भावी आइजीपीका प्रबल दाबेदार उपेन्द्रकान्त अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि पनि ट्राफिकमा बर्षौदेखि कार्यरत कनिष्ट अधिकृतदेखि इन्स्पेक्टरहरूकै बोलवाला रहेको छ। नेपाल प्रहरीमा निश्चित अवधिमा सरुवा हुने व्यवस्था छ। एकै स्थानमा धेरै बर्षसम्म एकै व्यक्तिलाई राख्दा अनियमितता बढ्ने भएकाले आवधिक सरुवाको व्यवस्था गरिएको भए पनि ट्राफिक प्रहरी महाशाखामा
त्यो नियम लागू हुन नसकेको जुनियर अधिकृत र इन्स्पेक्टरहरूको गुनासो छ। पहुँच हुनेहरू र हाकिमलाई खुसी पार्नसक्नेहरू ट्राफिक प्रहरी महाशाखाका मालदार पोष्ट, महाशाखाको कम्प्युटर शाखा, सुबेदार मेजर र कमाउ शाखामा कार्यरत छन्।
महाशाखाका पोष्टहरूमा ७ बर्षदेखि चाहार्दै आर्थिक स्तर उकास्ने असई, सई र इन्स्पेक्टरहरू थुप्रै छन्। एक दशकदेखि नै महाशाखा अन्तर्गत कमाउधन्दा गर्नेहरू डीआइजीको नजरमा पर्न नसकेको सूत्रले बतायो। सूत्रका अनुसार ट्राफिकमा सरुवा भएपछि गरेपछि कहिल्यै त्यो पदबाट अन्यत्र ड्युटी गर्नुनपर्नेहरू पनि छन्। त्यस्ता रैथानेहरू असई, सई हुँदै इन्स्पेक्टर बढुवा भएपछि पनि पोष्ट इन्चार्ज नै हुुन लालायित छन्। १० बर्षसम्म पोष्ट इन्चार्ज भएर करोडपति भएकाहरू महाशाखामै छन्।
इन्स्पेक्टर कमल थापा सई हुँदादेखि नै ट्राफिक प्रहरी महाशाखा अन्तर्गतको गौशाला पोष्टको इन्चार्ज भए। इन्स्पेक्टर बढुवा भएपनि पनि उनी ट्राफिकबाट अन्यत्र गएनन्। पहुँच र प्रभाव प्रयोग गर्दै उनी पुनः पोष्ट इन्चार्ज हुन दौडिरहेका छन्। अर्का इन्स्पेक्टर विपीन गौतम र गोविन्द कार्की पनि ट्राफिकमै मोजमस्ती गर्नेभित्रै पर्दछन्। उनीहरूका समकालीन इन्स्पेक्टरहरू दुर्गम लखेटिए पनि उनीहरू महाशाखामै रजगज गर्दैआएका छन्।
सई टीका पुरी ट्राफिकका कमाउ पोष्टमध्ये सबै चाहारिसकेका हुन्। उनी हाल सुुकेधारा पोष्टको इन्चार्ज छन्। उनी ट्राफिक महाशाखाबाहेक जागिरे जीवनमा अन्त कतै गएका छैनन्। त्यो पनि मालदार पोष्ट इन्चार्ज भएर सातपुस्तालाई पुग्ने अकूत सम्पत्ति आर्जन गर्ने सईमा ट्राफिक प्रहरीमा उनको नाम आउँछ। सई देवेन्द्र रावल, दामोदर सिलवाल, उपेन्द्र बुढाथोकी, कम्प्यटुरका सई सन्तोष पोखरेल, असई कृष्ण बगाले पनि महाशाखामा मस्ती गरी अकूत आर्जन गर्नेमा अग्रपंक्तिमा छन्। रावल जहिले पनि पोष्ट इन्चार्ज हुने अर्का भाग्यमानी हुन्। ट्राफिक प्रहरी महाशाखामा सुबेदार मेजरका रुपमा मस्ती गर्ने केहीले विदेश मिसनपछि पनि सोही पदमा बिराजमान हुन पाएका छन्। कालीदास कँडेलपछि ट्राफिकका भाग्यमानी सुबेदार मेजर हुन् दामोदर सिलवाल। सूत्रका अनुसार उनी विदेश मिसनबाट फर्किनासाथ पुनः डीआइजी उपेन्द्रकान्तलाई प्रभावमा पारी सुबेदार मेजर भएका छन्। सुबेदार मेजर पद पनि महाशाखामा आकर्षक मानिन्छ।
सई सिलवालका दाजु इन्स्पेक्टर मधु सिलवाल पनि २०७० बैशाख २७ गतेको सरुवामा ट्राफिक महाशाखामा परेका छन्। विदेश मिसनबाट फर्र्किएपछि अरु दुर्गमका जिल्लामा जानुपर्छ, तर डीआइजी अधिकारीको प्रियपात्र भएपछि कँडेल र सिलवालहरूलाई त्यो नियम लागू नभएको एक सईले गुनासो पोखे–’आफू त डीआइजीलाई कमिसन बुझाउने ठाउँमा पुग्न सकिएन। नत्र त उपत्यका बाहिर सरुवा हुनै पर्दोरहेनछ।’ ५ बर्षदेखि एयरपोर्ट लगायतका पोष्ट चाहरेर अकूत आर्जन गरेका सई उपेन्द्र बुढाथोकी पनि प्रशासनमा बसेर डीआइजीको नाममा असुली गर्न ब्यस्त छन्।
कम्प्युटरका सई सन्तोष पोखरेल त २ बर्षदेखि त्यही ठाउँमा छन्। किनकि उनी डा. बाबुराम भट्टराईको गृहजिल्ला गोर्खा घर भएकै आधारमा डीआइजीले उनलाई छुन सकेका छैनन्। उनलाई महाशाखाको तीन तीन महिनामा शाखा फेरबदल हुने व्यवस्था समेत लागू हुँदैन। नियम नै नलाग्ने गरी पोखरेल कम्प्युटरमा बसी कमिसन खान छुट पाउँदै आएका छन्। उनी कम्प्युटरमा बसेको २ बर्ष भइसकेको छ।
डीआइजीको सुशासन ढोङ सावित
डीआइजी अर्यालले ४० रुपैयाँ घुस खाने सिपाही हवल्दारलाई कारबाही गरेको नाटक गरे पनि महाशाखाका एसपी जगतमान श्रेष्ठले हरेक पोष्टबाट असुली गर्न छोडेका छैनन्। उनले असुली गर्न हरेक पोष्टमा आफूअनुकूलका इन्चार्ज खटाउँदै आएका छन्। नियम उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा लिइसकेपछि ती पोष्ट इन्चार्जहरूले एसपी जगतमान श्रेष्ठको निर्देशनमा सहकारीमा पैसा तिर्न बाँकी रहेको, अमूक निकायमा उजुरी परेको भन्दै दुःख दिएर असुली गर्दैआएको गुनासोलाई पनि डीआइजी अर्यालले समुचित सम्बोधन गर्न सकेका छैनन्। प्रहरी सेवामा प्रवेश गरेदेखि अहिलेसम्म धेरै बर्ष ट्राफिकमा बिताएका एसपी श्रेष्ठ एसपी भएपछि दुई पटक महाशाखामा सरुवा भएका हुन्। उनले पूर्वडीआइजी विज्ञानराज शर्माको पालामा पनि पोष्टहरूबाट कमिसन उठाउने गरेको गुनासो बढेपछि महाशाखामा गणेशराज राई प्रमुख भएपछि उनलाई महानगरीय आयुक्तको कार्यालयमा पठाएका थिए। त्यसो त रमेश चन्द आइजीपी हुँदा विशेष टोलीको प्रमुख भएर जगतमानले गरेको असुलीले प्रहरी संगठन नै बदनाम भएको थियो। यस्ता एसपीलाई महाशाखामा ल्याएपछि डीआइजी अर्यालको ट्राफिक शुद्धिकरण अभियानको औचित्यहीन बनाएको टिप्पणी ट्राफिक प्रहरीमा छ।
डीआइजी अर्यालले घुसखोरी हुन नदिने प्रतिबद्धता जनाए पनि महाशाखाअन्तर्गतका घुसखोरहरूले श्याम फोटोकपीबाट कारोबार मिलाउने गरेका छन्। बिदाको दिन पनि महाशाखाका ट्राफिक प्रहरीले दलालमार्फत् श्याम फोटोकपीबाट आर्थिक कारोबार मिलाएर घुसखोरी गर्दैआएको कुरा डीआइजी अर्याललाई थाहा छ कि छैन भन्ने प्रश्न बग्गीखाना सूत्रले गरेको छ। सूत्रका अनुसार श्याम फोटोकपीबाट लाइसेन्स, ब्ल्युबुक घुस लिंदै दलालहरूले लैजाने गरेका छन्। डीआइजी भ्रष्टाचारविरुद्ध जिरो टोलरेन्सको कुरा गर्ने तर श्याम फोटोकपीमार्फत् महाशाखामा घुसखोरी ब्यापक हुने गरेकाले उनको कथनी र करणीको बारेमा ब्यापक टिप्पणी हुन थालेको छ।
अफिस कलर्क पनि के कम?
असई, सई र इन्स्पेक्टर तहबाट मात्र होइन, ट्राफिकमा तल्लो तहका लागि आकर्षक मानिने अफिसक्लर्कमा पनि शक्ति र पहुाच हुनेहरू बर्षौदेखि कार्यरत रहेको खुलासा भएको छ। अफिसक्लर्कमा ७ बर्षसम्म एउटै व्यक्ति एउटै पोष्टमा कार्यरत रहेका उदाहरण पनि फेला परेका छन्। ट्राफिक महाशाखा अन्तर्गतका पोष्टहरूमा तल्लो दर्जाको हवल्दार अफिस क्लर्क हुने ब्यवस्था छ। अफिसक्लर्क ट्राफिकका पोष्ट इन्चार्जहरूका घुस संकलकका रुपमा चिनिन्छन्। हाकिमका विश्वासपात्र अफिसक्लर्क हुने व्यवस्था छ। अफिसक्कर्लले हाकिमलाई रिझाएर पोष्टहरूबाट आफ्नो पनि दुनो सोझ्याउने गरेकाले कतिपय अफिसक्लर्क ७ बर्षदेखि १० बर्षसम्म पनि शक्ति र दाम बुझाएर त्यही पदमा छन्। अफिसक्लर्क आम्दानी हुने पद भएकाले दरवारमार्गका अफिसक्लर्क काशी ढकाल ६ बर्षदेखि त्यहीँ हाकिमलाई खुसी पारी आफू पनि कुस्त कमाइ गर्दै बसेका छन्। जनसेवा पोष्टमा दुर्गा बस्नेत ५ बर्षदेखि कार्यरत छन्। स्वयम्भुका रामजी रोकाय पनि कहिल्यै अन्यत्र ड्युटी नगर्ने भाग्यमानी हुन्। अफिसक्लर्कमार्फत् नै पोष्टका हाकिमहरूले दैनिक घुस संकलन गर्न लगाउँछन्। पोष्टमा अफिसक्लर्क बन्न पनि चर्को प्रतिस्पर्धा हुने गरेको छ।
http://sanghu.weeklynepal.com/2013/05/14/article-item01368509015/
साभार साँघु

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !