संसारभर खानपानको आदत र रोगसँग सम्बन्धित विषयमा शोध गर्दै
आएका शोधकर्ताहरूको भनाइअनुसार खानामा पोषक तत्त्वको कमीले विभिन्न एलर्जीसम्बन्धी रोग हुर्कन सघाउँछ। उनीहरूले संसारभरका पाँच लाखभन्दा धेरै बालबालिकाका तथ्य सङ्कलन गरेका थिए। तीमध्ये बर्गरजस्ता फास्टफुड खाने आदत भएका बच्चा अस्थमा, एग्जिमा, छाला चिलाउने र आँखाबाट पानी बग्नेलगायत समस्याका जोखिममा परेका भेटिए। पर्याप्त फलफूल खानाले उक्त बिमारीहरूबाट बच्न सकिने पनि अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।
