन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis