इशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।
बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् । जसबाट उनको निकै ठूलो चर्चा भयो । यी बच्चीको बसाइ शानदार छ, यिनले लगाउने लुगा तथा गहना पनि हजारौँ डलरका छन् । उनका जुत्ता मात्र ६० जोर छन् । उनको आफ्नै बिजनेस छ र जिन्दगीभरीलाई पुग्ने पैसा कमाइसकेकी छिन् । वास्तवमा टेलिभिजन रियालिटी शो बाट नै उनले यतिधेरै पैसा कमाइन् । बधाइ छ यी करोडपति फुच्चीलाई ।- अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !