राजेन्द्र थापाको उपन्यास 'खेलौना' यतिबेला बजारमा चर्चाको शिखरमा छ। यौन विषयमा केन्द्रित, लेख्न सुरु गरेको एक महिनामा बजारमा आएको, एउटी ग्ल्यामर नायिकाको यौनसम्बन्धी विचारलाई लिएर लेखिएको र अग्रिम मोटो रकम लेखकस्वबापत बुझेको जस्ता कुराका कारण उपन्यासले सकारात्मक/नकारात्मक चर्चा पाइरहेको छ। गीत, गजल, मुक्तक, कविता जस्ता विधामा कलम चलाउँदै आएका थापाको 'पोहोर साल खुसी फाट्दा...' लगायतका केही गीत निकै चर्चित छन्। �
० 'खेलौना'को प्रतिक्रिया कस्तो छ?�
– प्राविधिक कारणले सार्वजनिकीकरणको हप्तापछि मात्र उपत्यकाको बजारमा किताब पुग्यो। पुगेको करिब दुई हप्तामै १० हजार
प्रति सकिने तरखरमा छ। माग आए पनि अझ उपत्यकाबाहिर बहुसंख्यक स्थानमा पुगेकै छैन। नगदमा मात्रै र त्यो पनि कम कमिसनमा दिइएका कारण बाहिर कतिपय स्थानमा जान सकेको छैन। टिनएजदेखि पाकासम्म, साधारणदेखि बौद्धिक व्यक्तित्वसम्मबाट थाम्नै गाह्रो हुनेगरी प्रतिक्रिया आएका छन्। खेलौनाको दोस्रो भागको डिमान्ड सुरु भइसकेको छ।
० एक महिनामै कसरी यत्रो उपन्यास लेेखन, सम्पादन र प्रकाशन सम्भव भयो?�
– ३८ वर्षअघि लेखेको उपन्यास रत्न पुस्तकले हराइदिएपछि यो विधा त्यागे पनि जब अन्तर्वार्ता पढें, मलाई छोयोे। तर, स्मिताको यौन कथाले होइन। मैले देखें, उसले विद्रोह गर्ने यस्तोे तरिका छानी, जसबाट ऊ स्वयं ध्वस्त हुँदै गएकी छ। तर, उसलाई आफूले गरेको नै ठीक भन्ने लाग्नुलाई नै मैलै एक भयानक द्वन्द्वभित्र समाज पस्न लागेको महसुस गरें। तब अचानक कसैले मनमा भन्यो उपन्यास लेख्। र, नसकिएसम्म म लेखेको लेख्यै भएँ। कतैबाट दैवी आदेश आउँछ र सोच्दै नसोची म लेख्न थाल्छु र ती अमर नै बन्न पुग्छन्। तीन महिनामा सक्ने सोच बनाए पनि, ३० दिनमा सकियो। अर्को सात दिनमा आफैंले पुनःलेखन र सम्पादन गरें। मैले प्रकाशकलाई दिएको १९ दिनमा बजारमा आयो। मेरो बानी नै यस्तै छ। जिन्दगीमा कहिले मुक्तक नलेखेको मान्छेलाई अचानक कसैले मुक्तक लेख् भन्यो। २४८ दिनमा २४८ मुक्तक लेखें र दुई पुस्तक निकालें। मनमा हुँदै नभएको थिममा कसैले लेख भन्यो– 'पोहर साल...' पाँच मिनेटमा बन्यो। यी सबै मैले लेखेको मान्दिनँ म। मलाई कुनै दैवी शक्तिले माध्यम बनाउँछ। �
० ४ लाख अग्रिम पारिश्रमिक पाएको कुरा के साँचो हो?
– पाइसकियो, खर्च पनि भइसक्यो। अब अर्को करिब २ लाख सायद चाँडै नै देलान् कि प्रकाशक याम्बुरी बुक प्वाइन्टका कुयाङ लामाले। यसका अलावा एक ल्यापटप पनि उपहारमा मिलेको छ, प्रकाशकबाट।
० प्रकाशकले यति धेरै पारिश्रमिक अग्रिम कुन आधारमा दिए होलान्?
– कान्तिपुरमा समाचार आएपछि जुन तरंग बौद्धिकदेखि आम मानिससम्म फैलियो त्यही कारण उहाँलाई विश्वास भयो। अरू पनि पब्लिसर नआएका होइनन् अझै राम्रो अफर लिएर। तर, उहाँहरूको आफ्नै प्रेससमेतले गर्दा छिट्टै गर्न सकिने सम्भावना महसुस गरें। �
० यो सबै 'प्रपोगन्डा' हो भन्छन् नि मान्छेहरू?
– काम नपाएर कुरा काटेर आनन्दित हुनेहरूलाई के भन्नु! पढ्नु भन्नूस्– ती आकुल–व्याकुलहरूलाई। हालै एक साप्ताहिकमा एक आलोचक विद्वानले मेरो उपन्यास खेलौनाको यति धेरै आलोचना गरे कि त्यस दिन प्रकाशकले अन्य दिनभन्दा सात दोब्बर संख्यामा किताब नगदमा बेचे। �
० 'पोहोर साल...' जस्तो गम्भीर गीतका स्रष्टा 'खेलौना' जस्तो सस्तो यौनको विषयमा कलम चलाउँदा तपाईंको छविलाई पाठकले कसरी बुझ्नेे?�
– म स्रष्टा हुँ, मेरो निजी छवि हुन्न, एक भान्सेको जस्तै। मेरा हर रचना अलग–अलग रूप, रंग्ा र स्वादका हुन्छन्, एक भान्सेले बनाउने परिकारजस्तै। म केही पनि आफ्ना लागि लेख्दिनँ, भान्सेले आफ्ना लागि खाना नबनाएजस्तै। साथै ती कथित ठूला बौद्धिकलगायतका शासक वर्ग मेरा न त विषय हुन्, न त चासोका हुन्, न त लक्षित टार्गेट हुन्। राजाको पेट चिर्नु र एक खातेको पेट चिर्नुमा फरक मान्ने डाक्टर साहित्यकारहरूमा म परिनँ। खेल्ाौना नपढ्नेका लागि यो सस्तो यौनको विषय होला। खेल्ाौनाले यौनका माध्यमबाट उठाएको महाभारतले कुरुक्षेत्रको मैदान खडा गरेको छ। एक हप्ता नबित्दै टीयूको एमए नेपालीमा खेल्ाौनाले उठाएको लैंगिक विभेदलगायतका पक्षमा थेसिसलाई समावेश गरिनुले यसको गम्भीरता देखाउँछ। वास्तवमा हल्ला चलाइएझैं खेलौना यौन विषयक उपन्यास मात्र होइन।
० त्यसो भए के छ त 'खेलौना'मा? �
– समाजमा यौनका पुरुष प्रवृत्ति र नारी शोषणलगायतका नारीमाथिको विभेदको भन्डाफोर छ यसमा। यौन मनोविज्ञान र यौन शिक्षा तथा यौन व्यवस्थापनका सूक्ष्मतम केस्रा–केस्रा केलाएर कारण र निदान प्रस्ट्याएको छ यसले। �
० 'खेलौना' बजारमा आएपछि तपाईंलाई त युधीर थापाको नयाँ अवतार भन्न थालिएको छ नि?
– समुद्रको किनारमा बसेर समुद्रलाई सराप्नेहरूले भन्ने नै यस्तै हो। समुद्रमा पस्नेहरूमध्ये पनि छेउमै डुबुल्की लाउनेले नुनिलो पानी, अनि अलि गहिरोमा माछा र पिँधमा पुग्नेले मात्रै मोती भेट्छ। मान्छेमा पिँधमा जाने क्षमता पनि हुनुपर्छ।
० तपाईंकोे उपन्यासलाई नेपाली समाजले पचाउन सक्ला?
– समाज भनेको तिनै विभेदका अवतारलाई मात्र मान्नुहुन्छ भने के भन्नु मैले? ती अवतार जसलाई अर्को भाषामा पण्डितवाद र पुरुषवाद भन्छु, म। यही पण्डितवाद तथा पुरुषवादले सती प्रथा, बालविवाह, सातबर्से कन्यालाई सत्तरीबर्सेले बिहे गर्ने स्वस्थानी कथाहरू, विधुवाका दर्दहरू महिलामाथि सदियौंदेखि लाद्यो। महिला भनेको एक टुक्रा यौन मात्र हो भन्ने ती पाखण्डीहरूले नपचाउने भएकैले अब समाजमा द्वन्द्व हुन्छ। यही हो घोषणा, खेलौनाको। त्यसैले त्रसित छन्, परिवर्तन नस्विकार्ने पुरुषवादीहरू, खेल्ाौना तिनका घरघरमा पस्ला भन्ने डरले।�
० बिकाउ चिज भएकाले यौनमाथि कलम चलाउनुभएको हो?
– यौनका क्रियाकलापका कथा पढ्ने समूह धेरै छैन। तर, खेलौनाले समेटेका ती असंख्य पाठकहरूलाई यौन पाठक भनेर अपमान नगर्नूस्। तपाईं एकपटक बाहुनवाद र पुरुषवाद त्यागेर पढ्नूस खेलौना। अनि फेरि सोध्नूस सवाल मसँग। यो चुन्ाौती पनि हो, किनारामा बसेर सराप्नेहरूलाई।
० सीमान्तकृत समुदायका लागि गीत, कविता, गजल र मुक्तक लेख्ने तपाईं 'एलिट'हरूका लागि जस्तो लाग्ने खुला यौनको वकालत गर्दै उपन्यास लिएर आउनुभयो। यसलाई आमपाठकले कसरी हेर्ने?
– सीमान्तकृत सकल महिला जातमाथिकै यौन उत्पीडनको यो आवाज एलिटका विरुद्ध हो, समर्थनमा हैन। खुला यौनको वकालत छैन, त्यहाँ। यौन शिक्षामार्फत छोरीले आफ्नो र पुरुष शरीरबारे चेत नदिएसम्म पाका पुरुषहरूबाट कसरी लुटिन्छन् भन्ने सवालले खुला यौनको वकालत गर्दैन। बरु महिलालाई यौनभाँडो भनी वकालत गर्नेहरूविरुद्ध युद्धको वकालत हो यो।
० साहित्यमा आगामी 'ड्रिम प्रोजेक्ट' के छ?
– म कुनै पनि विधा लेख्दालेख्दै अचानक त्यो विधालाई केही समय चटक्कै बन्द गरी अर्को विधा समात्न पुग्छु, थाहै नपाई अकस्मात कतैबाट प्रेरित भई। कैयौं महिनापछि अस्ति सरस्वती पूजा र भोलिपल्ट गरी १५ ओटा मुक्तक लेखंे। राजेशपायलको दर्शन नमस्ते भाग २ का लागि आज मात्रै काम सिध्याएँ। अब अर्को दुई/तीनओटा उपन्यास लगातार लेखिन्छ होला। खेलौना भाग दुईको प्लट बनिसकेको छ। प्रचलित फिल्मी शैलीमा घटनामुखी हुने भए पनि यसले केही गहिरो थिम सम्भवतः टिनएज लभको तहतहका सवाल उठाउला कि? साथै एक चर्चित व्यक्तिको जीवनलाई आधार बनाएर अतृप्त खोज तथा प्रेमको आत्मिक पराकाष्ठालाई उपन्यासमा ढाल्ने मेरो ड्रिम प्रोजेक्ट हो। त्यसपछि निम्नवर्गीय महिलाहरूमाथि यौनकै कारण हुने सामाजिक शोषण विषयक खोजमूलक कृति लेख्ने सोचमा छु।
-साभार