८ बैसाख, काठमाडौं । चलचित्र ‘च्यालेञ्ज’का एनिमेशन निर्देशक सिमोस सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चलचित्र ‘च्यालेञ्ज’ निर्माण भएको ३ बर्ष भइसक्दा पनि एनिमेशनको काम नगरी झुलाएको भन्दै परेको उजुरीको आधारमा सिमोसलाई कमलपोखरी प्रहरीले पक्राउ गरेको हो । उनलाई कमलपोखरीबाट हनुमानढोका पुर्याइएको छ ।
चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, निर्माता रेश महरठ्ठाको उजुरीका
आधारमा उनलाई उनकै कार्यालय नक्सालबाट पक्राउ गरिएको हो । निर्देशक सुनुवार चलचित्र ‘च्यालेञ्ज’ का एनिमेशन डाइरेक्टर हुन् । उनले चलचित्र ‘च्यालेञ्ज’ को एनिमेशनको जिम्मा लिएका थिए । तर, सिनेमा निर्माण भैसकेको ३ बर्ष बितिसक्दा पनि उनले निर्माण युनिटलाई सिनेमा बुझाएका छैनन् ।
निर्देशक रेश महरठ्ठाले सिमोसलाई आफूहरुले पारिश्रमिक सबै दिएको बताएका थिए । तर, पनि सिमोसले सिनेमा नदिदा ‘च्यालेञ्ज’ प्रदर्शनमा आउन सकेको छैन । सिनेमा नपाएपछि रेशले निर्माता संघ र निर्देशक समाजमा उजुरी गरेका थिए । निर्माता संघ, निर्देशक समाज र रेशको उजुरीको आधारमा हनुमानढोकाले उनलाई पक्राउ गर्न कमलपोखरी प्रहरीलाई आदेश दिएको थियो ।
उनलाई कमलपोखरी प्रहरीले पक्राउ गरी हनुमानढोकामा पठाएको छ । सिमोसलाई पक्रनु भन्ने आदेश आएकाले आफूले पक्राउ गरेर पठाइदिएको कमलपोखरी प्रहरी प्रभागका प्रहरी निरीक्षक दीपक भण्डारीले बताउनुभयो ।
--अनलाइनखबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !