CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » वैशाख-जेठ-असारमा अनिष्टकारी खप्परयोग -- ज्योतिष

वैशाख-जेठ-असारमा अनिष्टकारी खप्परयोग -- ज्योतिष


४ वैशाख, काठमाडौं । आसन्न संविधानसभाको निर्वाचन गणितीय हिसाबले मंसिरको पहिलो साता हुने प्रवल सम्भावना भएको संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले बताउनुभएको छ ।
यहाँ विक्रम संवत् २०७० सालको वाषिर्क भविष्यवाणी गर्ने क्रममा उहाँले ज्योतिष शास्त्रीय मान्यताअनुसार यस वर्ष पराभव नाम संवत्सरका साथ राजा गुरु र मन्त्री शनि रहेको बताउनुभयो ।
यस वर्ष धर्म परायण समाज यज्ञ, होम, धर्म प्रचार जस्ता शुभ कार्यमा प्रवृत्त हुने, धार्मिक एवम् सांस्कृतिक समागम हुने
योग परेको छ । धान्येश चन्द्र, रमेश गुरु, फलेश शुक्र भएकाले नयाँ वर्षमा सुख वृद्धि हुनेछ । साधु सन्त, द्विजवर्गले सत्कार पाउने नेपाल पञ्चांङ्ग निर्णायक समिति तथा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो ।
बेमौसमी वर्षाले कष्ट र धनसम्बन्धी सुःखको कमी हुने तथा खाद्यान्नको उत्पादनमा ह्रास भई बजार भाउ वृद्धि हुने देखिन्छ । जगत् लग्न कुण्डलीमा सूर्य शनिको मध्य समसप्तक योग वैशाख सङ्क्रान्तिका दिन मेष राशिमा सूर्य-शुक्र-केतुको युती आदि कारणले नेपाल, भारत आदि देशहरूमा राजनीतिक, सामाजिक एवम् आर्थिक स्थितिमा परिवर्तन हुने योग रहेको देखिन्छ ।
सस्येश मङ्लम, मेघेश शनि, निरसेश मङ्लम, धनेश मङ्लम र दुर्गेश शनि भएकाले मुगा, राता कपडा, रक्तचन्दन र तामाको मूल्य बढ्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्योतिष सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । वैशाख-जेठ-असार महिनामा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको छ । नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिएको छ ।
यस वर्ष शरदीय नवरात्रिमा विश्वघर्स पक्ष पर्न गएको छ । यस्तो घटना यस अघि २३२ वर्षमा परेको र यसपछि १५६ वर्षपछि मात्र पर्न जाने संहिताशास्त्री बास्तोला बताउनुहुन्छ । मङ्सिर-पुस-माघ महिनामा मुलुकमा सुधारात्मक प्रक्रिया अघि बढ्नाले आर्थिक स्थितिमा सुधार हुने संभावना रहेको छ । शासकवर्गको धर्मप्रति रुची बढ्ने, चतुर्थ भावमा उच्च चन्द्र र गुरुको योगले पशु व्यवसाय, वैदेशिक व्यापार र पर्यटन उद्योग फस्टाउने तथा वर्षको उत्तरार्धमा मुलुकमा शान्ति स्थापना हुने योग परेको छ ।
सबै शास्त्र वचनहरू र ग्रह नक्षत्र तारा धूमकेती आदिको सूक्ष्म विश्लेषणबाट समष्टिरुपमा यस वर्ष मिश्रति रहेकाले शान्तिका लागि सहस्रचण्डी महायज्ञ विश्व शान्ति हवन् आदि गर्नाले हुनसक्ने संभावित क्षति न्यून गर्न सकिने उहाँ बताउनुहुन्छ । रासस
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis