ललितपुरकी सानुमाया घले, २९, नौ महिना लामो कुवेतको श्रम यात्राबाट २७ माघ २०६७ मा काठमाडौँस्थित त्रिभुवन विमानस्थल ओर्लदा काखमा महिना दिन नपुगेको छोरा थियो। त्यही वर्षको सुरुमा ६ वर्षका छोरा नेपालमा छाडेर कुवेत जाने यात्रा थाल्नुअगाडि नै उनी दलालको चक्करमा परनि्। त्यही दलालबाट बलात्कृत भइन्। र, त्यसैबाट जन्मियो पछिल्लो छोरा।
त्यतिबेला उनका पति कतारको श्रम बजारमा पसिना बेच्दै थिए। उनी आफूचाहिँ
समाजमा सानुमायाजस्तै पात्र थपिँदै गएका छन्। पैसा कमाउने र सुखी जीवनको कल्पना बोकेर मजदुरीका लागि बिदेसिएका धेरै चेलीबेटीको जीवन बत्तीको पुतली बनिरहेछ। तिनीहरूमध्ये धेरैको दुःखको कारण हो, विदेशीको अनिच्छित गर्भ बोक्नु वा बलात्कारको सिकार बन्नु।
पोखरा घर भई हाल काठमाडौँमा बस्ने, मीना तामाङ, २७, को कथा-व्यथा पनि त्यस्तै छ। विदेश जाँदा एक र र्फकंदा दुई हुने मीनाजस्ता धेरै महिला अहिले न सामाजिक रूपमा स्वीकृत छन्, न पारिवारिक रूपमा नै। त्यही भएर उनी अहिले आफ्नी दिदीको घरमा आश्रय लिइरहेकी छन्। झन्डै नौ वर्षपहिले ३० हजार रुपियाँ तिरेर कुवेत पुगेकी मीनासँग त्यतिखेर मनग्गे पैसा कमाउने, ऋण तिर्ने र आफ्ना दुई छोराछोरीलाई राम्रो अंग्रेजी माध्यमको विद्यालयमा पढाउने सपना थियो।
कुवेतको श्रम बजारमा उनले पाँच वर्ष श्रम मात्रै बेचिनन्, आफ्नो नारीत्व पनि गुमाइन्। दलालले भने अनुसारको तलब नपाउने त छँदै छ, घरेलु बँधुवा मजदुर भएर वषार्ंै गुजारनि्। भन्छिन्, "न घरको चौघेरा नाघेर जाने अवस्था थियो, न त दुव्र्यवहार र यौनहिंसाको प्रतिकार गर्ने हैसियत।"
जति बच्न खोजे पनि उनले करकाप र धम्कीकै भरमा एक कश्मीरी नागरकिको गर्भ बोक्नुपर्यो। बच्चा जन्मिएपछि उनी भागेरै प्रहरीकहाँ पुगिन्। र, १४ महिना हिरासतमा बिताइन्। आफन्तको हारगुहार र लामो पहलपछि नेपाल फर्किन्। १७ महिने काखे छोरीलाई आफन्तको जिम्मा लगाएर कुवेत पुगेकी उनी र्फकंदा काखमा अढाई वर्षको छोरा थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दा मीनासँग पैसाका नाममा फुटी कौडी थिएन। थियो त बाबुबिनाको छोरो र अनगिन्ती पीडाका आला घाउ। उनलाई त्यो दिन अझै याद छ। भन्छिन्, "एयरपोर्टबाट निस्कँदा कसैले देख्लान् वा कुरा काट्लान् भन्ने डरले काँपिरहेको थिएँ।" निरुपाय र निःसहाय भएर उनले महिनौँ काठमाडौँका लजहरूमा दिन बिताइन्।
मीनाजस्तै मीठो सपनाको लोभमा परेर बिदेसिने र परदेशी भूमिमा अन्जान पुरुषबाट बलात्कारको सिकार हुने नेपाली चेलीका यस्ता दुःखद कथाले हाम्रो देशभित्रको बेरोजगारी, अशिक्षा र गरिबीजस्ता बाध्यताको एउटा आयाम प्रकट गर्छ। वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्था पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ भन्छिन्, "प्रत्येक महिना दुई-चार महिला काखे बच्चा च्यापेर फर्किरहेका हुन्छन्।" यस्ता विवश महिलाले परिवार र समाजबाट बहिष्कारको पीडा खेपिरहेका छन्।
सानुमाया र मीनाको पुरानो घरपरिवार टुटिसकेको छ। आफूजस्तै वैदेशिक रोजगारीबाट फर्केका तर परिवार भताभुंग भएका एक अधबैँसेसँग मीनाले नयाँ जीवन सुरु गरेकी छन्। तर, परिवार र आफन्तले लगाउने वचन त उनले पटक-पटक सुनिरहनुपर्छ। भन्छिन्, "न आफ्ना सन्तानलाई माया दिन सकियो, न परिवार नै सिंगो रह्यो। पीडाले मन थामिदैन।" पौरखी नेपालकी गुरुङ विदेश जाने लोभमा स्वदेशमै वा विदेशमा यौनहिंसाको सिकार बन्न बाध्य महिलाहरूको संख्या बढ्दै गएको बताउँछिन्। भन्छिन्, "तीमध्ये धेरैका कथा सार्वजनिक नै हुँदैनन्।"
संयुक्त राष्ट्र संघीय महिला नियोग नेपालले सन् २०१० देखि डेढ वर्षसम्म खाडी मुलुकका पाँच देश र लेबनानका नेपाली श्रमिक महिलामाथि गरेको अध्ययनले त्यस अवधिमा २ हजार ८ सय २२ महिलाको उद्धार भएको देखाउँछ। तीमध्ये ४ सय १४ को मानसिक सन्तुलन बिगि्रएको भेटिएको थियो भने १ सय ११ महिला विदेशी जेलमा थिए। त्यसैगरी, ८६ जना गर्भवती थिए र ३२ जनाले बच्चा लिएर नेपाल फर्किएका थिए। यो तथ्यले हरेक महिना औसत ६ जना नेपाली महिला वैदेशिक श्रम बजारमा गर्भवती हुने देखाउँछ। नियोगकी कार्यक्रम अधिकृत सरु जोशी भन्छिन्, "नेपालका अनाथालयमा अरबी मूलका राजकुमारहरू हुकिर्ंदै छन्।"
पौरखी नेपालले पनि अघिल्लो वर्ष मात्रै गर्भवती भएका ६ र बच्चासहित फर्केका चार महिलाको उद्धार गरेको थियो। वैदेशिक रोजगार विभागका अनुसार संस्थागत रूपमा विदेशी श्रम बजारका कुल नेपालीमध्ये महिलाको हिस्सा झन्डै ६ प्रतिशत छ। विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार अवैध रूपमा समेत विदेशी श्रमबजारसम्म पुगेका महिलाहरू जोड्दा यो हिस्सा झन्डै १० प्रतिशत हुन आउँछ। भन्छन्, "विदेशमा यौन शोषणको सिकार हुनेहरू अधिकांश अवैध रूपबाट विदेश पुगेका महिला छन्।"
१३ वर्षअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट जारी गर्ने चलन सुरु गरेपछि नेपाली महिलाको संख्या विदेशी श्रम बजारमा ह्वात्तै बढ्यो। श्रम बजारको सम्भावनाले रेमिट्यान्सको दरलाई बढाइदिए पनि राज्यविहीन बच्चाहरूको संख्या थपिएको बताउँछिन् पौरखी नेपालकी गुरुङ। मनोचिकित्सक करुणा कुँवर त्यसरी खाडीको अनिच्छित नासो बोकेर फर्किएका अधिकांश आमा मानसिक विचलनको सिकार हुने गरेको बताउँछिन्। भन्छिन्, "तिनीहरू अनिश्चित भविष्यका कारण चिन्ताग्रस्त छन्।"
अनिच्छित गर्भ र सन्तान बोकेर फर्किने आमाहरूको संख्या बढ्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोग पनि गम्भीर भएको छ। आयोगका प्रवक्ता गौरी प्रधान भन्छन्, "विदेशी नागरकिको सन्तान हुर्काउन बाध्य महिलाहरूको कथाले मानव अधिकारमाथि नै प्रश्नचिन्ह लगाएको छ।" त्यही भएर नै आयोगले मलेसिया र कतारस्थित मानव अधिकार आयोगसँग सहकार्य गरेर बच्चाका बाबु खोज्ने र तिनको अधिकारका लागि पहल गर्ने प्रयास थालेको छ।
केही वर्षयता कुवेत, साउदी अरेबिया, लेबनान, ओमान र बहराइनको घरेलु श्रमिक महिलाहरूले यौनहिंसाको सिकार खेपिरहेका छन्। वैदेशिक रोजगारको क्षेत्रमा काम गररिहेका मानवशास्त्री प्राध्यापक गणेश गुरुङ भन्छन्, "अनाम विदेशी बाबुका सन्तान जन्माउन विवश अविवाहिता आमाहरू सामाजिक समस्या झेल्न बाध्य छन्।"
जनक राज सापकोटा , नेपाल
(पीडितहरूको नाम परिवर्तन गरिएको छ : प्रधान सम्पादक)
(पीडितहरूको नाम परिवर्तन गरिएको छ : प्रधान सम्पादक)