CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बढ्दो उमेरमा बढी यौनानन्द

बढ्दो उमेरमा बढी यौनानन्द

sex
काठमाडौ, चैत्र १७ - महिलाले सामान्यतः युवावस्थामा यौनसम्बन्धको बढी आनन्द उठाउँछन् भन्ने मानिन्छ । बढ्दो उमेरसँगै उनीहरूको यौन क्षमता घट्दै जान्छ भनिन्छ । तर हालैको सर्वेक्षणले यसलाई गलत बताएको छ । सर्वेक्षण अनुसार, उमेर वृद्धिसँगै महिलाहरू यौनिक रूपमा बढी सक्रिय हुन्छन् ।
यो प्रतिवेदन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित यो प्रतिवेदन भएको हो । नौ सय महिलामा यो सर्वेक्षण गरिएको थियो । उनीहरूकालाई
तीन समूहमा बाँडिएको थियो । १९ देखि २६ वर्षकालाई पहिलो समूहमा, २७ देखि ४५ वर्षसम्मकालाई दोस्रो र र रजोनिवृत्तिबाट गुजि्ररहेकाहरूलाई तेस्रो समूहमा राखिएको थियो ।
तीनै समूहमध्ये पहिलो समूहमा परेकाहरूको प्रजनन् क्षमता (फर्टिलिटी) निकै बलियो थियो । दोस्रो समूहका महिलाको यो क्षमता घट्दो थियो । तेस्रो समूहमा राखिएकाहरू त रजोनिवृत्तिकै अवधिमा थिए । तथापि तीनवटै समूहको सर्वेक्षणवाट के पाइयो भने, बढ्दो उमेर अर्थात् दोस्रो र तेस्रो समूहका महिलाहरू यौनका लागि बढी सक्रिय र इच्छुक हुने रहेछन् । अर्थात्, २७ वर्षभन्दा माथिका ।  
सर्वेक्षण अनुसार, महिलाहरू उमेरको ४० वर्ष पार गर्दाताका यौन रूपमा अझ बढी सक्रिय हुन्छन् र यौनको बढी आनन्द उठाउन चाहन्छन् । यति मात्र नभएर, उनीहरू युवावस्थाको दाँजोमा यो समय यौनमा नयाँ प्रयोग गर्न पनि पछि पर्दैनन् ।
४० वर्ष टेक्दाटेक्दै महिलालाई अब आफ्नो जैविक घडीको समय समाप्त हुन आँटेको छ भन्ने अनुभूति हुन थाल्छ । अर्थात्, उनीहरूलाई आफ्नो आमा बन्ने क्षमतामा कमी आउने बोध हुन थाल्छ । त्यसैले उनीहरू बढी निस्पिmक्री हुन्छन् ।
अध्ययनमा पाइएअनुसार, उमेरको तेस्रो दशक पार गर्दा र चौथो दशक पुग्न लाग्दा महिलाहरू यौन रूपमा बढी सक्रिय हुन्छिन् । उमेरको यो समयमा उनीहरू यौनिक फन्टासी गर्न थाल्छन् । अर्थात्, यो उमेरमा महिलालाई यौनेच्छा प्रवल हुन्छ ।

प्रकाशित मिति: २०६९ चैत्र १७ ०९:३४ 
-- ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis