मिस अमेरिका वा मिस इन्डिया भइदिएकी भए सदीक्षा श्रेष्ठलाई राज्यले सम्मान गरेरै जीविकोपार्जन गराइदिन्थ्यो होला वा मनग्गे काम पाएर टन्नै कमाउँथिन् होला। तर, यो नेपाल न पर्यो! त्यसैले पूर्वमिस नेपाल सदीक्षाले कोरियाबाट विभिन्न खाले गहना ल्याइछन् र दरबारमार्गको एउटा ज्वेलरी सपमा बिक्रीका लागि राखिछन्। तिनको बिक्री भइसकेपछि अरू पनि गहना ल्याएर एउटा पसल नै खोल्ने उनको विचार रहेछ। भन्दै थिइन्, "यो काममा जमिएला जस्तो छ।"
- नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !