CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जोमसोममा टुक्रा भयो थोत्रो जहाज

जोमसोममा टुक्रा भयो थोत्रो जहाज


crashबायाँको फोटो जोमसोम विमानस्थलमा सन् २००१ मा Guido E. Buehlmann ले खिचेका हुन्। दायाँको फोटो सुनील रावलले आज बिहान खिचेका हुन्। दुवै फोटोमा रहेको विमान एउटै हो। नेपालमा उड्ने थोत्रा विमान मध्येको एउटा हो यो नेपाल
एयरलाइन्सको De Havilland Canada DHC-6-300 Twin Otter विमान। ४० वर्ष नाघेको यो विमान आज बिहान विमानस्थलमा अवतरण गरिसकेपछि पनि रनवेमा नरोकिएर चिप्लिँदै सीधै कालिगण्डकी नदीमा झरेर टुक्रा भएको रहेछ। चालक दलका तीनसहित १८ जना चढेको विमानमा मुक्तिनाथको कृपाले कसैलाई केही भएन। सन् २०११ मा पनि यही विमान लुक्लामा ठ्याक्कै यस्तै खालको दुर्घटनामा परेको थियो। 

फोटो सौजन्यः सुनील रावल
फोटो सौजन्यः सुनील रावल

तारा एयरले भाडामा लिएर सञ्चालन गरेको यही विमान १६ अक्टोबर २०११ मा लुक्ला विमानस्थलमा दुर्घटना हुँदा त्यसमा तीन चालक दलका सदस्यसहित १९ जना चढेका थिए। त्यतिबेला हाइड्रोलिक ब्रेक फेल भएर रनवेमा नरोकिएर विमान भित्तामा बजारिएको थियो। विमानभित्र रहेका कसैलाई त केही भएन तर विमानको नाक भाँच्चिएको थियो। अहिले पनि विमान रनवेमा नरोकिएर विमानस्थल नजिकैको कालिगण्डकी नदीको छेउमा खसेको भनिएको छ।
फोटो हेर्दा विमान मर्मत गर्नै नसकिने गरी टुक्रा भएको देखिन्छ। अगाडिको भागै देखिएको छैन फोटोमा। शायद त्यसैले होला गम्भीर घाइते भएकाहरुमा चालक दलका तीन सदस्य पनि रहेका छन्।
विमानको नालीबेली
४० वर्ष पुरानो यो ट्विन अटर विमान क्यानाडाको de Havilland Canada ले बनाएको हो। सन् १९६५ मा यस्तो विमान पहिलो पटक उडेको थियो। ८४४ वटा यस्मा विमान अहिलेसम्म बनेका छन् र बन्ने क्रम जारी छ। २ वटा इन्जिन हुने यस्ता विमानमा बढीमा २० जना अट्छ। गत वर्ष विश्वभर ११ वटा यस्ता विमान दुर्घटना भएका थिए, जसमध्ये ५ वटा त नेपालमै भएको थियो। त्यसमा तारा एयरको चार वटा र नेपाल एयरलाइन्सको एउटा परेको थियो। नेपाल एयरलाइन्सको एउटा विमान जोमसोममै दुर्घटना भएको थियो। ती दुर्घटनाहरुमा कसैको ज्यान गएको थिएन। (स्रोत हेर्नुस्)

विमान बोल्ने भएको भए….

विमानले मान्छे जस्तै बोल्ने भएको भए आफ्नो मनको कुरा यसरी राख्थ्यो कि- साथीहरु, म अब ४० वर्षकी बूढी भइसकेँ। यो अवधिमा मैले धेरैलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गरेँ। मेरो उमेरलाई हेरेर पनि मलाई अब आरामको आवश्यकता छ भन्ने थाहा पाउनु पर्ने हो। मेरो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्ने हो। दुर्गम ठाउँमा उड्नु पर्ने मेरो ड्युटी हो। उड्दिनँ पनि कसरी भनुँ। हामी त कारिन्दा। मालिकले भनेपछि मान्नै पर्‍यो। हुँदाहुँदा मलाई तारा (एअर) लाई भाडामा बेचेर उडाउने कामसम्म भयो। बेचिएकी मलाई सन् २०११ मा लुक्ला विमानस्थलमा भित्तामा ठोक्काइएको थियो। तर भगवान साक्षी छ, मैले कसैलाई केही हुन दिएको थिइनँ। हुँदाहुँदा मलाई चराले समेत हेपेको थियो। त्यही वर्ष त्रिभुवन विमानस्थलमा चराले हानेर मेरो शिशा फुटाइदिएको थियो। तर मैले कसैलाई केही हुन दिइनँ। पीडा जति आफै खपेँ। श्रवणजीले त्यतिबेलाको मेरो फोटो खिचेर आफ्नो ब्लगमा राख्नुभएको छ। हेर्नुस्27062011276_thumb[1]
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु।

साभार : माई संसार 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis