CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?

के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?

gulam
आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्। तर यस्तो चित्र कसरी बन्न पुगेछ?  

NepalNepal in Pictures नामको Christine Zuchora-Walske लेखेको पुस्तकको २७ औँ पेजमा यो पेन्टिङको चित्र राखिएको छ। क्याप्सनमा त त्यो इस्ट इन्डिया कम्पनीको क्याप्टेनलाई ज्ञानप्राप्त व्यक्तिको रुपमा बुद्धसँगै नै राखिएको लेखिएको रहेछ।
ललितपुरको कलाकारले बुद्धिस्ट पाण्डुलिपि राख्ने बाकसलाई सजाउन सन् १८०३ मा यो पेन्टिङ बनाएको भनिएको छ पुस्तकमा। १८०३ भनेको त्यही वर्ष हो जतिबेला बेलायतले फ्रान्ससित युद्धको घोषणा गरेको थियो। अनि यही वर्ष ब्रिटिसहरुले भारतको मराठा सैनिकहरुलाई पराजित गरेका थिए। ब्रिटिससँग सुगौली सन्धी हुने गरी युद्ध पनि त्यतिबेला भइसकेको थिएन। त्यो युद्ध १८१४ मा मात्रै सुरु भएको हो। गीर्वाणयुद्ध विक्रम शाह राजा थिए त्यतिबेला भने दामोदर पान्डे काजी अर्थात् प्रधानमन्त्री थिए।
त्यतिबेला यो चित्र कसरी बन्यो होला त ? कसैलाई थाहा भए तल केमेन्टमा जानकारी लेखौँ है।


यो निकै प्रख्यात चित्र हो. यी व्यक्ति सन् १८०३ मा नेपाल आएका क्याप्टेन नक्स हुन्. यिनको पेन्टर को नाम पनि मलाइ थाहा थियो, (अहिले बिर्से) तर निकै इतिहासकार हरुलाई थाहा हुनुपर्छ. ति पेन्टर ललितपुरका विद्वान पनि थिए र शायद पुस्तौ देखि वंशावली लेख्ने काम पनि गर्थे. (कुलमान कि के थियो नाम ). यिन का छोरा नाति पनि राम्रो पेन्टर को रुपमा चिनिन्थे. क्याप्टेन नक्स नेपाल सङ्ग व्यापार सन्धि गर्न भनेर आएका थिए, दामोदर पाण्डे र राज राजेश्वरी (हेलम्बु मा निर्वासित भएर पछि रणवहादुर संगै सति गएकी) हरु संग कुरा गरे, तर सन्धि भने हुनसकेन. यिनलाई काठमान्डू छिर्न नदिएर बाहिरै टेण्ट बनाएर राखिएको थियो र यिनी महिनौ त्यहा बसेका थिए. यो सुगौली सन्धि र नेपाल अंग्रेज द्वन्द हुनुअघिको कुरो हो.
  • र अर्को कुरा, त्यो छेउमा बसेको मान्छे मुघल राजा नभएर पेन्टर को आफ्नै तस्बिर हो. (मैले माथि कुलमान लेखे पनि मलाई लाग्छ तिनको नाम को अन्त तिर आनन्द भन्ने शब्द आउछ, कुलानन्द वा तेस्तै केहि हो, पाटन का पेन्टर हुन्). कप्तान नक्स संग आएका फ्रान्सिस ह्यामिल्टन ले लेखेको लगभग दुइ सय वर्ष अघि छापिएको An account of the kingdom of Nepal and of the territories annexed to this dominion by the house of gorkha किताब अहिले पनि धेरै ले पढ्ने नेपाल को इतिहास सम्बन्धि किताब हो.

    साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis