फुङ्ग उडेको रङ्ग र छेउमा च्यातिएर धुजा भइसकेको यो राष्ट्रिय झण्डा डेनमार्कको कोपनहेगनस्थित राजदूत निवासमा अहिले फहराइरहेको छ। त्यहाँ पुगेका एक नेपालीले आफ्नो चन्द्रसूर्यको त्यस्तो हालत देखेर सहन नसकी माइसंसारलाई यो फोटो पठाउनु भएको हो। शायद् यो देखेपछि राजदूत ज्युले झण्डा फेरेर हाम्रो चन्द्रसूर्य ध्वजाको शानलाई अझै उँचो पार्न निर्देशन दिनुहुन्छ कि भन्ने उनको आशा छ। हाम्रो आशा पनि त्यही हो।
राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विदेशस्थित नेपाली राजदूत र अन्य कूटनीतिक नियोग प्रमुखको निजी निवासमा ६X४ फिटको राष्ट्रिय झण्डा राख्नु पर्ने निर्धारण गरेको छ।
सोही कार्यविधिमा लेखिए अनुसार यस्ता झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नु पर्छ। तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा यस कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिन्छ।
हाम्रो घरमा नि झण्डा फहराउन पाइन्छ
मन्त्रीहरुको घरमा मात्र झण्डा फहराउन पाइने पुरानो नियम बदलिएको झण्डै एक वर्ष हुन लागिसकेको छ। तर धेरैलाई यसबारे थाहै छैन। अब देशको माया गर्ने मान्छेहरुले आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन पाउँछन्। गत वर्षको जेठमा लागू गरिएको कार्यविधिले त्यस्तो अनमुति दिएको छ।
कार्यविधिको दफा ९ मा भनिएको छ- राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आंच नआउने गरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउने छन्। राष्ट्रिय झण्डा फहराउने सम्पूर्ण निकाय तथा नागरिकहरूले समेत नेपाल सरकारले शोक घोषणा गरेको दिनमा अनिवार्य रूपमा राष्ट्रिय झण्डा झुकाउनु पर्नेछ ।
नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट हो। ३X२.५ फिटको झण्डा पनि प्रयोग गर्न पाइने कार्यविधिले तोकेको छ। त्यसरी राष्ट्रिय झण्डा राख्दा डन्डामा भुईँमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नु पर्ने व्यवस्था गरिएको छ।
कम्मरभन्दा मुनि लगाउन पाइन्न
कार्यविधिले राष्ट्रिय झण्डाको प्रयोगमा निषेधका पनि केही व्यवस्था गरेको छ। त्यसअनुसार व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइँदैन। चन्द्रमा तल पर्ने गरी उल्टो राख्न पाइँदैन। त्यसैगरी शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक/चित्र राख्न पाइन्न।
कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा देहायका कार्यहरु गर्न निषेध गरिएको छ : –
(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन,
(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न,
(ग) राष्ट्रिय झण्डा च्याँत्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न,
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न,
(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा
कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल
पर्ने गरी लगाउन,
(च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय
झण्डाको प्रतीक/चित्र राख्न,
(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र
राष्ट्रिय झण्डाको प्रयोग गर्न,

साभार : माई संसार डट कम
yo aala kun chor neta ko chakari gare ra paye ko jagir payeko jagir nepal amako asmita bechera bhaye pani dam kamaunu khoje ko hunafnai pocket ko paisa le kinera lagaye pani khera ta jane thiyena ta.nepal lai kehi deyeta ke hune thiyo ra. junai pa sala nepal ma sabai khate le matra thulo jagir paucha
ReplyDelete