सात फिट तीन इन्च उचाइका राजन अधिकारी नेपालका सबैभन्दा अग्ला मात्रै होइनन्, विश्वकै अग्लामध्ये तेस्रो हुन् । अहिले ३४ वर्ष पुगेका राजन जन्मँदै दुई दिदीभन्दा पनि अग्ला थिए रे । १३ वर्ष पुग्दा त ६ फिट अग्ला भइसकेका थिए । १५ वर्षकै उमेरमा ५ फिट १ इन्चकी तारा पराजुलीसँग विवाह गरेका उनी एक छोरी र एक छोराका पिता हुन् ।
खोटाङको मात्तिम-१ मा जन्मिए पनि मलाई त्यहाँको बारे धेरै थाहा छैन । जन्मेको अढाई वर्षपछि परिवार प्रकाशपुर बसाइ सर्यो । त्यसपछि झापाको शरणामती हुँदै हामी मोरङको बयरबन पुग्यौँ । बयरबनमै बुबा बित्नुभयो । अहिले इटहरी-५ मा बस्दै आएको छु ।
चर्चा
झापामा बुबालाई फोक्सो रोगले च्यापेपछि दमकको आम्दा अस्पताल लगेँ । जाँचपछि औषधि लिएर जाँदा ढोकामा टाउको ठोक्कियो । मेरो उचाइ देखेर डाक्टर छक्क परे । त्यसवेला म सात फिट रहेछु । तिनै डाक्टरले पत्रकारलाई भेटाइदिए । भोलिपल्ट समाचार आयो 'अग्ला व्यक्तिको बाबुको उपचारमा समस्या' भनेर । त्यसपछि मानिस मलाई भेट्न आउन थाले । सहयोग पनि पाउन थालेँ । दमकको सुरज मेडिकल र सुमन फर्निचरले निकै गुन लगाए ।
त्यसपछि राष्ट्रिय पत्रिका र टेलिभिजनमा पनि समाचार आउन थाले । अनि मात्र थाहा भयो, मेरो उचाइ नेपालमै सबैभन्दा बढी रहेछ ।
चर्चापछि मलाईं काठमाडौं बोलाइयो । दरबारबाट पनि लिन गएका थिए । तर, बुबा बिरामी भएकाले मैले मानिनँ । पछि, भलिबल संघले पत्र पठाएर अनुरोध गरेपछि काठमाडौं गएँ । दुई वर्ष धनगढी बसेर भलिबलको राष्ट्रिय टोलीको प्रशिक्षण पनि लिएँ । भारतसँग भएको पहिलो म्याच जितियो पनि । तर, ०५७ सालको पिकनिकमा बिदा नमिलाएको रिसमा प्रशिक्षकहरूमाथि हातपात भएको थियो । म त्यसमा सहभागी नभए पनि सबैलाई सस्पेन्स गरियो । त्यसपछि भलिबल टिम छाडेँ ।
त्यसैवेला भलिबल खेल्न जान्ने भएकाले गृह मन्त्रालयले मलाई प्रहरीमा भर्ना गरिदिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीलाई पत्र लेखिदियो । तर, त्यहाँका इन्स्पेक्टरले जागिर खान सिफारिस लिएर आएको भनेर होच्याएनन् मात्र, तीन/चार दिन धाउँदा पनि पत्र खोलेनन् । मैले अपमानित भएको महसुस गरेर प्रहरी नहुने निधो गरेँ ।

कोइराला छक्क
त्यसपछिको केही समय घरमै बसे पनि चर्चामा आइसकेकाले खेती नै गरेर बस्न मन लागेन । काठमाडांै गएर संघर्ष गर्ने विचार गरेँ । काठमाडौं आएर प्रधानमन्त्री भेट्न गएँ । तर, पिए गोकर्ण पौडेलले भेट्न दिएनन् । त्यही वेला मलाई पहिलोपटक अग्लो व्यक्ति भनेर रेयुकाईले सम्मान गर्यो । त्यहाँ तत्कालीन समाज कल्याणमन्त्री कमला पन्त पनि आउनुभएको थियो । उहाँलाई भनेपछि बल्ल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न पाएँ । उहाँले मलाई देखेर छक्क पर्दै भन्नुभयो, 'बाफरे π कत्ति अग्लो मान्छे' । उहाँलाई आफू निकै अग्लो छुजस्तो लाग्दो रहेछ । उहाँले जिल्लावासी पनि भएकाले फोन नम्बर दिएर केही परे सोझै फोन गर्न भन्नुभयो । मैले शान्तिदूत बनेर विश्वभ्रमण गर्ने योजना सुनाएँ । उहाँले सबै प्रबन्ध मिलाइदिनुभयो । उहाँकै सल्लाहमा 'वल्र्ड पिस एन्ड लभ' भन्ने संस्था दर्ता गरेँ ।
अधुरो विश्वभ्रमण
बुद्धको स्तुपाको प्रतीक बोकेर बुद्धजयन्तीको अवसर पारेर विश्वभ्रमणमा निस्किएँ । मसँग अपांगता भएका साथी चित्र पौडेल पनि हुनुहुन्थ्यो । हामीले भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, म्यानमारलगायत देशको भ्रमण गर्यौँ । भ्रमणका क्रममा पुगेका स्थानमा सम्मान पनि पाइयो । सरकारी निकाय र सञ्चारमाध्यमले राम्रो सहयोग गरे । तर, विदेशमा नेपालीले पाएको दुःख देखेर साह्रै चित्त दुख्यो ।
तीन महिना १५ दिनको भ्रमणपछि स्वास्थ्यका कारण भ्रमण स्थगित गर्नुपर्यो ।
तीन महिना १५ दिनको भ्रमणपछि स्वास्थ्यका कारण भ्रमण स्थगित गर्नुपर्यो ।
अप्रेसन गर्न डाक्टरको झगडा
काठमाडौं बस्दा मैले सिएमएको तालिम पनि लिएँ । त्यसै क्रममा मह जोडीका साथै डा. उपेन्द्र देवकोटासँग पनि भेट भयो । डा. देवकोटाले मेरो उचाइ बढेको बढ्यै गरेको थाहा पाएपछि डा. वसन्त पन्तसँग भेटाइदिनुभयो । स्वास्थ्यमा समस्या पर्ने थाहा पाएकाले म अप्रेसनका लागि तयार भएँ । डा. वसन्त मेरो अप्रेसन गर्न तयार हुनुभयो । ९ चैत ०५८ मा अप्रेसन गर्ने तय भयो । त्यसैवेला नेपाल टेलिभिजनबाट मेरो अन्तर्वार्ता प्रसारण भयो । मैले उचाइ बढेको-बढ्यै भएकाले अप्रेसन गराउँदै छु भनेँ । त्यो अन्तर्वार्ता डा. देवकोटाले पनि हेर्नुभएछ र भोलिपल्ट बिहानै मलाई वीर अस्पतालमा बोलाउनुभयो ।
देशकै अग्लो मान्छे भएकोले मेरो अप्रेसन उहाँले आफैँ गरिदिने बताउनुभयो । मलाई के गरौँ-के गरौँ भयो । त्यसले निकै तनाव भयो ।
अन्ततः ७ चैतमा डा. देवकोटाले नै वीर अस्पतालमा अप्रेसन गर्नुभयो । अप्रेसन सफल पनि भयो । तर, देवकोटा र वसन्तबीच मनमुटाव भयो ।

अग्लो हुनुको दुःख
अग्लो हुनुका फाइदाभन्दा बेफाइदा धेरै छन् । उचाइमैत्री साधन पाइँदैन । त्यसले यात्रा गर्दा साह्रै गाह्रो हुन्छ । पहिरन र अन्य आफूलाई चाहिने सामान पनि सहजै नपाइने ।
मैले घर बनाउँदा पनि ११ फिट अग्लो तला भएको बनाएको छु । ढोकाको उचाइ पनि ७ फिट ६ इन्च बनाएको छु । सबैले मेरो घरलाई 'कति अग्लो' भन्छन् । पलङ पनि आफ्नै साइजको बनाएको छु । नभए त सुत्दा राम्ररी खुट्टा तन्काउन पनि नपाइने । उचाइकै कारण सेलिब्रेटी पनि भएको छु । सेलिब्रेटी हुनुको पनि आफ्नै दुःख छ ।
तर, व्यक्तिगत जीवनमा भने सन्तुष्ट छु । पत्नीले मप्रति गर्व गर्छिन् । छोराछोरीलाई निःशुल्क पढाउन पाएको छु ।

योजना
राजन अधिकारी फाउन्डेसनमार्फत समाजसेवा गरिरहेको छु । यसले सुनसरी, मोरङ र झापामा अलग-अलग शाखा बनाएर एम्बुलेन्स सञ्चालन गरेको छ । जसमा गरिब र दलितलाई पैसा लिइँदैन ।
अब आधुनिक कृषिमा लाग्ने योजना छ । गाई पाल्ने योजनाका साथ गोधुली एकीकृत कृषि पशुपालन र्फम दर्ता गरेको छु । सबै पूर्वाधार तयार भइसक्यो । गाई ल्याउन बाँकी छ ।
अब आधुनिक कृषिमा लाग्ने योजना छ । गाई पाल्ने योजनाका साथ गोधुली एकीकृत कृषि पशुपालन र्फम दर्ता गरेको छु । सबै पूर्वाधार तयार भइसक्यो । गाई ल्याउन बाँकी छ ।