CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » छुरा प्रहार गरी युवक को हत्या

छुरा प्रहार गरी युवक को हत्या


१२ फागुन, काठमाडौं । काठमाडौंको बाङ्गेमुढामा शनिबार छुरा हानेर एक युवकको हत्या भएको छ भने अर्का एक घाइते भएका छन् । छुरा प्रहारबाट काठमाडौं रक्तकालीका १९ बर्षिय आयुष श्रेष्ठको हत्या भएको हो । साथी भेट्न समूहमा बाङ्गेमुडा पुगेका
श्रेष्ठलाई छुरा प्रहार गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
आयुषको दाहिने कोखामा छुरा प्रहार भएको र उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
छुरा प्रहारबाट घाइते भएका एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको पालले जानकारी दिनुभयो |

स्रो: अनलाईन खबर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis